धमाका संवाददाता
पुस १३, दैलेख
कर्णाली राजमार्गमा दुःखले यात्रा गर्ने यात्रुहरु दैलेख खण्डमा आए भने अहिले झस्किने गर्दछन् । कर्णाली राजमार्ग खण्डमा विगत ७–८ वर्षदेखि निर्माण सम्पन्न नभएका र फलामे सरियामा खिया लागेका पुलहरु देखेका यात्रुहरु यो पुल पनि त्यस्तै हुने हो कि भनेर चिन्ता गर्नै गर्दछन् । उनिहरुको यो चिन्ता स्वभाविक हो ।
२१ महिनाको समय अवधि राखेर निर्माण सुरु गरिएको सुर्खेत दैलेख सडक खण्डको डुङ्गेश्वर गाउँपालिकाको माथिल्लो डुङ्गेश्वर बजार नजिकै निर्माण सुरु भएको यो पुलको काम भने तिब्र गतिमा संचालन भैरहेको छ । शब्द तस्विर बिष्णु शर्मा









