
दैलेख, वैशाख १२
महावु गाउँपालिकाको नयाँ भवन उद्घाटन गरिएको छ । नयाँ भवन पश्चात अव गाउँपालिकाका सवै कामहरु नयाँ भवनबाटै सुरु हुने छन् । जनतालाई सेवा दिन थप सजिलो हुने भएको गाउँ पालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए ।
भवन उद्घाटनका लागि क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापा, एमाले दैलेखका नेता लोमन शर्मा, जिल्ला समन्वयका प्रमुख प्रशासकिय अधिकृत नारायणबहादुर कुवर लगायतको उपस्थिती रहेको थियो ।
भवन उद्घाटनमा बोल्दै प्रतिनिधि सभा सदस्य शर्माले भ्रष्टाचार रहीत विकास निर्माणको सुरुवातका लागि सवै स्थानीय तहका सरकार प्रमुखहरुले पहल थाल्नुपर्ने बताए ।
सुशासन र पारदर्शीताको अभाव भएको समाजलाई सहि मार्गमा लिनको लागि पनि सबैले पहल थाल्नुपर्ने शर्माको शुझाव थियो ।









