खुल्ला सिमानाका कारण खाद्यान्न धान, गहँु भारतमा गई महंगोमा नेपालीले पाउने

स्वस्थ स्वास्थ्य दृघ जीवन
जिउन जिउने शैली खानपान
बुझेर खाउ जिवन बरदान

हरिया सागपात पहेला फलफुल
गुण स्तरिय खाद्यान्न प्रमाणिक
सरकारले गर्छ दिन्छ अनुदान
खाद्यान्नको गुणस्तर जानि
उपभोग गर्न सिकौ तिथि मिती चेक जाँच गरि

समान किन्न सिकौ जथा भावि चिल्लो चाप्लो मात्रा राख्न सिकौ ।
अर्गानिक खाना फलफूल खाने बानि गरौ

दृर्घ जीवन उच्च विचार सधै उडान भरौ

मासुले त मासु बठाउँछ अरु केनैछ र

प्राणिा मारी रगत पिउने बानि अन्त गरौ
हजुर सरकार सचेत रहि आफ्नो देशका जनताको लागि भरण पोषणको जवाफ देहिता भित्र रहि गुण स्तर चेक जाँच गरेर जनता स्वस्थ रहुन भन्ने हेतुले आमाको भूमिका निभाउन निरन्तर लागि परेको हुन्छ । लाग्ने दायित्व होर लाग्नुपर्दछ । सरकारको जिम्मा रहेका संघ संस्थानहरुमा गुणस्तर चेक जाच गर्ने फुडटेक्नीसियन कर्मचारीहरु विज्ञहरु राखिएका हुन्छन र तिनै विज्ञहरुले धान, गहु, मकै, दलहन र तेलहन बस्तुहरु कति म्वाईस्चर सम्म खरिद हुने कति सम्मको खरिद गर्दा बढि टिकाउन सक्ने र खरिदै गर्न न सक्ने नम्स भित्र नपरेका खाद्यान्न हरु खरिदै हुन नसक्ने हुन्छन । जस्तो धान खरिद गर्दा दांगि धान अथवा वढि चिस्यान भएका खाद्य वस्तुहरु खरिद गर्दा दिर्घकालिन एंवम टिकाउ हुन नसक्ने भएका कारण खरिद प्रक्रिया भित्र पर्दैनन् अथवा त्यस्ता खाद्य वस्तुहरुलाई सरकारले खरि गर्दैन यस अर्थमा किसानहरु सरकारी काटामा खाद्यन्न दिदैनन र प्राईभेट सेक्टरमा खाद्यान्न विक्रि वितरण गर्ने गर्दछन सरासर हेर्दा कृषकलाई प्राईभेट सेक्बटरमा खाद्यान्न विक्रि गर्दा दुई रुपैयाँ फाइदाको लोभले सरकारलाई अथवा सरकारी निकायलाई दिन मानेन् तर यस्को दृर्घकालीन असर के पर्न जान्छ त ? यो समाजमा आउन नसक्दा यो दृर्घकालीन असर के पर्न जान्छ त ? यो समाजमा आउन नसक्दा फाइदा मुखि भयो ? यि दृर्घकालिन फाइदा नवुझ्दा प्रसोधित भई पालिस लागि चिट्क्कि भएका थौलोमा प्याकिङ्ग भई आउदा शरीरमा पार्ने असर सम्बन्धमा जानकारी नहुँदा झट्ट सरकारी कार्यालय भन्दा बजारमा खरिद गर्नुपर्दा लाइन लाग्नु परेन पैसा दियो समान लग्यो तर ग्रेडीङ्ग नगरिएका खाद्यान्नले मेरो पेटमा के असर परेको छ यो चिन्ने कुरै भएन यसैले जानि राख्ने पर्ने विषय के हो भन्ने चामल बन्दा बढि पालीस लगाएर सफैद देखाइएको हुन्छ तर ब्रानको मात्रा एक हँुदैन त्यस्मा हुने फ्राईवर तत्व उडेर गएको हुन्छ र डाइजेशन पाउर कम हुन गई आन्द्रा भुडि पेटको रोगले ग्रस्त हुन गई स्वास्थ्य उपचारको खर्च तर्फ धकेलिन्छ र सिक्नलाई कुरा नसिकि अर्थ आर्जनको ध्यानले अस्वस्थ हुन पुग्दछ । यसै गरि गहुँ पिस्ने कुराको सवालमा जति मसिनो पिठो छ त्यति नै शरिरको लागि लाभ दायक रहन सक्दैन किन त भन्दा त्यस्मा भएको प्रोटिन पाईने तत्व नष्ट हुन गएको हुन्छ ।
हामी अवश्येमेव खानको लागि बाच्छौ बाच्नको लागि खान्छौ तर आन्द्रा फुट्ने गरि भोजन गर्दा शरिर बलियो हुने होइन शरिर त शरिरलाई प्रति दिन कति क्यालोरी खाना चाहिने हो त्यति नै प्रयोग गर्दा स्वस्थ हुन हो त्यसकालागि कावोहाइडे«ट जन्य खानाले मात्र पुग्दैन प्रोटीन युक्त खानाले मात्र पुग्दैन । खानामा कार्वाेहाइडे«ट प्रोटीन युक्त र साग सव्जि र फलफूल दुध दहि महि र शरिरलाई चाहिने मात्रा दिनको ५,६ गिलास पानी रोटी दाल भात सबै मात्रा अनुसार खाने बानि बसाल्यौ र खानाको व्यालेन्स मिलाई खायौ भन्ने रोग प्रति रोधात्मक शक्ति बढेर जाने र दृर्घ जिवी बनाउन सक्ने खाना नै शुद्ध शाकाहारी भोजन हो र जस्ले सात्वयिक विचारको निर्माण गरेर समाजमा सत्य विचार दिई स्वस्थ शरिर स्वस्थ विचार, स्वस्थ समाजको निर्माण गरि समाज र देश उभो लाग्न सकोस मासु जन्य र भक्षा–भक्ष खानाले मासु प्राणाबाट जनावरबाट पशु पंक्षिबाट आउने चिज हो र प्राणिमा अवश्यमेव एकन एक प्रकारको रोग अवश्यमेव हुन्छ र मानवमा अनेक प्रकारका रोग नभित्रीएलान भन्न सकिदैन मासु संगै मा.प.से. गरि मदहोस भई समाजै निखण्डन को दिशातर्फ उन्मुुख भई समाजै विग्रेला नभन्न सकिदैन अर्को खानाका परिकारहरु कोदो, मकै, गहुँ, चामल, फापर, आलु, चिनो, कागुनो, मादुरो, भटमास, मास, गुराउस, गहत, अरहर, सिमी, बोडि मानौ अन्य सबै साग सव्जीका परिकार खाने वानीको विकास हुने हो भन्ने मानिस रोगीको सुचिमा पर्दै पदैन किनत भन्दा प्रकृतिले हामीलाई खानेकुरा र औषधी जन्य जडी बुटिमा यस्तो सन्तुलन दिएको छ कि प्रकृतिको वरदान सावित छ यिनै खानाको प्रकार मिलाई खादा यिनै खाना सागपात फलपूmल र दहि दुध भित्र यस्तो शक्ति छ चिनिको मात्रा घटीबढी नहुने, मुटु रोगी नहुने क्यानसर रोगी नहुने अथवा अस्वस्थ कहिले नहुने खानाका साथै व्यायाममा नियमित्ता दिने हो भने मानव स्वस्थ रहि रहन्छ त्यसैले सर्वप्रथम खाने वानिका कुरा गरांै हाम्रो छिमेकि मुलुक भारतमा रोटी, सलाद, दाल, मज्जाले खायो जरासा एक क्वाटर चामल दिजियेगा भनेर थोरै मात्रामा भात खान्छन र काम गर्न पनि सिपालु छन ।
दृर्घ जिवी छन र विश्वका मुलुहरुको दाजोमा आएका छन हाम्रो मुलुकका मानवहरु आन्द्रा फुट्ने गरि भात हसुर्छन र काम काज केहि छैन अल्छी भतुवा बानी भएर दिन भर बजारमा गयो रक्सी र मासु घिच्यौ साझ घरमा आयो स्वास्नी कुट्यो घर परिवार र समाजको दिमाग भुट्यो दृर्घ जिवनको धागो टुट्यो जन्म्यो म¥यो जन्मा जन्ममा परिरहयो र भातको नाम साह्ै मिठो छ भुजा ज्यूनार भयो कि भएन शरिरको लागि पालिस लगाएर मिलमा बनाईएका बासमति चामलको भुजा ज्युनार गर्दा कन्सपेक्सन भई लिभर समेत डेमेज हुन सक्ने कुरालाई ध्यान नदिई हाम्रा जिजु वाजैले मकैको चाक्ला, आटो ढिडो पिडो, दुध दहि साग सव्जी ध्यू प्रयोग गरि परिकार बनाएर खाना खादा १०५ वर्ष सम्म जिवन्त रहि स्वस्थ शरिर र स्वस्थ विचार दृघ जीवन अव्वल काम अघि सारेर गए पनि त भुल्नु भएन यसैले तेस्रो मुलुकले दिएको प्राङ्गारीक मल विउ विजन जो माटोलाई अम्लीए पनमा बदली उर्ववर शक्ति हराएर तेस्रो मुलुकको प्रयोग शाला बनि राखेको छ यसको अन्त गरि अर्गानिक मल, उन्नत विउ विजन र स्वच्छ साग तरकारि उव्जाई आफ्नो राष्ट्र र जनताको आत्म निर्भरताको बाटो अवलम्बन गर्न देशमा नितान्तजरुरी छ अर्कोकुरा देशमा भएको उपज खुल्ला सिमा नाका कारण नेपाली लोभिहरुले पैसाको प्रलोभनमा भारतमा विक्रि गर्ने र प्रशस्त कलकारखानाको देशमा प्रशोधन भई केमिकल जन्य प्रदार्थहरु जस्तै मैदा पिठो चामलमा पालीस लागि मोटो चामल पनि मिलको सवालमा प्रशोधनको सवालमा बासमति भै जाने अवस्था रहने जाने हँुदा आधुनिक कृषि प्रणालीमा जनताहरुलाई तालिम सम्पन्न गराई स्वस्थ र स्वस्थताको ज्ञान दिलाइ खाद्यान्न खुल्ला सिमानबाट तेस्रो मुलुक सम्म पुग्ने स्थिति बन्द गरि हाम्रो देशलाई कृषिमा फलफुलमा, साग तरकारीमा, आत्म निर्भर तर्फ यहि सालको बजेटले उन्मुख गरोस र जनताको फुडहेविट सम्बन्धि ज्ञान प्राप्त गर्ने वजेट होस र जनतामा प्रचार प्रसार होस भन्ने हेतुले यो पक्तीकार दुइ शब्द प्रस्तुत गर्न चाहन्छ । खुल्ला सिमानाका कारण औषधी जन्य जडीबुटी काठ सबै भारत जाने र हामीले तेब्बर महंगो खरिद गर्नु पर्ने स्थिति तर्फ पनि सरकारको ध्यान जान नितान्त आवश्यक छ हामी खानामा जति मोटो प्रदार्थ आटो, ढिडो, पिडो, मकै, गहँु, फापर, जौं, आलु, सागसव्जी मिलाएर खान्छौ भन्ने ति पदार्थमा भएका फ्राइवर तत्व अथवा भिटामिन युक्त तत्व नष्ट हुन नजाने र ताजा डेट इक्सपाईरेष नभएका खान पाईने जिवन दृर्घ रहन सकने कुरालाई अन्यथा नलिई ग्रहण गरौ गराउ र महगोमा किन्नका लागि कच्चा पर्दाथ अथवा खाद्य जन्य वस्तुहरु तेस्रो मुलुकमा जान बाट रोकि यि विषयमा जनचेतना फैलाउने अभियान थालौ देशमा विकास गरौ विकास गरि सके पछि समबृद्धिका नारा अघि सारांै ।
सत्यम्ः शिवम्ः सुन्दरम्ः जय मालिक ।
लेखक
रण बहादुर ऐरी
कार्यालय प्रमुख
नेपाल खाद्य संस्थान
शाखा,दैलेख

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार