चुहिने छानोमा प्रसूती


साउन १४, दैलेख
प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रको भवनका ३ कोठामा शनिबार ३ जना सुत्केरी भए । राती देखि आएका सुत्केरी महिलाको उपचारमा प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रकी सिनियएर अनमी मञ्जु नेगी खटिएकी थिईन । सुत्केरीका आफन्त घरी एकले बोलाउने घरी अर्कोले । कार्यलयमा न अन्य कर्मचारी न सहयोगी थिए । उनी एक्लै ५ जना सुत्केरीको उपचार गराईरहेकी थिईन । एक्कासी ठूलो झरि प¥यो उनलाई सुत्केरी महिलाको उपचार संगै चुहिने छानोबाट सुत्केरीलाई बचाउन हम्मे परेको थियो पानी जहाँ चुहिदैन त्यतै बेड सार्दै थिइन । दुखेसो पोखीन भवनको हालत यस्तो छ सेवा दिन समेत समस्या छ । प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा गर्न थालेको ११ वर्ष भयो आएदेखि नै भवन जुन अवस्थामा थियो त्यही छ कुनै परिवर्तन भएको छैन उनले भनिन यही चुहिने छनोमा सुत्केरी गराउन बाध्य छौं ।
प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्र स्थापना भएको २४ वर्ष भयो । निर्माण कार्य सम्पन्न नहुँदै जिल्ला अस्पताल दैलेखले रकम भुक्तानी गरेको कारण दैलेखको पश्चिमक्षत्रेका तत्कालीन १३ गाबिसका सर्बसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले २०५९ साल असोज देखी निर्माण थालएिको भवन प्राविधिक र ठेकेदारको मिलेमतोमा काम सम्पन्न नहुँदै भुक्तानी लिएपछि अलपत्र परेको भवनमा नै प्राथमिक स्वास्थ्य केन्द्र राखेर स्वास्थ्य सेवा दिइरहेको गाउँपालिका स्वास्थ्य इन्र्जाच मञ्जु नेगीले बताए । ७० लाख २५ हजार ३ सय ३९ रुपैयाँ लागतमा दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने बोलपत्र मार्फत किसान कन्स्ट्रक्सन प्रा.लि. दैलेखले जिम्मेवारी पाएको थियो । संरचना निर्माण भएपछि भवन भित्रको आन्तरिक काम सम्पन्न हुन नसकेका कारण भवन अलपत्र परेको स्थानीय रक्षा बहादुर शाहीले बताए । उनले ठेकेदार ललितजंग शाहीले भवन निर्माणमा लगाएको ज्याला नदिएपछि भवन निर्माण रोकिएर हस्तान्तरण हुन नसेकाके उनले बताए ।
२०६३ साल असार ३० सम्पूर्ण काम सकिएको प्रतिवेदन पेश गरि ठेकेदारर शाहीले रकम भुक्तानी लिइसकेको जिल्ला अस्पताल दैलेखले जानएको छ । तत्कालीन जिल्ला स्वास्थ्य कार्यालयले ठेकेदारलाई रकम भुक्तानी दिएको थाहा पाएपछि भवन निर्माण कार्य सम्पन्न नभएको भन्दै स्थानीय २ जनाले २०६५ असारमा जिल्ला प्रशासन कार्यलय दैलेखमा उजुरी दिएका थिए । प्रमुख जिल्ला अधिकारी र ठेकेदार र स्थानीय बीच छलफल भएपछि तीन दिन भित्र ठेकेदारले ज्याला दिलाउने र अन्य काम गर्ने सहमति भएपछि ठेकेदार फर्केर नआएको स्थानीयको भनाई रहेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्ने एक्ला डाक्टर
दैलेख पश्चिम क्षेत्रका १३ गाबिसका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको २३ वर्ष पछि डाक्टर विकास शाहा हाजिर भए । डाक्टर आएपछि दुर्गमका नागरिकले स्वास्थ्य सेवा पाउने अपेक्षा गरेपनि आवश्यक भौतिक पूर्वधार र सामग्री नभएको कारण अलपत्र परेको प्राथमिक स्वास्थ्य केन्द्रलाई डाक्टर विकास शाहाले आफ्नो पाउने पारिश्रमिकबाट एक लाख ५ हजार गाउँपालिकाका अध्यक्ष ८५ हजार लगानी गरेर बस्न सक्ने समेत बनाए । गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले भने यो क्षेत्रका जनताको लागि डाक्टर विकास शाहा भगवान हो जसले आज भित्र बस्न सक्ने सम्म बनाएर जाने । गोठ जस्तो थियो तत्कालीन ठकेदारले खर्चडबाट बालुवा गिट्टी बोकाएर भवन निर्माण गर्ने गरेका थिए । खर्चड मालिकले आफुले ढुवानी गरेको ज्याला नदिएपछि खर्चड बान्ने थलो बनाएका थिए । भवनको झ्याल थिएन , खाल्डै खाल्डा त्यो देखेर डा बिकाश शाहाले आफ्नो पारिश्रमिक खर्च गरेर भवन बस्ने सम्म बनाएको स्थानीयको भनाई छ ।
पुनःनिर्माण गर्न
अख्तियार बाधक
प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र र चुहिने देखेपनि आफुहरुले केही गर्न नसकेको गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले बताए । उनले भवनमा आउदा हेर्दा आफैलाई धिक्कार लाग्छ गाउँपालिकाबाट योजना बनाएर भवन पुनःनिर्माण गर्न सकन्न्छि भवन अख्तिारयारमा परेको छ ।
अख्तियारमा भएपछि कुनै काम गर्न नसक्ने भएका कारण पनि चुहीने छानोबाट स्थानीयले स्वास्थ्य सेवा लिन बाध्य भएको उनले बताए । जनताको स्वास्थ्य जस्तो सम्बेदनशिल कुरामा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छिटो अनुसन्धान गरि फैसला हुनुपर्ने हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी झन भ्रष्ट भएका कारण अहिले सम्म कुनै निर्णण भएको आरोप लागाए । आफुले अहिले अख्तियारमा कति पटक धाए थाहा छैन अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त सम्म कुरा गर्दा समेत कुनै सुनुवाई नभएको उनको भनाईछ । गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र होईन १५ सैयाको अस्पताल स्वीकृत भएको छ ।
गाउँपालिकाले निर्णय गरेर मन्त्रालयमा पठाएपछि अस्पताल स्वीकृत भएपछि प्राथमिक स्वास्थ्य केन्द्रको लफडाका कारण कहा बनाउने अन्यन्त्र जग्गा छैन । गाउँपालिका अप्ठेरोमा परेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार