२०७४ साल असोज १७ गतेको दिनलाई महत्वपूर्ण दिनको रुपमा सवैले बुझ्ने अवसर बनाउन अँझै धेरै कसरत गर्नुपर्ने बाँकी नै छ भनेर अहिले एकथरि नेता तथा कार्यकर्ताहरु चर्चा गरिरहेका छन् भने अर्कोथरी अव कुनै हातलमा एकता तोडिनेवाला छैन् भनेर पनि बिश्लेषण गरिरहेका छन् । सन्र्दभ हो एमाले माओवादी एकताको गत वर्षको असोज १७ लाई यो वर्ष र अहिले तत्कालिन एमाले भित्रै र माओवादी भित्रै देखिएका भिन्न बैचारिक बहसले पूर्णता नपाएको एकता तोडिन्छ कि भनेर आँकडा काट्नेहरु पनि धेरै देखिएका छन् । भित्र भित्र सत्ताको मोह पलाएको हुनसक्छ तर बाहिर भन्न नसकेर घुमाउरो पाराले सत्ताको डोरी सम्हाल्ने उद्देश्य पनि वर्तमान शिर्ष नेतृत्वमा देखिएको हो कि भन्ने पनि आँकलन अहिले गर्न थालिएको छ ।
खैर पछिल्ला दिनहरुमा प्रधानमन्त्रीको बिदेश भ्रमण, प्रचण्ड र माधव नेपालका पनि बिभिन्न भ्रमणहरु र भ्रमण पछि काठमाण्डौंमा आएर शिर्ष नेताहरुले दिएका केही अभिव्यक्तिहरुले सामान्य असमझदारी भएको हो कि भान जनमानसमा पर्न गाएको छ । प्रतिपक्षिहरुले यसलाई राम्रो प्रचारको माध्याम बनाएका छन् । यस्ता विषयहरुलाई निकै गम्भिरताका साथ मनन गरेर छलफल र बहस गरेर शिर्ष नेताहरुले टुँगोमा पु¥याउनुपर्ने बारेमा एकथरिले सुझाव दिन सुरु गरेका छन् ।
मुलुकको परिवर्तन मात्र हैन् विकासको मुख्य जिम्मेवारी बोकेको वर्तमान सरकार पार्टी एकताभित्रका केही असमझदारीहरुका कारण रुमलिनु हुँदैन यस्ता बिषयहरु भन्दा सरकारले बिशेष गरेर दिगो विकास, सुशासन र पारर्दीता अभियानमा ठोस कुरा अगाडी बढाउँदै आर्थिक संम्बृद्धिमा लाग्नुपर्ने देखिन्छ ।








