दैलेखका रिजाल ६ नं. प्रदेशको उत्कृष्ट समाचारदाता

धमाका संवाददाता
फागुन ७, दैलेख
द्धन्द्धको समयदेखि पत्रकारितामा होमिएका दैलेखका पत्रकार नविन रिजाल राष्ट्रिय समाचार समितिको ५७ औं वार्षिक उत्सवमा ६ नं. प्रदेशको उत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत भएका छन् ।
बिभिन्न कारणले अस्वस्थ हुँदा हुँदै पनि रिजालले लामो समयदेखि राष्ट्रिय समाचार समितिमा दैलेखबाट समाचार संकलन गर्दै आएका थिए । पहाडी जिल्लाबाट रा.स.समा काम गरेको भन्दै रिजाललाई काठमाण्डौंमा भएको वार्षिक उत्सवको अवसरमा नगद सहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको छ ।

संचार सचिव केदारबहादुर अधिकारीले उनलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरेका हुन् । दैलेखबाट काम गर्न चुनौती त छँदै छ त्यसमा पनि आफु अस्वस्थ हुँदाहँुदा पनि समाचार दाताको रुपमा काम गरेको र रा.स.ले गरेको सम्मानले आफुलाई झनै काम गर्न प्रेरणा प्रदान गरेको रिजालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार