धमाका संवाददाता
मंसिर १३, दैलेख
राप्रपा नेपाल र नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठन्धन अन्तरगत दैलेख क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार दिपक कुमार शाहीले दैलेखमा लोकतान्त्रिक गठबन्धनको बिजय पक्का भएको दावी गरेका छन् । बुधबार क्षेत्र नम्बर १ को गुराँस गाउँपालिका अन्तर्गत को पातिकाल्नामा भएको चुनावी सभालाई सम्बोधन गर्दै शाहीले आफुलाई सबैल बिश्वास गरेकोले आफ्नो बिजय सुनिश्चित भएको बताएका हुन् ।
आफूसँग जिल्लाको विकास गर्ने योजना र भिजन रहेको भन्दै त्यसका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन शाहीले आग्रहगरे । उनले लोकतान्त्रिक गठबन्धनले जितेमात्र देशको विकास हुने भन्दै देशको विकासका लागि दैलेखी जनताले लोकतान्त्रिक गठबन्धनका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै शहरी विकास राज्यमन्त्री तथा राप्रपाकी सहमहामन्त्री कुन्तीकुमारी शाहीले देश लोकतान्त्रिक गठबन्धनमय भएको भन्दै दैलेखमा पनि यो गठबन्धनले जित्ने दावी गरिन् । विकासको ढोका खोल्ने काँग्रेस भएको भन्दै काँग्रेसकै सहयोगमा दैलेखमा राप्रपाका उम्मेदवार विजयी हुने र राप्रपाको सहयोगमा काँग्रेसका उम्मेदवार विजयी हुने शाहीको दावी छ ।









