गाई हत्या प्रकरण गृहमन्त्रालयको छानवीन टोली दैलेखमा


भाद्र १९, दैलेख
सुर्खेतको कटुकामा भएको गाई हत्या प्रकरणको छानवीन गर्न गृह मन्त्रालय काठमाण्डौंको टोली दैलेख पुगेको छ । टोलिले दैलेखको शिरिस्थान पुगेर सोधपुछ गरेको छ । दैलेखको जिल्ला समन्वय समितिबाट टालीले सोधपुछ सँगै कागजात लिएको छ । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग फोनमार्फत कुराकानी गरेको टोलीका संयोजक सागरमणि पाठकले जानकारी दिएका छन् ।
गृह मन्त्रालय काठमाण्डौंबाट आएको टोलीमा सागरमणि पाठक संयोजक रहेका छन् उनिसँग अन्य ३ जनाको टोली दैलेख आएको हो । बुधवार साँझ दैलेख आएको टोलिले बिहिवार बिहान जिल्ला समन्वय समितिका संयोजक प्रेम थापा लगायत सँग छलफल गरेको थियो । शिरिस्थान मन्दिर पुगेर स्थलगत अध्ययन पछि टोली आजै सुर्खेत फिर्ता हुने कार्यक्रम रहेको छ ।
यसअघि नेपालगंजबाट पनि ७ जनाको छानवीन टोली दैलेख आई बिभिन्न निकायहरुसँग सोधपुछ गरिसकेको छ । जिल्ला समन्वय समिति दैलेखले दैलेखमा उन्नत गाई पठाईदिन भन्दै पठाएको आधिकारीक पत्रको बारेमा पनि अहिले भिन्न भिन्न बहसहरु सृजना भएका छन् । जिल्ला समन्व समितिले किसानहरुलाई निःशुल्क उन्नत गाई उपलब्ध हुने भए समन्वय गर्न तयार रहेको भन्दै भदौं ६ गते निर्णया गरेर भदौं ८ गते नेपालगंज उपमहानगरपालिकालाई पत्र पठाएको थियो । मन्त्रालयको टोलीले जिससले गरेको निर्णय प्रतिलिपि र पत्र लगायतका कागजात लगेको जिल्ला समन्वय समिति दैलेखले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार