
चामुण्डाविन्द्रासैनी नगरपालिकाको चौँथो नगर सभा उद्घाटन भएको छ । विहिबार जम्बुकाँधमा एक समारोहका बीच नगर–प्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा सभाको उद्घाटन भएको हो ।
सभामा चामुण्डाविन्द्रासैनी नगरपालिका विद्येयक समितिका संयोजक वीरबहादुर शाहीले नयाँ ऐन र नगरपालिकाले अघिल्लो सभामा बनाएका ऐनहरु संशोधनका लागि पेश गरेका थिए ।
उनले चामुण्डाविन्द्रासैनी नगरपालिको ंसंशोधित विनियोजन ऐन र चामुण्डाविन्द्रासैनी नगरपालिको ंसंशोधितआर्थिक ऐन पेश गर्नु पेश गरेका थिए । पेश भएका विद्येयक छलफल र अध्ययन गर्न यही चैत्र १७ गतेसम्मका लागि सभा स्थगित भएको नगर–प्रमुख शाहीले जानकारी दिए ।









