
नविन रिजाल
जेष्ठ २६, दैलेख
नेपाल सरकारको लक्ष्य अनुसार दैलेखलाई सन् २०२० सम्ममा पूर्ण सरसफाई उन्मुख जिल्ला बनाउने अभियानलाई अहिले तीव्र पारिएको छ । जिल्ला खानेपानी तथा सुरसफाई डिभिजन कार्यालय दैलेखको पहलमा बिभिन्न ११ वटै स्थानीय तहहरुमा अभियानलाई प्रभावकारी बनाउन गोष्ठि र छलफहरु सुरु भएका छन् ।
११ वटै तहमा स्थानीय सरकार प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, वडा सचिवहरु सवैलाई जम्मा गरेर प्रमुख जिल्ला अधिकारी र खानेपानी कार्यालयका प्रमुख लगायले यसवारे गाउँपालिका र नगरपालिकामै पुगेर बहस सुरु गरिएको हो ।
हरेक सार्वजनिक स्थलहरुमा अनिवार्य सौचालय, विद्यालयमा सौचालय, प्रत्येक घरमा सौचालय निर्माण र यसको उचित प्रयोग, सुरक्षित खानेपानी र सरसफाइ, महिनावारी सरसफाइ लगायतका बिषयहरुमा स्थानीय जनप्रतिनिधिहरु बाट प्रतिवद्धता हुँदै आएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन प्रमुख विकास काफ्लेले जानकारी दिएका छन् ।
सरसफाई अयिभान अन्र्तगत आठवीस नगरपालिकाको राकम कर्णालीमा भएको अन्तरक्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले सरसफाइ मानव जीवनको लागि निकै महत्वपूर्ण र अनिवार्य कुरा भएकोले आम नागरिक सरफाइका लागि निकै संवेदशनसिल हुन आग्रह गरे । लागु औषध, मदिरा सेवनलाई निरुत्साहित र नियन्त्रण गर्दै पूर्ण सरफाइ अभियानमा होमिनु भनेको सामाजिक, भौतिक र मानवीय रुपमा सभ्य समाज निर्माण गर्ने महत्वपूर्ण अभियान भएकोले सवैले हातमा हात मिलाएर अभियानमा लाग्नुपर्ने सुझाव दिए ।
आठवीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले सरसफाइ अभियानलाई महत्वका साथ अगाडी बढाएको र मदिरा नियन्त्रण मात्र नभै निषेधित क्षेत्र बनाउने अभियानमा नगरपालिका लागेकोले आवश्यक सहयोग गर्न सवैलाई अनुरोध गरेका छन् ।









