सिप पछिको स्वरोजगार


उदय अधिकारी
बैशाख १५,दैलेख

दैलेख– चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ३ को देउराली नजिकै एउटा सानो घुम्ती छ, भित्र विभिन्न स्थानीय       परिकारका खाजानास्ताहरु छन् ।  देख्ने वित्तीकै खाइहालौ जस्तो, मिठो बासना संगै स्वादिलो खाजाका परिकारले त्यहाँ पुग्ने जो कोहीलाई पनि हुरुक्कै बनाउँछ । त्यहि घुम्तीमा २३ बर्षिय देविराम कंडेल दिनभरि खटिएका हुन्छन् । पसलमा आउने ग्राहकहरुलाई मिठो बोली संगै स्वादिष्ट खाजाको परिकार खुवाउनैमा उनको दिन व्यतित हुने गर्दछ । देविराम आज भोली पहिला जस्तो फुर्सदिला भने छैनन् । विहान देखि साझँ सम्म पसलको काममा   खटिन्छन् । उनले देउराली एण्ड चेतन दालमोट उद्योग संचालन गरेका छन् । आफ्नै गाउँको सानो कोठा भाडामा लिएर व्यवसाय गरिरहेका छन् ।  सुर्खेतमा गएर काम गर्दा चार महिना सम्म ज्याला नदिए पछि म आफ्नो घर तिर फर्के, देविराम भन्छन् “काम गर्ने ठाउँमा तलब नपाएपछि भारतको हिमाञ्चल प्रदेश हानिए ।” त्यहाँ गएर पनि आशा गरे अनुसारको काम पाएँन अनि पुनः आफ्नै घरमा फर्कें ।भारतमा रहँदा उनले घाँस काट्ने, बारी खन्ने, भारी बोक्ने जस्ता काम गरेको बताउछन् । विगतमा गरेको दुःख सम्झदै देविरामले भने “हामी यहाँ काम गर्न लाज मान्छौँ तर बिदेशी भुमिमा गएर साहुले अह्राएका जस्तो सुकै काम गर्न पनि लाज मान्दैनौ ।”  नेपाल आइसके पछि उनको गाउँमा     सेभ द चिल्ड्रेनको आर्थिक सहयोग      एभरेष्ट क्लव दैलेखको सहजिकरणमा सञ्चालित युवा सशत्तिकरण (बुलगारी) परियोजना लागू भएको थाहा पाए । जुन परियोजनाले गाउँका बेरोजगार युवा युवतिहरु जो १८ देखि २२ बर्ष          उमेरकालाई विभिन्न सिपमूलक तालिम उपलब्ध गराइ रोजगार तथा स्वरोजगार बानाई आत्म निर्भर बनाउनु रहेको छ । जब विभिन्न सिपमूलक तालिमका बारेमा गाउँमा युवा छनौट गर्ने जानकारी संस्था कर्मचारीबाट देविराम कंडेलले      जानकारी पाए जसमा खाजा नास्ता बनाउने तालिम प्रदान गर्ने हल्ला पनि चल्यो । उनि उक्त तालिममा छानिए पनि, परियोजनाले तालिमका लागि अछामको साँपेबगर पठायो ।  तालिमबाट फर्केपछि गाउँमा नै केहि गर्ने आँट पलाएको उनले बताए  ।

तालिम सकेर आएपछि उनले नजिकैको बिद्यालयमा बिद्यार्थीलाई खाजा बनाउन प्रयोग गरिने केहि भाडाँ ल्याएर केहि दिन आफुले तालिममा सिकेको सिप प्रयोग गरि दालमोट, दामले, लड्डु,बर्फि, भटमासको दालमोट बनाउन थाले । हप्तौ दिन सम्म तिनै सामग्री प्रयोग गरेर सामान बनाए  पछि बिद्यालयलाई भाडाँ प्रयोग गरे मार्फत एक दिनको ३५ रुपैया भाँडा तिरेको उनिबताउँछन ।सेभ द चिल्डूेनको आर्थिक सहयोग      एभरेष्ट क्लव दैलेखको सहजिकरणमा सञ्चालित  युवा सशक्तिकरण              (बुलगारी) परियोजनाले कार्यक्रम लागु भएका कार्यक्षेत्रका  सहकारीहरुलाई अवलम्बन गरि सहकारी लाई विकास गर्ने र परियोजनाले समेटेका युवाहरुलाई सहुलिएतब्याजमा १०%ऋण उपलब्ध     गराउने मक्सदले सहकारीलाई घुम्ति कोष परिचालनका लागि रकम सहयोग गरेको छ । जुन रकमबाट प्राप्त १० प्रतिशत का दरले प्राप्त रकमको ५०प्रतिशत  बाल अनुदान कोषमा छुट्याइ समस्यामा परेका बालबालिकालाई सहयोग गर्नुपर्ने गरि समझौता गरेको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका –३ मा संस्थाले श्रमजिबि बचत तथा ऋण सहकारी संस्था संग समझौता गरको छ । हाल संस्थाले सहकारीलाइ उपलब्ध गराएको रकम उनी जस्तै युवाहरुलाई उपलब्ध गराइएकोले घुम्ति कोषमा पैसा जम्मा हुनसाथ रकम पाउने गरि उनि हाल किउमा छन पछि        परियोजनाको सहजीकरणमा उक्त सहकारीले युवा स्वरोजगार मार्फत ३० लाख रुपया प्राप्त गर्यो र ततपश्यात उधमि देविराम कडेललेयुवा स्वरोजगार कोष बाट ७० हजार ऋण लिएर आफ्नै भाडाँ जम्मा गरेर व्यवसाय चलाए  उनले आफ्नो उद्योगमा दालमोट, दालमोट, भुजाको लड्डु, नरिवल लड्डु, बर्फि, भटमासको दालमोटका परिकारहरुअर्डर अनुसार बनाउने गरेका छन् ।  आफुले बनाएको सामान जिल्लाका विभिन्न स्थानमा जाने गरेको उनले बताए ।      मेरो लक्ष्य जिल्ला भरि पु¥याउने छ आफु लाई ऋण दिने सहकारी भएमा कुनै व्यक्तिको जग्गा भाडामा लिएर भए पनि राम्रो होटल व्यवसाय संचालन गर्छु, उनले भने । परियोजनाले तालिम दिएर आफुलाई जिविकोपार्जन गर्नलाई सहयोग पुगेकोे बताए । मासिक १० देखि १५ हजार रुपैयाँ आफ्नै गाउँमा घरपरिवार संगै बसेर आफ्नै गाउँमा व्यवसाय संचालन गरेको छु, देविरामले भने । उनको घरमा श्रमिति, एक छोरा र एक छोरी छन् ।  छोरा छोरीलाई पढाउन कापी कलम किन्न, बिरामी हुँदा उपचार गर्न सहज भएको उनको भनाई छ । उनले घरवेटीलाई कोठा भाडा बापत मासिक ५ सय तिर्ने गरेका छन् । केहि सिप सिके पछि युवाहरु पैसा कमाउनलाई बिदेश नै जानु नपर्ने कंडेलले भनाई छ ।  देउराली एण्ड चेतन दालमोट उद्योग संचालन गरेका देविरामले  १७ बर्षको उमेर देखि नै मजदुरी गर्दै आएका हुन् ।  परियोजनाले कंडेललाई मात्र स्वरोजगार बनाएन,  जिविकोपार्जनमा मात्र काम    नगरि शिक्षाको क्षेत्रमा पनि काम गर्दै आइरहेको छ। चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ मा रहेको चामुण्डा मावि  हाडाकोट कक्षा८ –९ र १० मा पढ्ने बालबालिकाहरु लाई बिद्यालयमा टिकाई राख्न दश हजार बराबरको बर्षरी सहयोग दिने गरेको छ । जुन सहयोग १३ देखि १५ बर्ष उमेरका बालबालिका जो विधालय बाहिर रहेका वा समस्याले विधालय छोडन लागेका बालबालिका लाई उपलब्ध            गराइएको छ ।  दलित जनजाति आर्थिक रुपमा विपन्न बिद्यालय बाहिर रहेका बालबालीकालाई विद्यालय सम्म लिने र बिद्यालय  कमजोर भएका कारण विधालय छोडन नपरोस भन्ने हेतुले बालबालिकालाई उपचारात्मक कक्षा संचालन,बिद्यालयमा बालिकाहरु उपस्थित भए नभएको जानकारी राख्नलाइ र कम उपस्थित हुने बालबालीकाका अभिभावक संग उनिहरु विधालय नियमितताकालागि जानकारीका लागि प्याड बोड सहयोग गरको छ। साथै विधालयमा बालबालिकाको ब्यक्तित्व विकासका लागि बाल क्लब गठन तथा पुनरगठन गरि विधालयमा विभिन्न अतिरिक्त क्रियाकलाप संञ्चालन हुदै
आएका छन ।  विधालय तथा समुदाय स्तरमा संचालन भएका यस्ता कार्यक्रम हरुले युवा तथा वालवालिकाको समग्र ब्यक्तित्व विकासका साथै उनीहरुको जिविकोपार्जनमा सुधार गर्नुका साथै बालबालिकाको विधालय नियमिततामा सुधार तथा सहयोग पु¥याएको परियोजना का विकास  फिल्ड अधिकृत कृपाराम थापाले बताए । यस्तैबाल क्लबहरुलाई सक्रिय गराएको,व्यक्तिको विकासका लागिक्लबमा सदन अनुसारकोअतिरिक्त क्रियापकलाप गरिएको, पुस्तकालय व्यवस्थापनका लागि सहयोग गरिरहेको र बिद्यार्थी हाजिर परिक्षण हुने गरेको चामुण्डा मावी हाडाकोटका शिक्षक दिपेन्द्र बहादुर शाही ले बताए । प्रत्येक शुक्रबार हावसवाईज शिक्षक व्यवस्थापन भइरहेको शिक्षक शाहीले बताए ।  शिक्षक शाहिले परियोजनाको प्रभावकारीताको प्रशंशा गर्दै परियोजनालाइ थप प्रभावकरीता,        पारदर्शिता र जवाफदेही बनाउन संस्थामा स्थापित मिल अवधारणको उल्लेखनिय भुमिका रहेको बताउदै संस्थाको            (अनुगमन,मूल्याङ्कन, जवाफदेहिता र सिकाई) शाखाबाट हुने नियमित अनुगमन, मूल्याङ्कनलेआफु र विधालयलाई थप जवाफदेहि बानाएको र परियोजनाद्घारा सहयोग गरिएका सामग्री हरुको नियमित प्रयोगमा सहयोग पुगेको जानकारी         गराए  ।

संचालन गरेका गतिविधी हरुको बारेमा सुझाव सल्लाह तथा प्रतिक्रिया दिनका लागि कार्यक्रमले टोल फ्री नम्बर को प्रयोग गदैै आएको छ जहाँ परियोजना संग सम्बन्धित सरोकारवाला ब्यक्ति, समुदाय, लाभान्वित ब्यक्तिहरुले संस्थासंग सम्बन्धित गुनासो, सल्लाह, सुझाव  राख्ने गर्दछन र समबन्धित गुनासोको संस्थाद्घारा निश्चित समयावधिमा सुनाइ हुने गर्दछ ।  एभरेष्ट क्लब दैलेखका मिल शाखा प्रमुख भुपेन्द्र खत्री ले आफुबाट नियमित रुपमा फिल्डमा अनुगमन हुने गरेको र अनुगमनमा भेटिएका समस्याहरुको मासिक बैठकमा छलफल भइ निश्चित समयभित्र कार्ययोजना सहित कार्यान्वन गर्ने गरेको र समुदायका       सरोकारवाला, र कार्यक्रमका लाभान्वित बर्गहरुको सुझाव, सल्लाह पृष्ठपोषण तथा गुनासो लाइ प्राथामिकतामा राख्ने, समुदाय प्रति उत्तरदायी, जवाफदेहि र पारदर्शितामा आधारीत रइ (कार्यक्रम कसका लागि, किन, के का लागी, कार्यक्रमको सेवा सुविधा र कार्यक्रमको बास्तविक खर्च कति)  परियोजना संचालन हुदै आएको बताउदै एभरेष्ट क्लब दैलेखले स्थापना गरेको (अनुगमन,मूल्याङ्कन, जवाफदेहिता र सिकाई) अवधारणा ले आफु लगाएत फिल्डमा कार्यरत        कर्मचारीहरुलाई कामकाज गर्न सजिलो भएको र समुदायको संस्था प्रतिको विश्वसनियता बढेको दावि गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार