द्धन्द्धपीडित बालकको डाक्टर बन्ने इच्छा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याई एसइई 


धमाका संवाददाता
असार ११, दैलेख
जन्मेको २ बर्ष २७ दिन मात्र भएको थियो, आमाको काख छुट्यो, चरम द्धन्द्धको समय भएका कारण नावालक राजन रिजाल २०६१ सालमा बाबुसँगै सुर्खेतको वडा नंं ३ मा पर्ने चिगाड जंगलमा स्थापना गरिएको वाल शिशु स्याहारमा बस्न पुगे । त्यहीबाट उनको पढाई सुरु भयो बाल्यकालमै बिभिन्न अन्य स्थानहरुमा यस्तैगरी भूमिगत जीवन बिताएका दैलेखको महावु गाउँपालिका ५ गडिगाउँका १५ बर्षका राजन रिजालले यसपालीको एसइई परिक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याई पास हुन सफल भएका छन् ।  भूमिगत जीवन पछि तत्कालिन माओवादी सरकारको पहलमा स्थापना गरिएको सहिद आवासिय विद्यालय दाङमा २०६६ सालमा रिजाललाई कक्षा ३ मा भर्ना गरिएको थियो । आर्थिक अवस्था निकै कमजोर भएका रिजालको निशुल्क पठन पाठन भयो, सोही विद्यालयबाटै उनले यस बर्षको एसइई परिक्षामा ३.७५ जि.पि.ए    ( ए प्लस) ९३.७५ प्रतिशत अंक ल्याउन सफल भएका उनको कुल अंक ७४२ आएको छ ।
सामुदायिक विद्यालयबाटै राम्रो अंक ल्याएका द्धन्द्धपीडित रिजालले आफुले डाक्टर बन्ने ईच्छा भएको प्रतिक्रिया दिए तर पारिवारिक अवस्था नाजुक भएकोले पढाई खर्चकालागि आर्थिक जुटाउन निकै सकस हुने उनका बुवा नविन        रिजाल बताउँछन् ।  तत्कालिन द्धन्द्धकै अवस्थामा द्धन्द्धपत्रकारिता सुरु      गरेका राजनका बुवा नविन रिजाल आफुपनि द्धन्द्ध पीडत हुन् । अहिले पनि उनी घाईते जीवन        बिताइरहेका छन् । अहिले पनि राष्ट्रिय समाचार समितिमा दैलेख संवाददाताका रुपमा काम गर्छन् । सदरमुकाम दैलेख बजारमा कोठा भाडामा लिएर जेनतेन दैनिक गुजारा चलाएका नविन रिजाल अहिले    छोराको ईच्छा पुरा गराउन          सरकार वा अन्य निकायहरुबाटै सहयोग भएमात्र संभव हुने बताउँछन् । राम्रो क्याम्पसमा पढाउन पैसा छैन्, निशुल्कका लागि कसैले सहयोग गरिदिए छोराको ईच्छा पुरा हुने थियो रिजालले     भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार