दैलेखका ११ तहमा गत वर्षकै ६ करोड बेरुजुअसुल गर्नेतर्फ स्थानीय सरकार मौन

दैलेखका स्थानीय तहमा आर्थिक वर्ष २०७४÷०७५ मा देखिएको ६ करोड बेरुजु उठाउने तर्फ ध्यानै नदिएका स्थानीय सरकारलाई यो वर्ष पनि करोडौं बेरुजु थपिने भएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार गतवर्षको ६ करोड बेरुजु देखिएको हो । बिभिन्न ११ वटा तहहरुमा देखिएको ६ करोड बरुजु मध्ये करिव ८५ लाख रकम असुल गर्नुपर्ने देखिएको छ । करिव ४ करोड ७५ लाख नियमित गर्नुपर्ने देखिएको छ भने ४२ लाख रकम पेश्कि गएको देखिएको छ । तत्कालिन समयमा गाउँविकास समितिमार्फत सरेर आएको बेरुजु असुल गर्न पत्रचार गरेको भएपनि अहिलेसम्म जवाफ फिर्ता नआएको कर्मचारीले बताए ।
११ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु नारायण नगरपालिका दैलेखमा देखिएको छ । १ करोड ७८ लाख ५९ हजार बेरुजु मध्ये ७ लाख असुल गर्नुपर्ने १ करोड ५४ लाख नियमित गर्नुपर्ने र १७ लाख पेश्कि देखिएको छ । नारायण नगरपालिका २०५४ सालमा घोषणा गरिएको भएपनि अहिलेसम्म नगरपालिकाले आन्तरिक सुशासन कायम गर्न नसकेको प्रतिवेदनले देखाएको छ ।
असुल गर्नुपर्ने बेरुजुमा सवैभन्दा धेरै दुल्लू नगरपालिकामा देखिएको छ । दुल्लू नगरपालिकामा देखिएको ६४ लाख ३० हजार बेरुजु मध्ये २५ लाख १७ हजार असुल गर्नुपर्ने देखिएको छ । नियमित गर्नुपर्ने ३९ लाख रहेको छ ।
४ वटा नगरपालिका र ७ गाउँपालिका रहेको दैलेखमा चामुण्डा बिन्द्रासैनी नगरपालिकामा २८ लाख ५३ हजार बेरुजु छ । ३ लाख ६९ हजार असुल, २१ लख ६७ हजार नियमित र ३ लाख १७ पेश्कि देखिएको छ ।
सबैभन्दा बढी पेश्कि असुल गर्नुपर्ने नगरपालिकाको रुपमा रहेको आठवीस नगरपालिकामा ३२ लाख ६८ हजार बेरुजु देखिएको छ । ४ लाख ७४ हजार असुल १८ लाख नियमित र १० लाख पेश्कि असुल गर्नुपर्ने देखिएको छ ।
७ वटा गाउँपालिका मध्ये सबैभन्दा धेरै बेरुजु महावु गाउँपालिकामा देखिएको छ । ७० लाख ४६ हजार बेरुजु मध्ये ७ लाख ८४ हजार असुल गर्नुपर्ने छ । नियमित तर्फ ६१ लख ३७ हजार देखिएको छ । पेश्कि १ लाख ४ हजार रहेको छ । सबैभन्दा धेरै पेश्कि असुल गर्नुपर्ने गुराँस गाउँपालिकामा ५० लाख २८ हजार बेरुजु देखिएको छ । २ लाख ४३ हजार असुल, ४२ लाख १५ हजार नियमित र ५ लाख ७० हजार पेश्कि देखिएको छ ।
सवैभन्दा धेरै असुल गर्नुपर्ने गाउँपालिकाको रुपमा रहेको भवतिमाई गाउँपालिकामा ६६ लाख ३५ हजार बेरुजु देखिएको छ । १५ लाख ३४ हजार असुल, ४८ लाख ५१ ह्जार नियमित र २ लाख ५० हजार पेश्कि देखिएको छ ।
त्यसैगरी डुङ्गेश्वर गा.पा. १८ लाख ३९ हजार बेरुजुमा ३ लाख २३ हजार असुल, १५ लाख १६ हजार नियमित गर्नुपर्ने छ । नौमूले गा.पा.मा ३० लाख २० हजार बेरुजुमा ३ लाख ४९ हजार असुल, २६ लाख ७१ हजार नियमित गर्नुपर्ने देखिएको छ ।
भैरवी गा.पा.मा २७ लाख ८३ हजार बेरुजु छ जसमा ४ लाख २९ हजार असुल, २३ लाख ५४ हजार नियमित गर्नुपर्ने छ । ठाटीकाँध गा.पा.मा ३३ लाख ६७ हजार बेरुजु मध्ये ७ लाख असुल गर्नुपैर्ने देखिएको छ । २४ लाख ६२ हजार नियमित छ भने २ लाख ४ हजार पेश्कि देखिएको छ ।
यो बर्षको महालेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन समेत स्थानीय सरकारको हातमा परिसकेको छ । यो बर्ष दैलेखका ११ वटा स्थानीय तहमध्ये एउटा स्थानीय तहमा न्यूनतम ३ देखि ४ करोड सम्म बेरुजु आउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार