
रण बहादुर एरी
ब्राहमणो जायेते सुद्रः–
जन्मिदात ब्राहमण सुद्र भई जन्मिछ ।
कर्मगर्दा बेद पढ्दा ज्ञानका रिचा लिइन्छ ।
बेदले नै ज्ञान उब्जायो सस्कार उब्जायो ।
ब्रहमाण भई सतकर्ममा लाग्न सुजायो ।
विभेदकारी छुवाछुतको जालो उखेल्नलाई
बेद चाहियो विचार चाहियो ज्ञान शिक्षा चाहियो ।
शिक्षा ज्ञान बिवेकले समाज निर्माण गरायो ।
आत्मा चिने ज्ञान दिदा छुवाछुत हट्छ ।
उन्नत शिक्षा अटल ज्ञानले छुवाछुत हट्छ ।
समाजमा ज्ञान र सिपले मानव काममा खट्छ ।
दैलेख जिल्लाका ना.न.पा वडा नं १० भवानीमा पानी भर्न जाने बेलामा दलित लक्षिमा सुनारलाई राजकुमारी न्यौपानेले हसिया प्रहार गर्दा जिल्ला प्रहरी कार्यलयमा केश डायर भएपछि राजकुमारी न्यौपाने फरार भएको र अदालति केश हुन गएकोमा प्रहरी अहोरात्र खटिई निज न्यौपानेको खोजमा लागेका घट्नाहरु प्रकाशनमा आई राखेका छन शिक्षाबाट कोषौदुर हँुदा अज्ञानताको पराकाष्टा नाध्दा व्याप्त बेरोजगारीले मानिसलाई खालि दिमाग सहितानका घर भन्न उक्तिमा परिणत गरिदिएको छ । मानव जन्म मरणको लागि मात्र जन्मेको होईन मानव आत्मा र परआत्मालाई चिनी चेतनशिल प्रणालीको हैसियतले ईश्वर भक्तिको मार्गमा लागि ज्ञान ज्योतिबाट ईश्वरत्वो प्राप्त गर्न सक्ने क्षमताको विकास गरि मनुस्य जन्मबाट ईस्वर बन्न जन्मेको हो नत्र कुकुर बिरालो पनि जन्मेका छन खान्छन सुत्त छन । मैथुन गर्छन उनिहरुमा बेदविचरण गर्ने शक्ति नभएकाले पशुयौनीमा छन । मानव सचेतन शिल ईस्वरको भक्ति गर्न सक्ने प्राणीहो नकि खान सुत्त नर मैथुन गर्नका लागि मात्र जन्मेको आफुलाई मानवले ठान्दछ । भने मानव पनि नर पशु कुकुर बिरालो हो चार खुट्टे नर पशु हो हामी ईकोसिस्टम भित्र श्रुष्टिमा जन्मिएका प्राणिहरु भाईचाराको हिसाबले जीवन जिउन सक्दैनौ हामी ईकोसिस्टम खलबलाउने हृदय जदलाउने कुकृत्य चलाउने नरपशुको अंसमा उभिई रहदा सम्म श्रृस्टिले हामीलाई सदा सरापेको मानिने छ र बिधिको विधानको पालना भएको मानिने छैन । संसार पिडैपिडाको संसार हो संसार र शरिर यस्तो तत्व हो पिजडामा सुगा छ सुगा उड्यो पिँजडा खालि शरिरमा आत्मा छ आत्मा उडयो शरिर जाली पनि मिथ्या छ मानवले यो बुझ्न जरुरी छ की मानवले बेद विचरण गर्न सक्छ ईश्वरको आराधना गर्न सक्छ र संसारमा कायापलट गर्न सक्छ जातले मात्र ठूलो बन्न सक्दैन मानव ठूलो त ज्ञान आचार विचार र संस्कार ज्ञानले मात्र ठूलोे बन्न सक्दछ जब मानवले समाजमा आत्मा र प्रत्मालाई राम्रो चिन्न सक्ने बेद विचार र संस्कार र आचरणको पालना गर्न सक्दछ । उसको अज्ञान र अन्धकारको नष्ट भई समाजमा दलित उच निच त कोहि छैन । अज्ञान रुपि अग्नि नै उच निच र समाजमा वर्गिकरण विभेदीकरण छुवाछुत र अन्धविश्वाका कुराहरु प्रकासनमा आईराख्दछन ब्रहमाण कुलमा जन्मिदैमा मानव ब्रहमाण यौनीमै रहन्छ । भन्ने होईन ब्रहमण त तव कहलिईन्छ जब उसले कर्म गर्दछ कर्मण्णे वाधीका रस्ते माफलेशु कदाचनम्रमा कर्मफल हेतुर्भमिते संगो स्वतो कर्मण्णी श्रीमद भागवत गितामा भनिएको छ भगवान श्रीकृष्णले योद्धा अर्जुनलाई शिक्षा दिईएको छ हे अर्जुन पृथ्वी स्थलमा अवतरण भएर जो आसा फलको नराखि कर्म गर्दछ यो पनि ७५प्रतिशत कर्म २५ प्रतिशत भाग्य हुन्छ जसले कर्म गर्दैन २५ प्रतिशत भाग्य पनि मेटिएर जान्छ भन्ने हामी पढन् पाउँछौं र यो नितान्त भक्ति मार्गको ठुलो पाठ र मानव यौनीबाट ईश्वरत्वो पाउने मार्गहो र बेद बिचार र संस्कारको मुल जडहो जो अध्ययन गर्दा अज्ञानताको नष्ट भई ज्ञानको ज्योति पुन्ज दिलाउने सतमार्गको मुल मन्त्र हो त्यसैले छुवाछुत जातजाति उच निच भन्ने शब्द आत्माले आत्मार पराआत्मा ज्ञान नहुदा कुरितिले जकडिएको अल्प वुद्धिको उपजमात्र जातिय विभेदि करणको ज्ञान हो यहि अज्ञानता बस घटेको छुवाछुत विरुद्धको काममा केहि समुहहरुले घटना मिनाउन केहि व्यक्तिबाट ठूलो प्रयास भयो दलित भएकै कारण छुवाछुत मुद्धा दमन गर्ने प्रयास भयो भन्ने समाचार छन । जब मानव जातिले पापको प्रायश्चित गरि माफि माग्दछ । र पापदोहरिन नदिन प्रायाश्चित गर्दछ । भने त्यस्ता व्यक्तिलाई शनिदेवले पनि क्षेमा याचना स्वीकार गरि समाज उन्मुख गराउन खोज्दछ हामी इकोसिस्टमाका मानव जाति समाजमा मिलेर बसि संसाकारका निरिह प्रणी र अशिक्षित अविकसित अल्पकालिन ज्ञानको दग्ध गर्न सक्दैनौ तब सम्म हामी कुकुर बिरालोको भुमिकामा बाँधिई रहन्छौ खान्छौ, सुत्तछौ, मैथुन गर्छांै जन्माजन्ममा परिनै रहन्छौं र हृदयमा ज्ञानको ज्योति आत्मा र परआत्मा एउटैको भुमिका निभाउन सक्दैनौ भने हामी नरपशुनै हौ यसैले समाजको सदभाव नखल्बलिने गरि हामीले बेद विचार संस्कार आचार नैतिकताको ज्ञान पुराण ग्रन्थ ,व्यवहार फिल्डमा उतार्न सक्दैनौ । तब सम्म हामी ब्रहमण कुलमा जन्मेर पनि श्रापित चन्डालको कर्ममा नै रहिरहन्छौ महाऋषिमुनीहरु पनि कुकर्म गर्दा चन्डाल भएका छन् । उदाहरणर्थ रावण ऋषि पुलत्यस्य जिका नाति हुन तर कर्ममा र साधनामा पोख्त हुँदाहुँदै पनि पृथ्वीमा कर्म फिल्डमा ल्याउन नसक्दा राक्षस यौनिमा जन्म लिएर मर्यादा पुरुष रामको तिखा वाणबाट जिवन त्याग गर्ने अवस्था आयो यदि ब्रहमण घरमा जन्मेका भएर मात्र कर्म नगरि ब्रहमण हुने भए रावण किन ब्रहमण हुनसकेनन त्यसैले अज्ञानको कालो बादल मुटु भित्र भढारिईदा आत्मसुद्धि चित्त शुद्धि नरहदा आजको गणतान्त्रिक अवस्था आईसक्दा समेत कानुन प्रयाप्त मात्रामा रहदा समेत हानि कुरितिको क्लेश सहन नसकि छुवाछुत प्रथा बालविवाह प्रथा छौपडी प्रथा कुरितिका सिकार हुन गईराखेका छौं । यसको अन्त्यका लागि तपश्चर्या साधना योग सतसंग धार्मिक ग्रन्थ देखि लिएर इकोसिस्टम र श्रृस्टिश्रृजनाको अभ्यासमा अभ्यस्त हुन सिक्न र बेदविचार मन्त्रबाट संकृतन बाटनै मानव जीवनको तारण हुन सक्दछ भन्ने समाजमा नैतिक बैदिक र साइन्टीकफिक शिक्षाका कलाश राखेर धर्म सनातन उन्मुख समाज बनाउन सक्दैनौ तब सम्म जस्तै कानुनु निमार्ण हुँदा पनि समाजमा अनैतिक अराजक र अपराधिक घट्ना घटिईनै रहन्छन । मन्त्रबाट नै महिला साधविबनेका छन । मन्त्रबाटनै मानव साधब बनेका छन । संसारका मुल जगमा नटेकी फैलिएका हागा पातले मात्र समाज निमार्ण हुन सक्दैन । जबसम्म रुखको जडमा पानि पर्दैन पात राखेको पानिको औचित्य छैन र रुख फस्टाउन सक्दैन । त्यसैगरि प्रायप्त कानुनले मात्र अपराध निराकरण गर्न सक्दैन । पापको निराकरण त ज्ञानले मात्र हुने हो जबसम्म मुटुमा इस्र्याको बिज रोपण भई मुटु धमिलिईरह्नछ तब सम्म समाजमा धर्म डुब्छ पाप बडछ र सामाजिक कुरितिको ब्रजश्व बडिनै रहन्छ यदि कानुन नै निमार्ण गर्नु छ । भने अज्ञानको दग्ध गर्ने बेद विचार आचार समेतको शिक्षाले धमिईदिएको मुटु निर्मलि करण गर्ने शिक्षा फैलाउ समाजमा नेपाल आमाले दिएको धर्तिको शिक्षा फैलाउ नेपालमा यहाँ उब्जेका बेद विचार र नैतिक शिक्षाको पाठ पढाउ नेपालमा ईष्र्याले ज्यान नगुमाउ अकालमा ईष्र्याले पाप नफैलाउ नेपालमा ईष्र्याले छुवाछुत नजन्माउ नेपालमा बालविवाह, छौपडि प्रथाको अन्त गराउ नेपालमा सतसंग र नैतिक शिक्षाको पाठ पढाउ नेपालमा अनितिको अन्त गरौनेपालमा सांसकारीक शिक्षाको पाठ पढाउ नेपालम जातिय वर्गिकरण विभेदि करण जातिय बर्र्गिए सांगठनिक दलगत गुटगत प्रथाबाट माथि उठि नेपाल आमा र हामी नेपाली जातिको लागि विकासको समृदिको बाटो पल्याउने शिक्षा दिउ नेपालमा जबसम्म अज्ञानको दग्ध हुने शिक्षा प्रणालीको थालनि हँुदैन नेपालमा तबसम्म कुरिति कुसंस्कार , कुअन्न, कुविचारले प्रर्शयपाई नै रहने छ । नेपालमा काममा व्यस्त बनाईदैन शिक्षामा अब्वल बनाईदैन नितिको खडेरि परिरहन्छ तबसम्म पाप विचारले प्रर्शय पाई समाजको कुरितिको दिशा तर्फ लम्कि रहनछ र अफगान, रुवान्डा , पेरुको जस्तो भयो बहस्थिति आउन सक्दछ नेपालमा त्यसैले पुलाका पुलाकानुन निमार्ण गरि खर्च गर्न भन्दा पुलाका पुलाब्ेद विचार र नैतिक शिक्षाको ज्ञान दिउँसमाजमा कृष्ण लिलामृत ज्ञान दिउ समाजमा प्राविधिक शिक्षा दिउ समाजमा सीपमुलक स्वरोजगार मुलक शिक्षा दिई कैदि बन्दिको कारगार बनाउन भन्दा पनि ज्ञान रुपि वैद्धिक शिक्षाको ज्ञानदिई छुवाछुत, छौपडि, मानव बेचबिखनका घट्नाको न्युनिकरण गराँै नेपालमा पापको पर्याश्चित गर्न पाईन्छ यो शनि देवको शतमार्ग हो ॐ शंशंनेश्चराय नम्ः गोविन्द गोपालाय
लेखक ः
रणबहादुरऐरी
कार्यलय प्रमुख
नेपाल खाद्य संस्थान, जिल्ला शाखा, दैलख







