आठौं वार्षिक साधारण सभा सम्पन्न

 

धमाका संवाददाता
फाल्गुन २१, दैलेख

जिल्ला वचत तथा ऋण सहकारी संघको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष दिपक हमालको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले जिल्लाभरका सहकारीहरुलाई जिल्ला संघमा आवद्ध गराउने, सहकारीहरुको क्षमता विकास सम्वन्धि तालिमका कार्यक्रमहरु संचालन गर्ने लगायतका निर्णयहरु गरेको छ ।
साधारण सभाले अध्यक्ष दिपक हमाल लगायत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रमको प्रमुख अतिथी नेफ्स्कुनका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संयोजक यज्ञप्रसाद ढकालले सहकारीको ऐन र नियमको बारेमा जानकारी दिदै, सहकारी अभियानलाई थप प्रभावकारी बनाउन र गाउँ गाउँमा अभियान बिस्तार गर्न आफु सँधै प्रतिबद्ध रहने बताए ।
कर्णाली प्रदेश सदस्य शिवप्रसाद सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष तेजबहादुर थापाा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक हमालले हरेक बेरोजगार युवाहरुलाई सहकारीको माध्यामबाट लगानी अभिबृद्धिबारे प्रेरणा प्रदान गर्ने बताए । जिल्लाभरी छरिएर रहेका बचत तथा ऋण सहकारी संस्थाहरुलाई जिल्ला संघमा आवद्ध गराई क्षमता विकासमा सहयोग गर्ने बताएका छन् । कार्यक्रम संचालक भुपेन्द्र खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार