गाउँपालिका स्तरीय नागरिक समाज गठन

धमाका संवाददाता
चैत्र २१, दैलेख
बालबालिकाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले गुराँस गाउँपालिका स्तरीय नागरिक समाज गठन गरिएको छ । बालबालिकाका हक अधिकारलाई सुनिश्चित गर्न गाउँपालिका स्तरीय नागरिक समाज गठन गरिएको हो । मध्य पश्चिम ग्रामिण विकास समाजका अध्यक्ष धनसिंह खड्काको संयोजकत्वमा ७ सदस्यीय समितिको गठन गरिएको छ । बालबालिकाको क्षेत्रमा साझा क्रियाकलापहरु सञ्चालन गर्न नागरिक समाज गठन गरिएको खड्काले बताए ।
उनले थपे नागरिक समाज “तेस्रो क्षेत्र” हो जो सरकार र ब्यापार भन्दा भिन्न हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले बालबालिकाको लागि व्यवस्था गरेका सेवा तथा सुविधाको उपलब्धताका लागि स्थानीय सरकारसँग छलफल तथा समन्वय गर्नेछौं ।
बालबालिकाका सवालहरुको पहिचान र सम्बोद्धनका लागि नागरिक समाजले सहयोग गर्ने गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । उनले थपे, जहाँ सरकारको नजर पुगेको हुदैन् त्यहा नागरिक समाजको नजर पुगेको हुन्छ् । बालबालिका सम्बन्धि नीति निर्माण तथा कार्यान्वयनको क्षेत्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने भन्दै वलीले भने स्थानीय सरकारसँग साझेदारी र खबरदारीका लागि नागरिक समाज सक्रिय हुन आवश्यक छ । विगतमा शान्ति प्रक्रिया, दोस्रो जनआन्दोलनको सफलता र राजसंस्थाको वहिर्गमन लगायतका महत्वपूर्ण उपलब्धि नागरिक समाजकै सक्रियतामा भएको वलीको भनाई थियो । नागरिक समाज कुनै पनि राजनैतिक दल र सत्ता पक्षबाट प्रभावित हुन नहुने उनले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्तहरुका आधारमा स्थापित बाल संरक्षण तथा सम्बद्र्धनका मूल्य मान्यताहरुको कार्यान्वयनका लागि बाल संरक्षण अभियान्ताहरुको क्षमता अभिबृद्धि गर्न आवश्यक भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयात्रा परियोजनाका बाल संरक्षण अधिकृत निर्मल अधिकारीले बताए । उनले थपे, नागरिक समाज त्यस्तो एउटा स्वतन्त्र सञ्जाल हो जस्ले नागरिक अधिकारको संरक्षणका लागि वकालत गरिहन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार