
म महिला पत्रकार’ दैलेखको पहिलो पत्रिका धमाका दैनिक सुरु भएको १२ वर्ष पुगेछ ।
दैलेखको पत्रकारिताको सुरुवाती मानिएको धमाका दैनिक पत्रिकाका सम्पादक बिष्णु दाईले दैलेखमा महिला पत्रकारको अवस्थाको बारेमा केही कुरा लेख्नुप¥यो भनेपछि एकदमै छोटो समयमा आफुले भोगेका केही कुरा लेख्ने जर्मको गरेको छु । दैलेखमा महिला पत्रकारहरु अहिलेपनि निकै कम मात्रामा सक्रिय छन् । बिशेष गरे विवाह अघि रहरै रहरले पत्रकारितामा लागेको देखिएपनि विवाह पश्चात त पूर्ण रुपमा पत्रकारितामा बिराम लाग्नुपर्ने दैलेखको समस्या अहिलेपनि कायमै रहेको देखिन्छ । ठूला संचारगृहहरुमा उचित अवसर प्राप्त त हुन्छ तर सोही अनुसार क्षेमता विकास गर्न नसक्नुपनि एउटा समस्या हो तर महिला मित्रहरुले पत्रकारितामा आँट नगर्ने बानीले पनि कता कता समस्या देखिएको मैले पाएकी छु । मैले आफुलाई घमण्ड गर्न खोजेकी होइन तर दैलेख जिल्लामा राष्ट्रिय स्तरमा काम गर्ने अवसर सँगै महिला पत्रकारहरुले दुर्गम र पहाडी जिल्लाहरुमा खेप्नु पर्ने धेरै चुनौतीहरु मैले सामना गरेकी छु अँझै कति चुनौतीहरु आउने हुन् त्यसको पनि सामना गर्ने सार्मथ्य बटुलेर यो क्षेत्रमा लागेकी छु । धमाका दैनिकसँगै मैले धेरै आबद्धता भएर काम गर्ने अवसर त पाइन् तर, पनि अग्रज पत्रकारहरु सँग सँगसगै भएर काम गर्ने अवसर पाएँ त्यो अवसर मेरालागि सँधै स्रहानिय रहयो । मेरो पत्रकारिता यात्रा भने ५ वर्षअघिबाट मात्र सुरु भएको हो । धेरैले मलाई प्रश्न गर्ने गर्दथे पत्रकारितामा के हुन्छ र ? सरकारी जागिर खान आग्रह पनि नगरेका हैनन् । तर मलाई समाजका चुनौतीसंग लड्नुपर्छ भनेर भित्रदेखिनै चाहना जागेर आयो अनि पत्रकारिता क्षेत्रमा होमिए, अहिलेपनि दैलेखमा महिलापत्रकाहरु को हुन भनेर सिलो खोज्नुपर्ने अवस्था छ । थोरै मात्रामा रेडियोमा काम गर्ने बहिनीहरु छन्, कम मात्रामा स्थानीय पेपरमा काम गर्ने बहिनीहरु छन्, धेरैलाई आर्थिक समस्याले सताएपछि पेशा नै छोडेर जानुपर्ने बाध्यता रहेको मैले पाएकी छु । सुरुवाती दिनहरू स्वाभाविकै रूपले संघर्षपूर्ण थिए । हिड्दै जादा ठेस त कति ठाउ लाग्यो–लाग्यो । भोगाइले मानिसलाई दह्रो बनाउछ भन्थे बूढापाकाहरूको उखान महिले मलाई पनि खड्कीएको छ । म महिला पत्रकार । मैले धेरै पुरुष पत्रकाहरु सँग सँगै मिलेर एक्लै भएपनि महत्वपूर्ण कामहरुको सुरुवातीका दिनदेखि अहिलेसम्म साथ दिएकी छु । स्वार्थले बाँधिएको हाम्रो समाजले हेर्ने दृष्टिकोण फरक–फरक भएको भान हुन्छ तर आफ्नो इमान्दारिता र लगनशिलतालाई मैले सँधै आत्मसाथ गरेर काम गरिरहेकी छु ।मलाई समाजका मानिसहरुले राखिदिएको नाम महिला पत्रकार । सुरुवाती दिनहरू त धेरै हिसाबले चुनौतीपूर्ण हुने नै भए, बीचका र पछिल्ला दिनहरू कस्ता होलान कहिलेकाही म आफैलाई प्रश्न गर्ने गर्दछु । तिनचुले साप्ताहिकबाट सुरु गरेको मेरो पत्रकारिता राष्ट्रिय समाचार समिति हुँदै कान्तिपुरसम्म आउदा धेरै भोगाइहरुको भागेदार भएको छु म पनि । पत्रकार भुपेन्द्र शाही र गोविन्द केसीको सल्लाहा र सुझावमा मैले पनि पत्रकारिता क्षेत्रमा काम गर्ने निणर्य गरे । मेरो काका र म मिलेर तिनचुले साप्ताहिक सुरु ग¥यौ । सँगै भुपेन्द्र काका र गोन्विद चाचुसंगै मैले २ वर्ष जति काम गरे र धेरै कुरा पनि सिके । साप्ताहिकबाट सुरु भएको मेरो पत्रकारिता कान्तिपुरको गेटमा पुग्ने आट राखेकी छु । काका र चाचुसंग काम गर्दा धेरै चुनौति पनि थिए । महिला भएकै कारण मैले नाता लगाए पनि समाजका मान्छेहरु पचाउन सक्थेनन् । समय अनुकूल चल्ने मानिसहरु शताव्दीसंगै परिवर्तन त भए । रहनसहन सवै परिर्वतन भयो तर, त्यही एउटा कुरा सकारात्कम सोचको परिर्वतन अहिले सम्म हाम्रो समाजमा हुन सकेको छैन् । केटा मान्छेले जे गर्दा पनि सहजै पचाउन सक्ने क्षमता राख्ने सम
ाजका मानिसहरु सधै उस्तै लाग्न थालेको छ मलाई । नारी र पुरुषको उपमा पाएको यो समाजले कहिले पुरुषको तुलनामा महिलाले काम गर्न सक्छ भनेर सोचेन । म प्रश्न गर्न चाहन्छु म पनि त महिला हो पुरुष सरह काम गरेकै छु ?‘आवाज विहिनहरुको मलम हो ।’ मेरो कलम भनेर जति चिच्याय पनि यो समाजले महिलाले गरेका काममा कहिले वाहा वाहा गरेर । प्रोत्साहान गरेन । पुरुष पत्रकारले गरेका नराम्रा कुरा पनि यो समाजलाई सधै सहजै स्वीकार गर्न बानि परिसकेको थियो महिलाले गरेका हरेक राम्रा कुराका पछाडि प्रश्नबाचक चिन्ह लागिहाल्थ्यो । कसरी संम्भव भयो भनेर धेरैले त तैले गरेको काम राम्रो छ भन्नुको साटो तिमिले गर्न सक्छौ भरेर प्रश्न गदर्थे । हुनत महिला पत्रकारको अभाव भएर होला सायद सवैको नजर मै माथि पुग्दथो, यो पीडा पत्रकारितामा मात्र हैन राजनीति देखि लगेर नीति निर्माणका बिभिन्न कामहरुमा समेत महिलाहरुलाई हेलाको दृष्टिले हेरिन्छ हाम्रो समाजमा । यो समाज र यो पेशामा म कसरी अढिएको छु होला । कलम अरुकालागि चलाए पनि वास्तविक जीवन मैले आत्मविश्वासले चलाए । कतिले पत्रकार हो भन्ने मात्र थाहा पाएका छन भने, कतिले एफ.एम.मा बोल्छौं नानी भनेर सोध्ने गरेका थिए । हाम्रा समाजका मान्छेहरुले व्यक्तिको काम भन्दा पनि चरित्रको पहिचान गर्ने जान्दछन् । महिलाको कामलाई भन्दा चरित्रलाई बिभिन्न कोणबाट अनावश्यक रुपमा व्याख्या गर्ने मानिसहरुको कमि छैन यहा । पत्रकारिता पेशामा प्रवेश गर्दा नानी तिमी काम गर्न सक्छौं भनेर इट्टा थप्ने काम मेरा पुरुष पत्रकारको उपमा पाएका आदरणीय दाइहरुले गरिरहे । सायद दाइहरुको सहयोग नभएको भए म आज कान्तिपुर सम्म पाइला टेक्ने अवसर पाउथेन होला । यस्तो सहयोग र सदभावको सधैं अपेक्षा गर्छु । कसैको भनाईमा रोकिने छैन मेरो कलम ।









