जनताको ढाड सेक्ने गरी  कुनै पनि स्थानीय तहले कर लिनु हु“दैन ः भैरवी गाउ“पालिका अध्यक्ष बुढा

धमाका संवाद स्थानीय सरकार 


दैलेख जिल्ला भैरवी गाउँपालिका  पूर्व छामघाट खोला पश्चिम भैरवी गडजिउला खोला, उत्तर कालीकोट जिल्ला तथा दक्षिण दुल्लू नगरपालिका भित्र रहेको रमणीय गाउँपालिका हो । हिमाल, पहाड र तराईको जस्तो हावापानी, खेतीपाती पशुपालन ब्यावसाय भएको अनेकताबीच एकता भएको गाउँपालिका भएकै कारण यो गाउँपालिकामा कृषि, पशुपालन, पर्यटन ब्यापार एबं साना घरेलु  ब्याबसायको प्रचुर संभावना धेरै छन् । दैलेखको सबैभन्दा महत्वपूर्ण तीर्थस्थल सँगै पेट्रोलियम पदार्थ उत्खनन्को संभावना भएको शिरिस्थान मन्दिर यसै गाउँपालिकामा रहेको          छ । सिलेट ढुंगा, जल, जमिन, जंगल, जडिबुटी समेतको संभावना उत्तिकै छ । २०७४ बैशाख २१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन एमाले हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रेम बहादुर बुढा यस गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन् गाउँपालिकाको विकास, समृद्धि र भावी योजनाबारे हाम्रा सहकर्मी उदयराज अधिकारीले अध्यक्ष बुढासँग गरेको कुराकानी प्रस्तुत छ ।
एक वर्षको अवधिमा जनताको हितमा हुने खालका कस्ता काम सम्पन्न भएका छन । यो वर्षको योजनाहरु के–के छन ?
निर्वाचन भएको १ वर्ष पूरा भएको  छ । यो अवधिमा हामीले मुख्य गरी भैरवी गाउँपालिकामा सात वटा वडामा वडा कार्यालयको व्यवस्था सँगै संचालन भएका छन् । सबै जनताले सेवा प्रवाह आफ्नो वडा कार्यालय बाट लिएका छन् । एउटा सडक राष्ट्रिय महत्वको सडक छ । दैलेख जिल्लाको माथिल्लो डुङ्गेश्वर, बैंक, मालिका, छिउडी पुसाकोट, दुल्लू वडालम्जी डाँडीमाडी सिलङ्गी, कुसा पानी, हुदै कालिकोटबाट जुम्लाको मुगु हुदै तिब्वतको नाक्चे जाने सडक छ ।  त्यो सडकलाई हामीले उच्च प्राथमिता दिएर प्रदेश सरकालाई  ध्यान आर्कषण गर्न सफल भएका छांै । गत जेष्ठमा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही अर्थ मन्त्री प्रकाश ज्वाला सहितको टोली माथिल्लो डुङ्गेश्वरको सडकको सीला न्यास गरी दुल्लू नाभिस्थान श्रीस्थान ज्वाला हुँदै भैरवी गाउँपालिकाको केन्द्र आई यो सडकलाई  चीन तर्फ जोड्न सरकार प्रतिबद्ध हुने भनेर कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही र अर्थ मन्त्री प्रकाश ज्वाला समेतले प्रतिवद्धता जाहेर गर्नु भएकोछ यो पनि हाम्रो मुख्य उपलब्धीका  संचालन हुने कार्यक्रम  छ । हाम्रो  भैरवी गाउँपालिकाको वडा नं. ४ सिलङ्गी भन्दा पश्चिमको भू–भागमा काम गरिरहेको छ त्यहाँ काम सम्पन्न हुने  तयारीमा छ । त्यसको लगतै भैरवी गाउँपालिका वडा नं. ५ को कपुर खोला खानेपानी आयोजना भनेर जो डोक्रा बाहाचौरमा क्षेत्रमा पर्दछ । त्यहा काम गर्ने तयारीमा छौं यसरी हामीले खानेपानी मा काम गरेका छांै । केहि विद्यालय भवनहरु बनेका छन ।   भैरवी गाउँपालिकाको श्रोतबाट विभिन्न सडकहरु निर्माण भएका छन् । भैरवी सडक डाँडीमाडीबाट बिष्टवाडा हुँदै अगाडी बढ्ने सडक ७ नं. वडाको कुसापानी टिमुरखर्क गैरासोर हँुदै कडेनी तिर जाने सडक कालिकोट जिल्ला तर्फ बढ्ने सडक जो कुसा पानीको माथिल्लो बेल्डमा १५ लाख बरावरको काम गरेका छौं ।
एक वर्षदेखि गाउँपालिकाको केन्द्रको विवाद अझै समाधान भएको छैन, विवाद समाधानका उपायहरु के –के खोज्नु भएको छ ?
गाउँपालिका केन्द्र तर्फको विवाद  त्यति ठूलो विवाद छैन भैरवी गाउँपालिकाको केन्द्र साविक भैरी कालिकाथुम कै एरियामा रहने हो । नेपाल कम्यूष्ट पार्टीका दैलेख जिल्ला अध्यक्ष एवम दैलेख जिल्ला निर्वाचन क्षेत्र नं. १ का माननिय सांसद रविन्द्र  राज शर्मा र नेपाली काँगे्रस दैलेखका सभापति कृष्ण कुमार वि.सी. दुई जना पार्टी प्रमुखहरुले गरेको निर्णयलाई  सवै कार्यपालीका र निर्वाचित जनप्रतिनिधिहरुले मान्ने सहमती भैसकेको हो । यद्दपी यो पार्टी एकता र माथि बजेटको छलफल सबैलाई दृष्टिगत गरेर हाम्रो दैलेख क्षेत्र नं. १ का माननिय सांसद रविन्द्रराज शर्मा जिल्लामा आइसक्नु भएको छैन । उहाँ आउने बितिकै दुई जना नेताले जुन ठाउँमा निर्णय गर्नु हुन्छ त्यहि   ठाउँलाई हामी सर्वसहमत मान्ने    छांै ।  भैरीकालिकाथुमको भू–भाग भन्दा बाहिर जाने कुनै सम्भावना पनि छैन । कार्यदल तीन जनाको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले संयोजन गर्ने  दुई जना नेताले गरेको निर्णय मान्ने भनेर उहाँहरु तिन जनाको रोवहरबाट   जुन निर्णय हुन्छ त्यही निर्णयले यो बिवाद समाधान गर्ने देखिएको छ । अहिले ठूलो समस्या होईन् ।
भैरवि गाउँपालिकाका सबै जनताहरुले सिंहदरवारको अधिकार गाउँ गाउँमा महसुस गर्न पाएका छन कि छैनन । नपाएका अधिकारहरु कसरी प¥याउने योजनामा हुनुहुन्छ ?
केहि असन्तुष्टी मानविय स्वभाव पनि हो  । शतप्रतिशत सन्तुष्ट बनाउन सकिदैन । धेरै काम राम्रा भएका  छन शिक्षा क्षेत्र एक ठूलो क्षेत्र हो । बिगत दुई वर्ष देखि पिसिएफ  कोटामा पढाएका शिक्षकहरुले तलब भत्ता पाएका थिएनन । उहाँहरुलाई असार मसान्त भित्र १० लाख रुपैयाँ छुटाएर उहाँहरुको प्रत्येकको खातामा तलव हाल्दिएका छौं । यो वर्षमा १ करोड २० लाख ४४ हजार रुपैयाँ भैरवी गाउँपािलकाको शिक्षा क्षेत्रमा छुट्याएका छौं । यसबाट शैक्षिक क्षेत्रमा पहुँच नपुगेका बालबालिका, शिक्षक अभावमा भएको पठन पाठनको समस्या जस्ता धेरै समस्याहरु समाधान हुने देखिएको छ । भौतिक संरचना बनाउनको लागि हामीले छुट्टै व्यवस्था गरेका छांै । पाँच वटा ठाउँमा नयाँ स्वास्थ्य संस्था पनि स्थापना गर्ने भनेका छौं । वडा नं. १ मा दक्षिण रावतकोट वडा नं.३ चग्रताको नजिकमा वडा नं. ४ मा सेवा समस्या छ  वडा नं. ५ को चौर भन्ने ठाउँमा बनाई सकेका छांै त्यसलाई विकास गरेर जान्छौं । वडा नं.६ दुई सल्ले वडा न.७ को माथिल्लो उत्तर बेल्डको जनतालाई टाढा प¥यो भाडीचौर आउन भनेर पानी पोखरामा पनि स्वास्थ्य संस्थाको व्यवस्था गरेका छौं । बिशेष गरेर शिक्षा र स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा हामीले  रकम विनियोजन गरेबाट पनि जनताहरु सिंहदरवारको अधिकार गाउँघरमा आए जस्तो महसुस गर्नुभएको छ । गत वर्ष उपभोक्ता समितिमा बसेकाहरुले यो वर्ष बस्न पाउने छैनन् । यस्ता खालको नीतिहरु पनि लागु गर्दै सिंहरदवारको  महसुस जनतालाई गराउने अभियान     मा छौं । संघको कानुन र प्रदेशको कानुन आएपछि देखिएका थप जटिलताहरु समाधान हुनेछन् त्यस पछि केवल बिकासका लागि मात्रै हाम्रो सोच अगाडी बढ्छ । जनताहरु तत्काल प्रतिफल र  परिवर्तनको महसुस खोजेका छन् तर हामीहरु पद्धतीगत रुपमा कतिपय  कुराहरु टुगाँउँदै जानुपर्ने बाध्यतामा छौं ।
दैलेखको सबैभन्दा महत्वपुर्ण पर्यटकीय  स्थल श्रीस्थान हो । यसको व्यवस्थापन, प्रचार प्रसारका लागि स्थानीय सरकारले कस्ता योजनाहरु सुरु गरेको छ प्रदेश र संघले कस्ता कामहरु गर्नुपर्ने देख्नु भएको छ ?
भैरवी गाउँपालिका वडा न.१ मा रहेको शिरिस्थान मन्दिरमा चौविसै घण्टा ज्वाला बलिरहेको छ पर्यटकिय हिसाबले र देशको आर्थिक हिसाब दुबै हिसावले यो क्षेत्र महत्वपूर्ण छ । नेपालमा पेटोलियम पदार्थको चरम संकट परेका बेला सरकारले दैलेखको शिरिस्थानमा आएर उत्खनन्को उद्घोष ग¥यो दुई वर्ष पनि यदी भण्डारण कम भएमा यो क्षेत्रलाई नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बनाउने घोषणा पनि भयो हामी अहिलेपनि आशा गरिरहेका छौं सरकारले कि त ? यहाँको ग्याँस उत्खनन् गर्नुप¥यो नभए यसलाई धार्मिक पर्यटकीय क्षेत्र भनेर लाखौं पर्यटकहरु आउने बातावरण तयार गर्नुप¥यो । यो काम गाउँपालिकाको क्षमता भित्र पदैन तर पनि २०७४ ÷ ०७५ मा भैरवी गाउँपालिकाबाट हामीले पाँच लाख छुट्याएर अक्षय कोष जस्तो मुद्धती खाता खोली सकेका छौ । पाँच लाख रुपैयाँको ब्याजबाट मन्दिर व्यवस्थापनमा लगाउने पाँच लाख रुपैयाँ साँवा पटक्कै खर्च नगर्ने भनेर कोषको रुपमा जम्माका लागि खाता खोलिसकेका छौ । यो वर्षको पाँच लाख रुपैयाँले मन्दिरको छाना भत्किएको छ मर्मत गर्ने वरिपरी  घेरबार गर्ने मन्दिर व्यवस्थापन  समिति संग परामर्श लिएर उपभोक्ता समिति मार्फत निर्माण कार्य गछौं । प्रदेश सरकार केन्द्र सरकारलाई  पनि हामीले तुरुन्तै यो बिषयमाध्यानाकर्षण गराएर पत्र पठाएका छौं ।
देशैभर जथाभावी कर बढ्यो भनेर बिभिन्न टिप्पणीहरु भएका छन् भैरवीले करको दायरा कस्तो बनाएको छ ?
हामीले करको दायरा जनतालाई मर्का नपर्ने गरी सानो सानो संख्यामा तोकेका छौं । जनता कर तीर्न अग्रसर हुनुपर्दछ भन्ने जनचेतना अभियान जस्तो गरेर जस्तैः मालपोत लिदा प्रति रोपनी पाँच रुपैयाँका दरले न्यूनत्तम तोकेका छौं । निवेदन दस्तुर पंजिका सम्बन्धि ३५ दिन भित्र आयो भने निःशुल्क हुन्छ । ३५ दिन  नाघे पछि ढिला गरे वापत थोरै भए पनि उसलाई बानी पार्न हर्जना लगाउने गरेका  छौं । कर संकलन नगरेपछि राज्य व्यवस्था चलाउन पनि सकिदैन । यो कुरालाई पनि ध्यान दिनुपर्दछ । नियमित सरकारलाई कर तिरिरहेका  व्यक्तिहरुका लागि सरकार कडा भएको छैन् । करोडौं कारोवार गरेर सून्य कर देखाउनेहरुलाई सवै तहका सरकारहरु कडा हुनुपर्ने मैले आवश्यकता देखेको छ । भैरवी गाउँपालिकाले कर लिने सवालमा  जनताको  ढाड  सेक्ने गरी कुनै पनि कर निर्धारण गरेको  छैन् । सबैको शुल्क न्यूनतम छ । थोरै थोरै कर तिर्ने बानी जनतालाई अनिवार्य बसाल्नु पर्छ । कर तिरिएन भने राज्य व्यवस्था  संचालन गर्न सकिदैन । सेवा सुविधा लिए वापत तिर्ने हो । नत्र तिर्ने पर्दैन ।
 तपाईले निर्वाचनको बेला जनता सामु गरिएका घोषणा वा प्रतिबद्धता दुई वर्ष पुग्नैलाग्दा  के कति पूरा भए ?
सबै भन्दा पहिला निर्वाचनको बेलामा भनेका कुरा के थिए भन्दा खेरी सडक, बत्ती, खानेपानी सिचाई जस्ता ठुला ठूला कामहरु त्यसपछि  पर्यटन विकास को बारेमा भैरवितर्फ हामीले बाटो अगाडी  बढाएका छौं । भैरव मन्दिरमा जाने ब्याउलीमा पनि एउटा पर्यटकिय  स्थल बनाउनु पर्छ भनेर भैरवी  गाउँपालिका तिन वटा क्षेत्रलाई निकट गरेका छौं । दक्षिणमा शिरिस्थान मध्ये भागमा भैरवी वरपर उत्तर भागमा ब्याउँली जो दैलेख र कालिकोट ब्याउली तिर पनि बाटो जादै छ  । पर्यटन यसरीनै अघि बढेको छ । सडकहरुको बारेमा हामीले  क्रमश  केन्द्रबाट  पनि  बजेट पार्ने  प्रदेशबाट  पनि बजेट पार्ने र  गाउँबाट पनि केहि बजेट छुट्याएर सडक अगाडी बढाउने योजना बनाएका छांै । विद्युतीकरणको लागि अहिले हामीले गाउँपालिकाबाट १  करोड आठ लाख रुपैयाँ छुट्याएका छांै । विभिन्न वडाबाट  गरेर, केन्द्रले दिएको नियमित बिद्युतीकरणको काम पनि जिल्लाबाट पनि अगाडी बढिरहेको छ । म आफै उर्जा मन्त्रि बर्षमान पुनलाई एउटा सिफरिस गाउँपालिका बाट स्टीमेट सहित नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्र दैलेखले तयार पारेको १४ करोड भन्दा बढि झन्डै १५ करोड को नजिकको एउटा स्टीमेट सहित त्यहाँबाट पत्र मेल गरेर पठाएको छु । उर्जा मन्त्रि ज्यूले आस्वासन दिनुभएको छ । यो काम भयो भने विद्युतिकरणको समस्या समाधान हुने देखिन्छ । बिशेष गरी वडा नं. ५ को चौर भन्ने ठाउँमा मेन लाइन लिन सकिन्छ कि भन्ने छ । लियो भने यता बाहाचौर उता डोक्रा सबैलाई बीच होला भन्ने हाम्रो सोच छ । कुसापानी तर्फ पनि मेन लाइन बढाउने र अरु वडा नं.१,२ मा मेन लाईन गइसकेको छ । अब शाखा लाईन बिस्तार गरेर बत्ती बाल्न मात्र बाँकी छ खानेपानी तर्फ ग्रामीण जलश्रोत व्यवस्थापन  परियोजनाले एउटा काम गरिरहेको छ । भाप्रा खानेपानी आयोजना र बडालम्जी खानेपानी आयोजनाले पनि केहि सुविधा उत्तरको डाडाँ सुख्खा भुभागमा तिनिहरुले काम गरिरहेका छन भने तल तल मुहान हरुमा आरभि डब्लु आरएमपी  ग्रामिण जलश्रोत आयोजना व्यवस्थापन परियोजनाले काम गरिरहेको छ । सिचाई कुलाको बारेमा गिताचौर सिचाई कुलोलाई कसरी अगाडी बढाउने भनेर हामीले सोच बनाएका छांै त्यो अनुसार हामी निरन्तर अगाडी बढे्छौ । गिताचौर सिचाई कुलाको पहिलाको काम  गरेको पैसा पाइएन भनेर के कसरी नपाइएको हो त्यो जाँच बुझ गरेर सिचाई कुलो पनि अगाडी बढाउँछांै । शिक्षा र स्वास्थ्यको बारेमा मैले तपाईलाई भनिसके हाम्रो स्वास्थ्यमा पाँच वटा यूनिट नयाँ  ढङ्गले गठन गरेका छांै । सात वटै वडा कार्यालय व्यवस्थित ढङ्गले चलेका छन यहि  जिल्ला भित्र कतिपय वडा कार्यालय अहिले सम्म व्यवस्था बनाउन सकेको छैन । कर्मचारी दरबन्दी पनि मैले आफ्नै पहलमा प्रयाप्त बनाएको छु । सात वटा वडामा सात वटै वडा सचिव हुनुहुन्छ । कार्यालयको लागि कर्मचारी को अभाव छैन । दैलेख जिल्लाको अरु स्थानीय तहको तुलनामा भन्नु पर्दा भैरवि गाउँपालिका कर्मचारीको संख्या अलि बढि भएकोले काम गर्दा सहज भएको छ ।
भैरवि गाउँपालिका वडा नं.७ ब्याउँलीका जनताले विद्युत बक्ति बाल्न कहिले सम्म पाउँलान ?
अब त्यसको लागि बढिमा दुई वर्ष  सके पछि ढेड वर्षमा पनि प¥याउला नसके भने दुई वर्ष मेन लाईन अनिवार्य पु¥याउनु पर्छ । अहिले को तार्गेट भनेको सडक र बक्ति खानेपानी र शिक्षा स्वास्थ्य यति कुरालाई पहिलो प्राथमिकता   राखेर काम गर्ने यो भन्दा साना साना काम त हुँदै गर्दछन् । विद्युतिकरण भयो भने जनताले गाउँगाउँमा उज्यालो मात्र बाल्न पाउने हैन कि इमेल, इन्टरनेट, कम्प्यूटर देखि लिएर सम्पूर्ण कुराको सुविधा पाउँछ । बत्ति भनेको जिवनको अभिन्न अंग भयो । बत्ति पनि बिस्तार गर्न हामी ध्यान पुर्वक लागिरहेका छौ ।
भैरवी गाउँपालिका मूख्य समस्या के हुन ? कस्ता चुनौतीहरु आएका छन । कर्मचारी दरबन्दिको समस्या कस्तो छ ?
हामीले जेजति राखेका कर्मचारी छन ति करारमा राखेका छौं लोक सेवा आयोगका साथिहरु थोरै हुनु हुन्छ । राज्यले केन्द्र सरकारले नै कर्मचारी व्यवस्थापन गर्दियो  भने हामीलाई तल तल सम्म काम गर्न सजिलो होला भनेर बाटो  हेरिरहेका छौं । अबको पाँच छ महिना भित्र कर्मचारी पठाउने अहिलेका सामान्य प्रशासन मन्त्रि लाल बाबु पन्डितले हामी पठाउँछौं गाउँगाउँमा भनेर बेला बेलामा सार्वजनिक मिडियामा अभिव्यक्ति दिनुभएको छ । यदि  त्यसरी कर्मचारीहरु आए भने हामी सबैलाई सहज होला ।
तपाईको कार्यकाल सकिने बेला सम्म भैरवी गाउँपालिकाको अवस्था कस्तो बनाउने योजना छ ?
मेरो कार्यकाल सकिने बेला सम्म म यो सडक जो उत्तर दक्षिण तिब्बत को नाक्चे नाग्ला जोड्ने महत्वपूर्ण प्रादेशिक सडकलाई कालिकोट    पानतडी भन्ने ठाउँमा लिएर कर्णाली जोड्ने छु । सात वटै वडामा बत्ति विद्युतिकरणको धेरै काम गर्छु । म  घर घरमा त भन्न सक्दैन सातै वटा वडालाई छुने गरी विद्युतिकरणको  व्यवस्था गर्छु । यो वाँच वर्षको अवधिमा पाँच वटा स्वास्थ्य  संस्था लाई व्यवस्थित गरिन्छ । नयाँ पुराना तिन वटा गरी  आठ वटा स्वास्थ्य संस्था हुन्छन । प्रत्येक वडामा एउटा स्वास्थ्य संस्था हुन्छ । विद्यालय को पनि गाउँ शिक्षा समिति गठन भईसकेको छ  । शिक्षाका पेशागत शिक्षा गुणस्तर बनाउन सकिन्छ ।  शिक्षा र स्वास्थ्य भनेको पहिलो  कुरा हो त्यो नभए अरु गर्न  सकिदैन । शिक्षामा पनि हामीले बढिनै ध्यान दिएका छौं । शिक्षा क्षेत्रमा विगत भन्दा धेरै परिवर्तन गरेर यो काम पूरा गर्छौ ।
पुर्वधार विकास धेरै गर्छौ भन्नु भयो ? पूर्वधार विकास संगै सामाजिक विकासमा तपाईले कतिको ध्यान दिनु भएको छ ? 
चेतनाको मुल काममा गाउँ पालिकाले बिशेष ध्यान पु¥याएको छ । त्यसै अनुरुप हामीले अन्तरपार्टी महिला सञ्जाल गठन गरिसकेका छौं किन भने सामाजमा महिलाहरुको जनसंख्या धेरै छ । र पुरुषहरुको जनसंख्या थोरै छ नेपालको सन्र्दभमा संख्यात्मक हिसाबले पुरुष भन्दा महिला बढिछन चेतना स्तर  शसक्तिकरण गर्न सकिएन भने समाज र मुलुक अगाडी बदैन भन्ने आम मान्यता हो । भैरवी गाउँपालिकाले पूर्वधार विकास संगै  सामाजिक विकास तर्फ पनि उत्तिकै चासो देखाएका छौं । अन्तर पार्टी महिला सञ्जाल वडा  वडा मा पनि यो गठन भएका छ । महिलाको चेतना विकासका तालिमका लागि गाउँपालिकाबाट सात वटा वडाहरुमा पचास हजारका दरले छुट्याएका छांै । भैरवि गाउँपालिकाका ४४ वटै विद्यालयमा विद्यार्थीलाई चेतना विकासका लागि काम गरिरहेका छौं । वडा अध्यक्षको नेतृत्वमा प्रत्येक वडामा शसक्तिकरणका कामहरु भैरहेका छन । जब सम्म हामीले जन शक्ति र समाजलाई सचेत पार्दैनौ त्यो  भौतिक विकास गरेर मात्रै टिकाउ      हुदैन । त्यसकारण सामाजिक पाटोलाई पनि हामीले ससक्त्त ढङ्गले अगाडी लिएका छौ । हाम्रो भैरवि गाउँपालिकाको मुल मान्यता भनेको        जव सम्म चेतना  स्तर  अगाडी बढाउन सकिदैन अरु  कुनै पनि काम गर्न सकिदैन । भन्ने छ र त्यो चेतना बढाउनु पर्छ भन्नेमा हामी हमेशा        लागि परेका  छांै ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार