साझा उद्यमी व्यवसायी प्यानल पनि तीव्र प्रचारमा

धमाका संवाददाता
माघ १३, दैलेख
उम्मेदवार घोषणा सँगै प्रचार अभियानलाई तीव्रता दिदै आएको साझा उद्यमी व्यवसायीले पनि आफ्नो प्रचार अभियानलाई तीव्र पार्दै गएको छ । अध्यक्ष पदका उम्मेदवार वर्तमान वाणिज्य उपाध्यक्ष कुलबहादुर बि.क. लगायतको टोलिले पनि जिल्लाका विभिन्न व्यापारी केन्द्रहरुमा भेटघाट, अन्तरक्रिया गरिरहेको कुलबहादुर बिकले जानकारी दिएका छन । आफुहरुले योजनाबद्ध चुनावमा प्रचार अभियान र भेटघाटलाई तीव्रता दिएको बि.कले बताए । आफ्नो प्यानल पुरै विजयी हुनेमा कसैले आशंका नगर्न बिकले आग्रह गरेका छन् ।

माघ २५ र २६ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार कुलबहादुर बि.क. वर्तमान उद्योग उपाध्यक्ष कवि राज खत्री, वर्तमान सदस्यहरु यज्ञ रेग्मी, भक्त रावत,पदम बुढा रहेका छन् त्यस्तै सन्देश श्रेष्ठ, राजेश हमाल, राधा ज्ञावली, योगेन्द्र सिग्देल, लगायतका सदस्यहरु चुनावी मैदानमा छन् । अन्य सदस्यहरु भेक क्षेत्रको आधारमा टुँगो लगाउने साझा उद्यमी प्यानलले जानकारी दिएको छ । शनिवार डुङ्गेश्वर, देउली नौमूले लगायतका क्षेत्रमा प्रचार टोलि पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार