मर्यादित परीक्षा संचालन गर्ने केन्द्राअध्यक्षलाई १० हजार पुरस्कार


आईतवारबाट सुरु भएको एसइइ परीक्षालाई मर्यादित र शान्त रुपमा संचालन गर्ने केन्द्रा अध्यक्षलाई पुरस्कारको घोषणा गरिएको छ ।
पहिलो दिन अंग्रेजी बिषयको परीक्षा अनुगमनका क्रममा शिक्षा विकास तथा समन्वय इकाईका दैलेखका प्रमुख खगेन्द्र मल्लले परीक्षा अवधीभर परीक्षालाई मर्यादित र ब्यबस्थित रुपमा संचालन गर्ने केन्द्राअध्यक्षलाई पुरस्कार दिने घोषणा गरेको हुन । जिल्लामा रहेका २४ वटा परीक्षा केन्द्र मध्ये सबै भन्दा राम्रो र ब्यबस्थित र मर्यादित परीक्षा संचलान गर्ने केन्द्रअध्यक्षलाई रु १० हजार पुरस्कार दिने बताए । जिल्ला शिक्षा समतिले मापदण्ड निर्माण गरेर सफल केन्द्रअध्यक्ष छनोट गरेर पुरस्कार दिने उनले बताए ।


एसइई परीक्षामा दैलेख जिल्लामा ५ हजार ३ सय परीक्षार्थी नियमित तर्फ २ हजार ३ सय ७४ जना छात्र र २ हजार ९ सय १९ छात्रा गरी ५ हजार १ सय ९३ जना परिक्षामा समाबेश भएका छन भने नियमित तर्फ १ सय ५८ जना छात्र र २०६ जना छात्रा अनुपस्थित रहेको शिक्षा बिकास तथा समन्वय इकाईका दैलेखका प्रमुख खगेन्द्र मल्लले बताए । उनले ग्रेड बृद्धि तर्फ ७ सय २३ जना मध्ये ४ सय ९० जनाले परिक्षा दिएका छन । जिल्लाभर रहेका परीक्षा केन्द्रमा सम्बन्धित बिषयको शिक्षक परीक्षा केन्द्रमा पाइएमा कार्वाही समेत गर्ने हुदाँ कसैले पनि सम्बन्धित बिषयको शिक्षक नराख्न निर्देशन समेत दिएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार