अधिकार र पैरवी महत्वपूर्ण बिषय हो । राज्यले सूचनाको हक लागु गरेर कोही पनि व्यक्ति वा समुदाय सूचनाबाट बञ्चित हुन नपरोस भन्दै कानुनमै यस्ता कुराहरुको उल्लेख गरिएको छ तर अँझै पनि समुदायमा यस्तो समुदाय, वर्ग, जाती र लिङ्गका कुराहरु बाँकी नै छन् जसले सरकारले कानुनमा उल्लेख गरेका मौलिक हकको बारेमा जानकारी पाउन सकेका छैनन् सो को सहजै उपयोग गर्न सकेका छैनन् ।
पछिल्लो परिवर्तन सँगै झनै धेरै मात्रामा यस्ता बिषयहरु उठाउनुपर्ने, सचेतना फैलाउनुपर्ने देखिएको छ । नयाँ कानुनमा उल्लेख गरिएका अधिकार र पैरवीका कुराहरुलाई त झनै महत्वका साथ वडा वडासम्म पु¥याउनुपर्ने जरुरी देखिएको छ ।
अधिकार र पैरवी पिछडीएको समुदाय, पछाडी पारिएको बस्ति, आवाज पुग्न नसकेका र अधिकारको जानकारी नै नपाएर टाँठाबाँठाहरुले रजाँई गरिरहेका स्थानहरु सम्म पुर्याउनु आवश्यकता हो तर कहिलेकाँही आयातित रुपमा गरिएको वा रकम प्राप्त भएपछि मात्र गरिने र गरिएको अधिकारको वकालत र पैरवीले परिणाममुखि बनाउने नाममा अस्वस्थ प्रतिश्पर्धाको नाममा कतै सोझा व्यत्तिहरु नै त्यसको सिकार हुन पुग्ने त होईनन् त्यसवारमो पनि सम्वन्धित निकायहरुले बिचार गर्नुपर्ने अहिलेको आवश्यकता हो ।








