सालिक अनावरण सँगै पार्क हस्तान्तरण सालिक अनावरण सँगै पार्क हस्तान्तरण दुल्लूलाई नमूना नगर बनाउँछु : भण्डारी

 
दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले दुल्लूलाई नमूना नगर बनाउने बताएका छन् । ऐतिहाँसिक तथा धार्मिक हिसावले निकै महत्वपुर्ण मानिएको दुल्लू क्षेत्रमा रहेका सयौं बर्ष पुराना सम्पदाहरुलाई संरक्षण र संर्वद्धन गर्दै यसलाई नमूना नगर बनाउने बताएका हुन् ।  जिल्ला वन कार्यालय दैलेखले निर्माण गरेको सहीद पुर्णस्मृति उद्यानको नगरपालिकालाई हस्तान्तरण कार्यक्रममा बोल्दै     भण्डारीले दुल्लू पर्यटकिय क्षेत्र भएकोले यसको संरक्षण मात्र गर्न सके नगरको राम्रो आम्दानी हुन सक्ने बताए । दिनभर कामको तनाव कम गर्न खुल्ला स्थान र उद्यानहरु जिल्लामा नभएका बेला जिल्ला वन कार्यालय दैलेखमा नारायण नगरपालिका र दुल्लू नगरपालिका यो बर्ष १ –१ वटा वालउद्यान निर्माण गरेको छ । जिल्ला वन कार्यालय दैलेखले       गरेका कामको अनुगमन गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको जम्बो टोली दुल्लू नगरपालिकामा पुगेको थियो । तत्कालिन नेपाली कांग्रसका क्षेत्र न. २ क्षत्रिय सभापती रहेका पुर्ण   भण्डारिको दन्द्धकालमा बिद्रोहि पक्षले हत्या गरेको थियो ।  सहिद भण्डारिको सम्झनामा नेपाल सरकार अर्थमन्त्रालयबाट रु ८ लाख बजेट विनीयोजन भई जिल्ला बन कार्यालय दैलेखमार्फत सो उद्यान पार्क निर्माण गरिएको हो । पुर्णस्मृति वाल उद्यानमा पाँचसय भन्दा कढी बोटबिरुवा तथा फुल हरु रोपिएको छ । वालवालिकाको लागी उपयूक्त मानिएको वाल उद्यानमा चिप्लेटि, पिङ , चौतारो लगायतका रहेका     छन् । दुल्लू नगरपालिका वडा नं ८ मा रहेको वालेश्वर मन्दिर परिसरमा निर्माण गरिएको वालउद्यान पार्कको औपचारिक उद्धघाटन  समेत गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुखजिल्लाअधिकारी चन्द्र प्रकाशअधिकारीले दुल्लुको सुन्दर क्षेत्रमा उद्यानको परिकल्पना गरि कार्य सम्पन्न गर्नु सकारात्मक कुरा भएको बताए । उनले दुल्लु क्षेत्रका विकासका लागि उद्यानलाई प्रतिष्ठानको रुपमा विकास गर्न सुझाव दिए । उद्यानलाई दिगो र समृद्ध बनाउनका लागि बृक्षारोपण     गरि हरियाली बनाउनुका साथै संगै गुरुयो जनानिर्माण गरि दुल्लु क्षेत्रको विकासमा लाग्न सुझाव दिएका      छन् । दुल्लु क्षेत्र नेपालीभाषाको पहिलो शिलालेख भएकोले यस क्षेत्रलाई साहित्य प्रतिष्ठानको रुपमा विकास गर्न सकिने प्रजिअ     अधिकारीको भनाई थियो । स्थानीयविकासअधिकारी         डिलारामपन्थीले जिल्ला वन कार्यालय दैलेखले निर्माण सम्पन्न    गरेको उद्यानलाई थप व्यवस्थीत र विकास गर्न दुल्लु नगरको महत्वपूर्ण भूमिका रहेको बताए । दुल्लु नगरपालिका वडा नं. ८ मानिर्माण गरिएको पूर्ण स्मृतीउद्यान ८ लाखको बजेटमा निर्र्माण कार्य सम्पन्नगरिएको जिल्लावनकार्यालय दैलेखका जिल्ला वन अधिकृत         रामकाजी श्रेष्ठले बताए । अधिकृत श्रेष्ठले वन कार्यालय मार्फत निर्माण कार्य सम्पन्न भएको उद्यानलाई दुल्लु नगरपालिकालाई हस्तान्तरण         गरिएकोले यसलाई थप व्यवस्थीत बनाउने जिम्मा दुल्लु नगरलाई रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार