
धमाका संवाददाता
फागुन १२, दैलेख
दैलेखका ११ वटै स्थानीय तहमा रहेका सरकार प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र कार्यपालिका सदस्यहरुलाई वालअधिकार र विपत्त व्यवस्थापन वारे दैलेख सदरमुकाममा अभिमुखीकरण संचालन गरिएको छ ।
जिल्ला समन्वय समिति दैलेखको समन्वयमा जिल्लाभर देखिएका विपत्तका समस्याहरुको बारेमा स्थानीय सरकारका प्रमुखहरुलाई जानकारी गराइएको थियो । शनिवार उद्घाटन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर थापा, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले शुभकामना व्यक्त गरेका थिए । यूनिसेफ काठमाण्डौंबाट आएकी सुनिता कायस्थले नेपालमा भएका बिभिन्न खालका विपत्तहरु, विपत्तबाट भएको मानवीय क्षति र त्यस्ता क्षतिहरु न्यूनिकरणका लागि अपनाउनुपर्ने बिभिन्न उपायहरुको बारेमा जानकारी गराएकी थिइन् । हरेक बिकास गतिविधिहरुमा वालवालिकाहरुलाई सहभागिता गराउनुपर्ने बारेमा समेत छलफल र बहस गरिएको थियो । हरेक स्थानीय निकायहरुले स्थानीय तहमा निर्माण गरिने भौतिक पुर्वाधारहरु भुकम्प प्रतिरोधि निर्माण गर्नुपर्ने, ठूला साना योजनाहरु निर्माण गर्दा भौगोलिक अवस्था सँगै योजना बनाउँदा आउने बिभिन्न चुनौतीहरुको पुर्वानुमान गरेर संरचना निर्माण गर्ने जस्ता बिषयहरुको अध्ययन गरेमा विपत्त आएपनि आनवीय क्षति कम हुनेबारेमा बृहत छलफल गरिएको थियो । आइतवार सम्म अभिमुखीकरण कार्यक्रम संचालन हुने भएको छ ।









