
रण बहारदुर ऐरी
योजना त बगर मै छनके गर्नु र मैले
आकाश हेरी खेती गर्नुु जिवन भरि मैले
समयमै वर्षाहुँदा उहिले अन्न फल्थ्यो
हात मुख जोर्न चुल्लो पनि समयमै बल्थ्यो
फास्ट फुडको जमानामा सिचाईको के खाचो
योजना बगर मै रहे के गर्नु तिमै्र हातमा साचो
पंन्चायत देखि गणतन्त्र सम्म योजना अधुरो
के फल्छ र यो देशमा आयात पूरा पुरै
भाषण फल्यो विकासको मुलफुटाउने
वितरण मुखि बजेटले ऐना फुटाउने
के गरौ र किसान हौं खेत बाजौ रइगयो
जिवन धान्न कलि कालमा मुस्कील भै गयो
भाषणको बजारले आकाश छुन थाल्यौ
ठुल ठुला परिवर्तन गरि कृर्र्षि कार्य ढाल्यो
गरि खाने योजना सधै बस्छन वगर मै
नदिनाला बगिकन मिल्छन सागर मै
अनाजको भण्डार नेपाल कागजको पानामा
नुडुल्सले बजार पायो आज नेपालमा
हजुर कहिले मेघ आउला र रोपाई गरौला भनि आलि कान्ला ठिक्क पारी आकासतिर हेर्दा हेर्दै थाकि सकेका दैलेखबासि जनताका आँखा कलीजन वर्णनको सत्यता भोगि राखेको छन १८ हजार पुराना ग्रन्थ हरुमा उल्लेख गरिएको छ वर्षाकाल हो ओइन ठिक समयमा पाक्यैन फल फुल रति भनेर वर्णन गरिएकोछ त्यै नियतिको सिकार हुन पुगेका दैलेख बासि जनताको भाग्य पद्धति बनि रहेको छ दैलेख यस्तो जिल्लाका रुपमा चिनिइन्छ कि यस जिल्लाको जैविक विविधताले मनै लोभ्याउछ आँप यहि फल्छ मेवा यहि फल्छ साल यहि जन्मेको छ बाज बुराउस र कटोजले पनि यहि जन्म लिएकोछ मकै कोदो फापर यहि फल्छ जडिवुटि र तिथै तिर्थले स्थलले भरि पुर्ण जिल्ला पनि यो नै हो जहा पञ्चकोशि तिर्थ अवस्थित छ जहा डुङ्गेश्वर महादेव यहि छन ।
महावु शिव यहि छन राइली तिर्पानी वडिमालीका मालिका र विन्ध्यावासिन यहिछन पाँच भाई पाण्डवले बनाएका पञ्चलेवm यहि छन किर्ति खम्व यहि छन दुल्लु दरवार भनेर चिनीइने दैलेख विकासमा भने ओझेलमा परेको देखिन्छ जो तिर्थ स्थल जल जंगलले भरिपूर्ण जिल्ला हो त्यो जिल्लाका किसानको आकासे खेति हर हर महादेव पानि देउ भने अवस्थामा दैनिय अवस्थाको देखिई राखेको छ । जहाँ लोहोरे खोला बगेको छ । रावतकोटमा नदि वगेको छ । बडाखोला खोलाकै रुपमा वगिराखेकोछ किसान भने आलि काल्ना गरि आकाश तिर हेरी राखेका छन । जहा सिचाइ कार्यालयका अनुसार रावतकोट सिचाई योजना सम्पन्न भइ जनताले पानि पाएको देखिन्छ भने कासुली आवत सिचाई पोखरी संचालनमा छ । भने ठेकेदार विष्णुु रिजालका पाला देखि गिता चौर सिचाई योजना अन्दाजी आ.व.०३४÷३५ देखि लगभग ४०–४५ वर्षसम्म आई पुग्दा पनि योजनामा सिमिति रहन पुगेको जन भनाई छ । यहा काम गर्नकामदारहरु मजदुरी नपाई ठेकेदारहरुबाट ठगिन पुगेकोजन गुनासो समेत रहि आएकोछ दशकौ योजनाहरु लथालंग भताभङ्गको अवस्थामा कछुवा गतिमा अघि बढनेहो र जनताको आखा आकास तर्फ पानि पर्ला खेती गरौला तर्फ हेरी रहने हो यो त योजना कार र विधातालाई नै अवगत होला निमुखा विपन्न वर्गकाजनतालाई यी कुरा कहाबाट पत्ता लाग्न सकोस र विचरा भवगवान हरहर महादेवले पानि दिएखेति गर्ने छु नभए नुडल्स छदै छ । भन्ने सोझा साझा जनतालाई हामी नेपालका विपन्न वर्गका जनता हरहर महादेव र योजना कारहरुलाई के विन्ती विसाउन चाहन्छौं । भने महादेव श्रृष्टी चलाउनुछ भनेसमयमै वर्षा देउ का का कुलको स्थिति नगराउ योजनाकार ज्यु विकास साच्चिकै नियतले चलाउने हेक्का राखेको भए योजना अवधि भित्रनै योजना सम्पन्न गराउ अन्याथा योजना पनि त आकासको फल आखा तरिमर भने जस्तै त हो नि निति निर्माता विधाता कानुन न्याय निस्कंलकित बनाउ विकास तोकेकै समयमा सम्पन्न गर अन्यथा तपाईलाई गृहमेघि मृग माया शनिको न्याय प्रणालीले तपाइका जन्म जन्मान्तरका भावी शन्ततीले जनताका छोरा छोरीका आत्मा सग परात्माको नाताको सम्बन्ध टुटाई अन्नको दाना नउव्जीन नेपाल बनाई तपाई कंगांल राष्ट्रका निति निर्माता र कंगाली योजनाको भिकारी दर्जाको पापको प्रयाश्चित गर्न अवश्यलगाउने छन श्रोत छदा छदैका भिखारी जनता बनाउन कुनै विधि सम्वत होइन विधिको विधान कार्यापालीका न्याय पालिका व्यवस्थापिका निस्कलंकित र स्वच्छ छ । राज्यका सवै अंग स्वस्फुत संचालनमा आउछन र जनता नभए तपाइ कस माथि राज्य संन्चालनगर्ने हो अलि हेक्का राख्ने प्रणालीको विकास हुन पनि त जरुरी छ पन्चायत काल देखि गणतन्त्र आइसक्दा समेत योजना सम्पन्न नभई जनताले आकास हेरि रोपाईगर्ने बाध्य हुने हुन यो सवालको जवाफ राज्यले जनतालाई कुनबेला कसरी रकहा बाट दिने हो यो जवाफ पाउन जनता आतुर छन । र दैलेख बासी जनता आकासे खेतिबाट फलाएको धान बाट ओखलमा मुसलले कुटेको चामलको नासो हालका स्थानीय सरकार प्रादेशिक सरकारर संघ सरकारमा स्थानिय (लोकल) वालिको नासो चढाउन चाहन्छन नेपालीजनता दैलेख बासि जनता उराठ लाग्दो जीवन उद्धेक लाग्दो नेपाल बनाई कृषि प्रणालीमा विदेशको रकम कहाँ कहाँ लगानी गरिएको छ जनता देख्न चाहछन । र राज्यको उन्ततितिर समुन्ति र सम्बृद्धिमा हातेमालो गर्न आतुर छन जनता योजना आयोजना जनताका योजना आयोजनाहरु कति वर्षमा कति बजेटबाट लागु भए कति वर्षमा सम्पन्न हुन्छन र कतिजनता योजनाबाट लावानित भए भने बुझ्न सम्पूण योजना लागू र सम्पन्न हुन जनसहभागिता विना एकल काटे योजनाहरु आकासे कित्तामा जान नदिन व्यापक जन सहभागिता विना योजना काटछाट र सम्पन्न गर्न कानुन निर्माण हुन जनता माग गर्दछन कि जस्मा विचौलिया माफिया तस्कर र नाताबाद कृपावाद स्वार्थ वाद र कलुसित विचारले विकास कागजमा नभइ फिल्डमा भएर गरिव निमुखा र विपन्न वर्गले खेतिगर्न आकास तर्फ हेन नपरोस यहि विन्ती हामी जनता हर हर महादेव निति निर्माता र योजनाकार संग आजका मितिमा प्रस्तुत गर्न चाहन्छौैं । दैलेख वासि जनताले धान पाकि सक्ने बेला आई सक्दा समेत २५ प्रतिशत रोपाई गर्न बाकि रहेको नियति भोग्नु परेको अवस्था विधमान रही आएको छ । कृषिप्रधान देश नेपालका जनता उपकरण मल विउर प्रार्याप्त सिचाइकोअभाव र नियत बसका योजना आयोजनाहरुको समयमा सम्पन्न नहुदाको पिडाले आजित भईसकेका छन र वर्षमा करोडौन करोडको खाद्यन्न साग तरकारीमर मसला भित्राउने खेलको दर्शक बनि राखेका छन यसमा विधि विधान र विधाताको ध्यान जानु नितान्त आवश्यकछ किनत भन्दा हाम्रा खान पान रहन सहन भेष भुषा शिक्षा रोजगार पर निरभरता तर्फ धकिलीइ नेपालको जन जिवन अफगानी जन जिवनमा परिणरत हुन सक्छ अन्तमा पन्चकोषि तिर्थ स्थलका धामिक पयर्टय स्थल हरु गौरवका योजनामा आउन कृर्षहरुले सिचाई कुलो र खाने पानि विद्युत टेलीफोन सेवासहज उपभोग गर्न पाउन धार्मिक भक्तजनहरु तिर्थ स्थल दर्शन गरि ईश्वरको मार्ग अवलम्वन गर्न पाउन शक्ति पिठहरु गया मथुरा हरि द्धार र वद्री केदार नाथको भुमिकामा आउन र नेपाल अन्न फल फुल अदुवा अलैचि र जल श्रोतमा अग्र पंक्तीमा आउन सक्न पंचायत काल देखि हाल सम्म योजना सम्पन्न हुन नसक्दाको पिडा दैलेख वासि देश वासि कोहि जनताले भोग्क नपरोस र आत्मनिभर हुने योजना विकसित प्रणालीको अध्ययनमा नेपालको मति पलावस र जनता वाढि पैरो पिडित भूकम्प पिडित सिचाई मल विउविजन पिडित नभएर स्वरोजगारका अप्सन सिर्जना होेउन नेपाल र नेपाली आमाको सिर सगरमाथा सदैव अटल रहि रहोसर सावीकको रावटकोट गा.वि.स.का गिताचौर सिचाई योजनाहरु सम्पन्न भई दैलेख बासी रावतकोट बासि गिताचौर वासिको जनजिवनमा अन्न फल फुल साग तरकारी प्रयाप्त मात्रामा फलाई पन्चकोशी क्षेत्रको नाउले अगाडि बढीर होस र नीति निर्माता न्याय कर्मि पेशा व्यवसायी योजनाकार विधि विधता सवैले पंचकोशीको आशिवार्द लिई नै रहुन भन्ने कामना व्यक्त गर्दै पन्चकोशी साँची नमन गर्दै म लेखक समेतका जनता सिचाई कार्याल्यलाई समेत पंचकोशीको आशिवार्द र जनताको मन मष्तिकमा रहि रावतकोट योजना सम्पन्न भए जस्तै गिताचौर सिचाई योजना समेत सम्पन्न गरि जनताको आखाको नानी बनी रहोस भन्दै जनताको आवज रोपाई गर्न आकास तिर हर हर महादेवको प्रार्थना गर्न विवस भएको कहाली लाग्दो अवस्थाम लेखक समेतका जनता राज्यका अंग अंगमा विकासका योजना कति वर्षमा सम्पन्न कति जनता योजना बाट लाभावानित कति आकास तिर हेर्न बाध्य पश्किदै विट मार्दछौं । ऊः विष्णुवेः नम्ः लेखक
रण बहादुर ऐरी
कार्यालय प्रमुख
नेपाल खाद्यान संस्था
शाखा, दैलेख







