प्रश्न गर्नेलाई छाता उपहार रेडियो बहस कार्यक्रम

 

डुङ्गेश्वर गाउ“पालिकामा सडक निर्माण, सुशासन तथा हालसम्म भएका विकास निर्माणको सवालमा विकासका लागि रेडीयो बहस कार्यक्रम आज सम्पन्न भएको छ ।  रेडीयो ध्रुबतारा सामुदायिक एफ.एम. दैलेखको आयोजना तथा ग्रामिण पहुँच तेस्रो कार्यक्रम र एन्टेना फाउन्डेसन नेपालको सहयोगमा        रेडीयो बहस कार्यक्रम सम्पन्न भएको हो । गाउ“पालिकाको कार्यालय डुङ्गेश्वरमा आईतावार आयोजित कार्यक्रममा गाउ“पालिका क्षेत्रभित्र भए गरेका सडक निर्माण, सुशासन तथा विकास निर्माणका बिषयमा      सरोकारवाला र स्थानीय बीच छलफल गरिएको थियो । १४८ जनाको उपस्थिती रहेको कार्यक्रममा १६ जनाले बिभिन्न विकास निर्माण सम्बन्धी प्रस्न राखेका थिए ।  यस्तै कार्यक्रममा उत्कृष्ट प्रश्न गर्ने सहभागी लगाएत गाउँपालिका क्षेत्रभित्र रहेर बिभीन्न सुशासन तथा विकास निर्माणका काममा संलग्न व्यक्तिहरु मध्ये ३० जना सहभागीहरुलाई छाता प्रदान  गरिएको छ । कार्यक्रममा जिल्लाका राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका व्यक्तीहरु, बुद्धीजिवी, शिक्षक, बिद्यार्थी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार