महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारको काम र अधिकारबारे अभिमुखीकरण


साउन ५, दैलेख
दैलेखको भगवतीमाई गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई अधिकार र पैरवीको बारेमा अभिमुखिकरण सुरु गरिएको छ । भगवतीमाई गाउँपालिकाका ७ वटै वडाबाट निर्वाचित महिला जनप्रतिधिहरुलाई वडा सरकारको काम कर्तव्य अधिकार, गाउँपालिका सरकारको काम कर्तव्य, संविधानमा उल्लेख गरिएका मौलिक हक अधिकार, महिला र दलित समुदायको सशक्तिकरणका बारेमा प्रशिक्षण दिनका लागि तालिमको सुरुवात गरिएको हो ।
तालिम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले गाउँमै सिंहदरवार आएको कुराको अनुभूति गराउने र जनतालाई बिकासको पहुँचमा पु¥याउने पहिलो जिम्मेवारी निर्वाचित जनप्रतिनिधिहरुको रहेको बताउँदै हरेक कामहरुको अनुगमन, गरेर प्रभावकारी काम संचालन गर्न सुझाव दिएका छन् । कानुन, नियम, अधिकार र पैरवीका बारेमा जनप्रतिनिधिहरु आफै सक्षम नभएसम्म विकासमा समस्या हुने थापाले बताए ।
जनप्रतिनिधिहरुले प्रभावकारी काम गरेपछि मात्रै संघीयताको संस्थागत बिकास हुने भएकोले महिलाहरुले आफ्नो अधिकारका बारेमा अँझै सशक्त भएर काम गर्नुपर्ने सुझाव भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष चन्द्रा रेग्मीले दिएकी छन् ।
सजग परियोजना अन्तरगत हेल्भेटास दैलेखको आर्थिक सहयोग र गाउँपालिकाको सहजिकरणमा तालिम सुरु गरिएको हो । दुई दिनको तालिममा महिलाहरुका अधिकार, पैरवी, वडामा बिकास सहजता, योजना छनौट प्रक्रिया, संविधानमा उल्लेख गरिएका मौलिक हक र अधिकारको कुराहरु लगायतको बारेमा तालिम प्रदान गरिने सजग परियोजना दैलेख संयोजक सिल्पा कुँवरले जानारी दिएकी छन् । तालिमको सहजिकरण बिष्णु शर्मा र दुर्गा लम्सालले गरेका छन् ।
सहभागित महिला जनप्रतिनिधिहरुले जनताको भावना अनुसार बिकासका कामहरुमा सक्रिय सहभागिता अभिबृद्धि गर्ने काममा आफुहरु लगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार