कृषि योजनाको प्रभावकारीताका लागि अभिमुखिकरण

धमाका संवाददाता
चैत्र १४, दैलेख
अछाम जिल्लाका मंगलसेन नगरपालिका र रामारोशन गाउँपालिका तथा दैलेख जिल्लाका आठविस नगरपालिकाका २९ जना कृषि तथा पशु विकास क्षेत्रमा कार्यरत प्रा.स.÷ना.प्रा.सलाई पहिलो चरण र जाजारकोट जिल्लाका नलगाड नगरपालिका र शिवालय गाउँपालिका तथा दैलेख जिल्लाका भगवतिमाई र डुङ्गेश्वर गाउँपालिकाका ३२ जना अधिकृत, प्रा.स.÷ना.प्रा.स.हरुलाई कृषि योजनाको दिगोपना र प्रभावकारीता कसरी गर्ने भन्नेवारे अभिमुखिकरण गरिएको छ ।
गाउँ तथा नगरपालिकाको वार्षिक कृषि योजनाको प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्ने, कृषि तथा पशु विकास शाखामा कार्यरत जनशक्तिको क्षमता विकास, कार्याक्रमलाई संघीयतासँगै स्थानीय सरकार मार्फत कार्यन्वयनको पद्धतिलाई संस्थागत कसरी गर्ने, कार्यक्रम कार्यान्वयनमा आइपरेका समस्या, चूनौती एवं अवसरको पहिचान गरी आवश्यक रणनीति तर्जुमा कसरी गर्ने भन्ने वारेमा तालिम प्रदान गरिएको हो ।

प्रयास, हेल्भेटास स्विस इन्टरकोअपरेशन नेपाल, क्लष्टर अफिस दैलेखको आयोजनामा ३ दिने गाउँ तथा नगरपालिकाको वार्षिक कृषि योजना, अनुगमन तथा मुल्यांकन अभिमुखिकरण तालिम सम्पन्न गरिएको हो । दुई चरणमा सञ्चालन गरिएको उक्त तालिममा, पहिलो चरणमा प्रयास, हेल्भेटास नेपालले सहकार्य गरेका अछाम जिल्लाका मंगलसेन नगरपालिका र रामारोशन गाउँपालिका तथा दैलेख जिल्लाका आठविस नगरपालिकाका जम्मा २९ जना कृषि तथा पशु विकास क्षेत्रमा कार्यरत प्रा.स.÷ना.प्रा.स. हरुले भाग लिएका थिए भने, दोश्रो चरणमा जाजारकोट जिल्लाका नलगाड नगरपालिका र शिवालय गाउँपालिका तथा दैलेख जिल्लाका भगवतिमाई र डुङ्गेश्वर गाउँपालिकाका ३२ जना अधिकृत, प्रा.स.÷ना.प्रा.स.हरुले भाग लिएका थिए ।
तालिमको सहजकर्ताहरुमा प्रयास, हेल्भेटास नेपाल कार्यक्रम सहयोग इकाईका श्री शिवकुमार श्रेष्ठ, बिष्णुकुमार विश्वकर्मा तथा क्लष्टर अफिस दैलेखका क्लष्टर कोर्डिनेटर पद्मकिरण रानाले गरेका थिए ।
तालिम निकै उपलब्धीमुलक रहेको र कार्यरत गाउँ तथा नगरपालिकामा कति प्राविधिक जनशक्ति रहेको छ भन्ने थाहा भएको सहभागिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार