महिला हिंसाका घटना बास्तविकता खोजी र योजनाबद्ध निराकरण

महिला हिंसाका बिभिन्न निक्रिष्ट घटनाहरु अहिले समाजमा बढीरहेका छन् । एकपछि अर्को गर्दे भिन्न भिन्न प्रकृतिका घटनाहरुमा संलगन महिलाहरु धेरै मात्रामा पीडित हुनु परेको छ । परिक्षा दिन आएकी छात्राको योजनाबद्ध हत्या होस् वा महिलाको संवेदनशिल अंगहरुमा गरिएका निक्रिष्ट प्रयासहरुले भिन्न भिन्न रुप धारणा गरेको पाईन्छ ।
आफ्नै श्रीमानद्धारा अपहेलीत मात्र हैनन्, समाज र समाज भित्र बसोवास गर्ने बौद्धिक व्यक्तिहरुबाट समेत महिलाहरु चेपुवामा पर्दै आएका छन् । यसका लागि सामाजिक मूल्य मान्यता र जनचेतना सँगै कानुनी उपचारलाई कडाईका साथ पालना गर्नुपर्ने देखिएको छ ।
आफुलाई पर्दा वा अफुले हिंसा गरिरहँदा सामान्य हुने र अरुले सामान्य घटना घटाउँदा वा हुँदा त्यसलाई असामान्य ठान्ने महिला वा पुरुषहरुका आचरणहरु पनि सुधार गर्नुपर्ने बेला आएको छ ।
कतिपय घटनाहरु योजनाबद्ध रुपमा घटाईएका छन् । महिला हिंसाको अडान भित्र निर्दोष मानिसहरु फसाउने सम्मका घटनाहरु समेत पछिल्ला दिनहरुमा बढ्दै गएका छन् । गाउँ गाउँमा निगरानी समूह, योजनाबद्ध निराकरणका लागि रणनीति र हरेक घटनाहरुको गहिराई सम्म पुगेर समाधानको खोजी गर्ने कार्यमा सम्वन्धित निकायहरुले लाग्नुपर्ने आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार