
भाद्र ८, दैलेख
भैरवी गाउँपालिका वडा नम्बर ४ र ५ का किशोरीहरु महिनावारी भएको वेला प्रयोग गर्ने प्याड आफै निर्माण गर्न थालेका छन । सामाजिक सेवा केन्द्र सोसेक नेपाल, दैलेखद्धारा सञ्चालित आधार परियोजना मार्फत गठित युवा कचहरीमा आवद्ध सदस्यहरुले प्याड निर्माण गरि किशोरीले आफु र महिलाहरुले प्रयोग गर्दै आईरहेका छन भने अरुलाई प्रयोगका लागि सहज वातावरण श्रृजना गरिरहेका छन ।
किशोर किशोरीहरुलाई आत्मजागरण, सामाजिक जागरण, शिक्षा लगायतका बिषयमा सचेतना गराउदै आईरहेको आधार परियोजना अन्र्तगत युवा कचहरीमा आवद्ध रहेका सदस्यहरुलाई प्याड निर्माणका बारेमा सिकाईएको थियो । आफै प्याड निर्माण गर्न सक्ने भएपछि महिनावारी भएका बेला विद्यालयमा देखिने समस्या निराकरण हुनेमा ति किशोर किशोरीहरुको बिश्वास छ । किशोरीहरुले प्रयोग गर्ने प्याडमा किशोरहरुको सहभागि हुनु असाध्य नमुना योग्य काम भएको कुरा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम वहादुर वुढाले बताए ।
छाउपडि प्रथा लगायतका बिभिन्न सामाजिक कुप्रथा सहित सामाजिक जागरण मुलक क्रियाकलापहरुलाई तिब्रता दिने गाउँपालिकाको लक्ष्य भएको बताउदै उनले आगामी दिनमा यस्ता क्रियाकलपाहरुलाई प्रोत्साहनका लागी आफुहरु तयार रहक बताए ।
‘किशोर किशोरीहरुको सुरक्षा तथा हकहितका लागी हामिले पनि काम गरिरहेका छांै, झनै किशोर किशोरीहरुले गरेका यस्ता क्रियाकलापहरु उदाहरिणय काम हुन ।ु अध्यक्ष बुढाले भने ‘यसलाई निरन्तरता दिन आवश्यक छ ।ु प्याडको निर्माण पश्चात आफुले पनी प्रयोग गरेर सहज महशुष गर्न थालेको युवा कचहरीकि संयोजक अनिता बिश्वकर्माले बताईन ।
‘पहिले हामीलाई प्याडका बारेमा थाहा थिएन, नाम सुनेको भएपनी यो केहो ? के काममा प्रयोग हुन्छ भन्ने जानकारी नै थिएन ।ु अनिता थप्छिन ‘अहिले त हामी आफै बनाएर प्रयोग गर्ने भएका छौ ।ु समुहमा आवद्ध किशोरीहरुका लागि मात्र नभएर त्यस क्षेत्रमा रहेका किशोर किशोरीहरुलाई पनी प्याड प्रयोगका लागी आफुहरुले हौसला दिएको उनको भनाई छ । ‘बिगतमा प्याडको प्रयोग नगर्दा कसैले थाहा पाउछन कि भन्ने, लाज मान्ने गरिन्थ्योु उनले भनिन् ‘प्याडको प्रयोग हामै्र लागी त होनी, यसले हामीलाई नै सुरक्षित बनाउने हो ।ु
किशोरहरुको सहयोग
किशोरीलाई सहज ः
युवा कचहरीमा आवद्ध रहेका किशोरहरुले प्याड निर्माणका लागी किशोरीहरुलाई सहयोग गर्दै आएका छन । पूर्ण रुपमा नजानेका किशोरीहरुलाई बाँकी कुरा सिकाउने, प्रयोगका लागि अभिप्रेरित गर्ने लगायतका कामहरुमा पनि किशोरहरुले सहयोग गर्ने गर्दछन । शुरुमा प्याडको निर्माण गर्न सिकौँ भन्दा सदस्यहरुमा प्याड बनाउन सिकेर के हुन्छ र ? भन्ने सामान्य आनाकानी भएको भएपनी अहिले भने सबैको सक्रियता बढेको युवा कचहरीका कोषाअध्यक्ष कौशल बिकले बताए ।
शुरुमा समूह भित्रकै किशोरी साथीहरु हिच्किचाउनु हुन्थ्यो, लाज मानेको जस्तो गर्नुहुन्थ्यो, तर अहिले पनि त्यस्तो छैन । कचहरी मार्फत बालबिवाह, छाउपडी लगायतका सामाजिक कुप्रथाका बारेमा सचेतना फैलाउने काम समेत भईरहेको उनको भनाई छ । कचहरीमा किशोर किशोरीहरुले लैङ्गिक समानताका बिषयमा पनि छलफल गर्ने गर्दछन । किशोर किशोरीहरुले संयुक्त रुपमा यी क्रियाकलापहरु गर्दा उनिहरुले आफुहरुलाई झन खुल्ला महशुष गर्ने गरेको परियोेजनाकी सामाजिक परिचालक निर्मला नेपाली बताउ छिन ।
बनाउने,प्रयोग गर्ने र बचेको बिक्री ः
युवा कचहरीमा भएका किशोर किशोरीहरुलाई प्याड निर्माणका बारेमा जानकारी दिईसकेपछि उनिहरुले प्याड बनाएर आफु मात्र प्रयोग गर्ने नभएर बिक्री पनी शुरु गरेका छन । अहिले २ जनाले मात्र प्याड निर्माण गरेर बिक्री गर्ने गरेको भएपनी सबै सदस्यहरुले प्याड निर्माण गरेर अन्यन्त्र बिक्री बितरण गर्ने आफुहरुको योजना रहेको उनिहरुको भनाई रहेको छ । समुहमै आवद्ध किशोरी कृष्णा बिक आफ्नो फुर्सदका समयमा प्याड बनाउछिन र बिक्री पनी गर्छिन । ‘आफैले बनाएको प्याड आफै प्रयोग गर्छु बचेको प्याड नजिकका साथीहरुलाई बिक्री गर्ने गरेकी छुु ।
उनि थप्छिन ‘अझ धेरै बनाएर बिक्री गर्ने योजना छ, यसले फाईदा भएको छ । कृष्णा जस्तै प्याड बिक्रेता अर्कि सदस्य पार्वती थापाले पनी प्याड बिक्री गर्दै आएकि छिन । ‘पहिले महिनावारी हुदाँ प्याड प्रयोग गर्नुपर्छ भन्ने थाहा थिएन्न अहिले हामीलाई यसले निकै सजिलो बनाएको छ ।ु उनले भनिन ‘मेरो त सामान्य खर्च पनी यसैबाट चलेको छ, गाउँघर तिर भएका अरु साथी तथा महिलाहरुले खोजेर भएपनि किन्न थाल्नुभएको छ ।ु युवा कचहरी मार्फत जनचेतना तथा प्याड निर्माण गर्न थालेपछि सो क्षेत्रमा रहेका किशोर किशोरीहरुमा निकै परिवर्तन आएको छ । किशोर किशोरीहरु सयुक्त रुपमा सामाजिक समस्याका बारेमा नियमित छलफल समेत गर्दछन । अहिले युवा कचहरी कै कारण सो क्षेत्रमा रहेका अरु किशोर किशोरीहरु पनी थप संवेदनशिल भएको आधार परियोजनाकी सामाजिक परिचालक निर्मला नेपालीको भनाई छ । आगामी दिनमा आफुहरुले पनी उनिहरुको जनचेतना अभिबृद्धि गरेर सामाजिक रुपमा जनचेतना बृद्धि गर्ने आफुहरुको योजना रहेको समेत उन बताईन ।









