क्रिकेट रंगसाला भत्काउनु विकास विरोधी सल्वलाएको

रण बहादुर ऐरीकुन जन्मको पाप लाग्यो हाम्रो नेपालमा
शनिदेव न्यायदेउ भन्छिन नेपाल आमा
विकास हुँदा पाप रुन्छ विनास हुँदा हाँस्छ
इज्जद लुट्दा नेपाल आमा अस्मीता नै मास्छ
हो हजुर यस्तै भयो चितवनको भरतपुरमा धु्रमस सुन्तली फाउडेसनबाट निर्मित क्रिकेट रंगसाला निर्माण भइ सक्दा प्रधानमन्त्री भिमसेन थापा, अमर थापा, लखन थापा, विरभद्र थापा जस्ले यो देशमा परिवर्तन गरि जनताको हक हितमा काम गर्न खोज्दा इतिहासै मेटाउन प्रयास हुन जान्छन यी सत्यताको प्रमाण लुकाई अन्यायको इतिहास स्वैत इतिहास ठान्नेहरु जुन युगमा पनि हावी हुन चाहन्छन त्यसैले नेपाललाई सतिले श्रापेको देश भन्नुमा अत्ययुक्ति छैन यसैले मैले भन्ने गर्दछु एक झुण्ड दलाल भूमाफिया माफिया, उन चोर देखि सुन चोर, विचौलीया दलाल र गुण्डा शब्द भुलि नसक्ने गरि हावि हुन पुगेको छ नेपालमा अहिले युग पनि चरम कलि युगमा परिणत छ जो १८ हजार पुराना ग्रन्थहरुमा हामीले पाउदछांै चरम कलिमा चरम पाप बढ्ने छ ।
लुटपाट, हत्या हिंसा र बलत्कार अराजकताको पराकस्टाले समय सिमा नाध्ने छ र म २४ औँ औवतार कलंकी रुपमा पृथ्वीमा अवतरित भई पापको नष्ट गर्नेछु धर्मको उजागर हुनेछ भनेर भगवान श्रीकृष्णबाट बाणी दिएको पाइन्छ भई राखेको पनि त्यसै छ चरम कलिमा पापिहरुको संख्या ९५ प्रतिशत र धर्ममा लाग्नेको संख्या ५ प्रतिशत मात्र छ । जस्मा २.५ प्रतिशत मध्य वर्गी जो धर्मसनातन र इज्जतको लागि ज्यान र संसार गुमाउन विवस छन ति व्यक्तिको सतले नै संसार टिकि रहेको छ । २.५ प्रतिशत अति गरिव र निमुखा विपन्न वर्गका मानिस गास, बास र कपासको पर्खाइमा रात दिन शोक ग्रस्त, रोग ग्रस्त, भोक ग्रस्त छन यी मानव समस्या ग्रस्तमै जिउन विवस छन हुन त अंहिसा परमो धर्म हाम्रो बौद्ध निति हो तर ता पनि वाले न्याय वागिए पछि निपातको पनि त के दोष छ र भने झैँ २०७६ सालमा नेपालको ठुलै दशा रहेको छ की सायद कुन जन्मको दवाईएको धर्म माथिको पाप ७६ सालमा नेपालमा शनिको साढे साति दशा गरिव निमुखा विपन्न वर्ग र देशमा केहि गरेर देखाउने भने माथि आई लागेको छ ।
हत्या, हिंसा, बलत्कार, हावा हुरी बाढि पैरोले देश थिल थिलो अवस्थामा पुगि सक्यो तराईमा हावाले ४७ जनाको ज्यान गयो पुर्वमा एकै घरका ९ जनाको हत्या भयो सुदुर पश्चिमा निर्मला हत्या काण्ड भयो दैलेखमा असिनाले समुल बाली नालि नष्ट ग¥यो यो सवकलि कालमा चरम बढेको पापको पराकष्टा र शनि देवको साढे साती दशाले नै अन्यायको पराकष्टा भित्र नेपाल फंसीरहेको अवश्य मेव बुझिइन्छ यो संकेत देशका लागि अवश्यमेव न्याय मुलक सन्देश होइन र हुन पनि सक्दैन किनत भन्दा शुद्ध शान्त पवित्र नेपाल देशको पवित्र भूमिमा अपविपताको विजा रोपण हुन अवश्य मेव दुख्दाई घटनाको रुपमा लिन सकिन्छ उल्लेखित घटना क्रमहरुलाई २२ आंै शताव्दीको सुरुवातमा १२ आंै शताव्दीको आभाष भई राखेको नेपाली समाजमा चरम हत्या, हिंसा, बलत्कार र अन्यायको स्थिति श्रृजना भई राख्नु हाम्रो देश माथि धर्म सनातन भुषभेषा, रहन सहन, खानपिन, र समाजलाई नष्ट भ्रष्ट गराई कोही कसैले अस्तित्व जमाउन खोज्नु र कसैको देशमाथि आक्रमण गर्नु छ । भने धर्म संस्कार रहन सहन खान पान र संस्कार नष्ट भ्रष्ट्र गराई आफ्नो प्रभुत्व जमाउनु दुश्मनको लागि फलदायि हुनु हो यही घटना दिना न दिन नेपालमा घट्दै आई राखेका छन र घटी राखेका छन जसरी संगित इश्वको चरित्र हो संगित इश्वरको विश्वास हो संगित इश्वरको धरोहर हो संगित इश्वरको आत्मा हो जहा हामी पुनः हामी जिवन जिउनु सिकि राखेका हुन्छांै । त्यसै प्रकार प्रेम गर्नु गंगोत्री हो एंवम पतिपावनी गंगाजल हो जस्को हामी मापन गर्न सक्दैनौ जो इश्वरको रचेको अचम्मको श्रृष्टी हो जहाँ हामी अति शुन्दर शरीरलाई आफ्नो शुन्दर मुहुर्त रुपमा सम्झी राखेका छांै जुन पिजरालाई मेरो देहका रुपमा अगांली राखेका छौं जुन देह सुगा नभए पिजराको के आवश्यक भने झै सावित छ । आत्मा उड्यो भने पिजराबाट सुगा उडयो सुगा उड्यो भने पिजा खाली छ त्यहि शरीर पञ्च भौतिक तत्वले निर्मित छ र पञ्च भौतिक तत्वमै मिलेर जान्छ यी नैतिक शिक्षको पाठ पढाउन नेपालमा जरुरी भैसक्यो यो शरीर भगवानले पाप कर्मका लागि मात्र दिएको होइन मनुश्य जीवन त आत्मा र परात्मा चिन्न सक्ने अविछिन्न धरोहरको मुहुर्त रुप हो यसको सजावट भनेको मनुष्य यौनीबाट मुक्त भई भगवानमै लिन हुन आत्मा सँग परिचित हुनु हो यो सिक्न नेपालको धर्तिमा जरुरी भई सक्यो हामी पवित्र धर्तिका अपवित्र मानव कुन कारणले सिद्ध हुन गई राखेका छौं । यो जान्न जरुरी भई सक्यो हाम्रा अपवित्र विचार संस्कार र न्यायले हामी अराजकताको दिशा तर्फ धकेलिन पुग्दैछौं हाम्रो देशको खान पान रहन सहन भेषभुषामा विदेशीको नक्कल र नेपालको अकलले जरा गाडी सकयो कृषि प्रधान देशमा हामी परनिरभर भयौ संसाधनमा हामी जिरो भयो सत विचारमा हामी परनिभर भयौ शिक्षामा हामी ओखा शिक्षाको सिकार भयौ आचार विचार नैतिकता भोजनले गनिने चिज भएका कारण हामी जंगफुडको सिकार भयौ काम मा हामी ठगि खाने भयौ नीति र योजनामा हामी पौराणिक युगकमा छांै भने हामीले केगर्नुपर्छ के गर्नु हँुदैन के गर्नु हुँदैन हाम्रो बुद्धि विवेक भित्र उव्जन सक्दैन शिक्षामा हामी भिखमागा प्रणालीमा छौं ज्ञान धनमा हामीले आत्मा र परात्मा चिन्दैनौ ९५ प्रतिशत दलाल गुण्डा चोर छिनार ठग र नाता बाद कृपावादबाट अन्यायको सिकार ५ प्रतिशत जनता कलिको अन्त्य नभई सक्दा सम्म पीडित भई राख्दछन पृष्ट भूमि अलि लम्बीए जस्तो नलागोस सतर असतको व्याख्या गर्दा आकास हो कि पाताल भने जस्तो लाग्नु स्वभाविकै हुन्छ यसै प्रशंग र सन्धर्व संग जोडिइएको घटना हो ध्रुमस सुन्तली फाउडेसनबाट निर्मित भरतपुर चितवन रंगशालाको ध्रुमुस सुन्तली फाउडेसनले विदेश धर्तिमा खुन पसिना चुहाई आर्जेको पैसा र आफ्नो बलबुत्ताले आर्जेको पसिनाको कमाईले चितवनमा निर्मित क्रिकेट रंगशाला सुन चोर उन चोर विचौलीया कमिसन खोर दाल गुण्डा चोर चकार माफिया भुमाफिया कमिसन खोरले आर्जेको व्यक्तिगत सम्पत्तिबाट त अवश्य निर्माण भएको छैन जुन ध्रुमसका आँखाबाट आँशु खसेका छन त्यो त भगवानको यज्ञमा धर्मको आहुतीमा लागेका छन किनत भन्दा परोप काराय पुण्दायः पापाय परि पिडन्ः उहाहरुले भुकम्प पिडीतलाई घर बनायर दिए आवास दिए गास दिए कपास दिए होन हार युवा युवति जो राष्ट्रका गहना हुन क्रिकेट रंगशाला दिए युवाको मन मष्तिषक भित्रको आत्मा र परात्माको आधारशिला बने जुन भिमशेन थापाको पाला देखि सतिको श्राप पर्दै आईराखेको यो देशमा भलो गर्नेको भलो नहोस भन्ने इतिहास छ त्यहि उहा माथि लागू हुन गएको छ उहाँले संगित र कला जाने को छ संगितमा विस्वास गरेको छ परमेश्वरको आत्मा भित्र जिवन जिउन सिकेको छ प्रेम गर्नु गंगोत्री हो भने जस्तै पतित पावनी गंगाको जस्तै निर्मली करण को प्यार गर्न सिकेको छ त्यसैले उहाँले भूकम्प पिडितलाई गास,बास र कपासको सक्दो व्यवस्था गरे देशकै नमूना क्रिकेट रंगशाला बनाए यो नेपाली धर्म सनातन आचार विचार र नैतिकताको लागि दिए न बादरले आफ्नो घर बनाउछ न अर्काको हुन दिन्छ भनेझै ध्रुमुसलाई जुन विकास विरोधी, भ्रष्ट्राचारी, अन्याय, तस्कर भूमाफिया माफिया गुण्डा दलाल अविकेकी राक्षहरुले क्रिकेट रंगशाला भत्काएर विश्वको इतिहासमा नेपाल आमालाई कंलकित तुत्याउन खोजेको छ यी आत्याचारीहरु शनिको न्याय प्रणाली भित्र अवश्य आउने छन र यी आत्यचारीहरुलाई सरकारले मृत्यु दण्डको सजाय दिन पनि अलिकम हुन्छ मृत्युत मट्टिको शरिर हुने हो पापि आत्मालाई पनि हिरा मोति तरासे जस्तो तरास्नु जरुरी छ यिनीहरुलाई कानुनको कटघरा भित्र नल्याए नेपाल आको अस्मिता र असतित्व माथि ठूलो प्रभाव पर्नेछ र देश अराजकतातर्फ धकेलिइ रहनेछ सरकारले यी पापिष्टहरुलाई देशद्रोही अत्याचारी अन्याईको सूचिमा राखि अविलम्व कार्यवाहि गरि देश विदेशमा रहेका युवा युवतीलाई छिटो भन्दा छिटो कानुनी राज्यको सन्देश दिनु जरुरी छ यसरी विकास विरोधी यो पवित्र देशमा सल्वलाई राख्ने हो भने नेपाल सधै अफगान जस्तो आतंंंककारीको सूचिमा रहि रहने छ र अत्याचारी अविवेकी भुमाफिया माफिया दलाल गुण्डा सुनचोर उनु चोर हत्यारा हिंसा बलत्कारी र तस्करी भ्रष्ट्रचारीको पन्जाबाट देश ले निकास पाउने छैन र देशको स्थिति हरि विजोग हुनेछ त्यसै कारण ध्रुमुसले चुहायका सत्यताका आसु हिरा र मोतिमा परिणत हुन आवश्यक छ जुन आँशु नेपाल आमाको यज्ञमा आहुतिको रुपमा छन र कलिको अन्त हुने क्रममा सतको विजारोपणले विराजमान छन र जुन फण्ड विदेशमा खुन पसिना चुहाई श्रम गरि राखेका विपन्न वर्गका जनताका छोरा छोरीको माझ ध्रुमुस सुन्तली गएर खडा भएको फण्ड हो योत भूमाफिया माफिया सुन चोर उन चोर तस्कर भ्रष्ट्रचारीबाट आएको सम्पन्तीले बनेको होइन यो गंगोत्री प्रेमको निसानीको कमाईबाट आर्जेको सम्पत्तिले बनेको होइन यो तपश्चया हो तपश्चर्या नै रहनेछ ध्रुमुसले भाषण गर्दा खसेका आँशु होइनन हिरार मोति हुन यसैले कलिकालका राक्षेशको अन्त्य भगवान शनिले गर्ने छन् ऊ नमेः गवते बशुदेवायः
लेखक
रण बहादुर ऐरी
कार्यालय प्रमुख
नेपाल खाद्य संस्थान
शाखा दैलेख

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार