उम्मेदवारी शान्त हुने दलहरुको भनाई

धमाका संवाददाता
कात्र्तिक १५, दैलेख
दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता पालैपाले गर्ने जिल्लाका नेताहरुले बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिएको सर्वपक्षिय बैठकमा आचार संहिता पूर्ण रुपमा पालना गर्न सहमति जनाउँदै दलहरुले यस्तो समय निर्धारण गरेका छन् ।
दर्ताका लागि बिहीबार मध्याह्न १२ बजे राष्ट्रिय जनमोर्चाले, एमाले(माओवादी केन्द्र गठबन्धनले दिउँसो १ बजे, नयाँ शक्तिले २ बजे तथा कांग्रेस (राप्रपा ३ बजे उम्मेदवारी दिन जाने सहमती भएको एमाले नेता तेज बहादुर चन्दले बताए ।
स्वतन्त्र उम्मेदवार र साना दलले भने बिहान १० बजेदेखि जुनसुकै समय दर्ता गर्न सक्ने मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । दैलेखमा प्रतिनिधिसभा सदस्यका लागि २ र प्रदेशका लागि ४ निर्वाचन क्षेत्र तोकिएको छ ।
आगामी निर्वाचनका लागि दैलेखमा १ लाख ३९ हजार ९ सय ४४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जानकारी दिएको छ । प्रतिनिधिसभाका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको दैलेखमा १ सय ९६ मतदानस्थल कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार