धमाका संवाददाता
मंसिर १४, दैलेख
अन्तर्राष्ट्रिय कृषि विकास कोष आईफाडको आर्थिक सहयोग तथा नेपाल सरकार, वनतथा भू–संरक्षण मन्त्रालयको अगुवाईका सञ्चालित पहाडी साना किसानका लागि अनुकूलन आयोजना, जिल्ला आयोजना समन्वय इकाई दैलेखको आयोजनामा ५ दिने अनुगमन मूल्यांकन तथा सूचना व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
तालिमको उदघाटन तथा समापन जिल्ला वन कार्यालय दैलेखका जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठले गरेका थिए । तालिममा अनुगमन तथा मूल्यांकनका विभिन्न फारमहरू भर्ने तथा तथ्यांकहरुको व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी अभिलेख राख्ने, प्रतिवेदन तयारी लगायतका विषयवस्तुमा सामाजिक परिचालक, आयोजना समन्वय ईकाईका कर्मचारीहरु, आवश्यकता अनुसार विषयगत निकायमा सम्बन्धित कर्मचारीहरुको अनुगमन, मूल्यांकन तथा सूचना व्यवस्थापन गर्ने बारेमा जानकारी गराईएको थियो । तालिममा २३ जनाको उपस्थिती रहेको थियो । जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाव दिएका छन् । तालिम संयोजकको रुपमा जिल्ला जलवायु परिवर्तन विज्ञ सुमन आचार्य रहेका थिए भने डिजाईन तथा प्रशिक्षण, प्राविधिक सहयोग इकाई सुर्खेतका अनुगमन तथा मुल्यांकन विज्ञ बिरेन्द्र ब. चन्द, ज्ञान व्यवस्थापन विज्ञ रमेश मास्के, अनुगमन तथा मुल्यांकन अधिकृत श्री प्रकाश बस्नेत तथा जिल्ला आयोजना संयोजक कमल आचार्यले गरेका थिए ।









