असोज १७, दैलेख
बडादशंै तथा शुभदीपावलीको पूर्व सन्ध्यामा नारायण नगरपालिका वडा नं. को आयोजनामा बडा दशंैको शुभकामना आदान प्रदान तथा मैत्रिपूर्ण भलिवल आयोजना सम्पन्न भएको छ । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारा सहित संचालन भएको मैत्रिपूर्ण भलिवलको उपाधी नारायण नगरपालिका वडा नं. ५ को छातिकोटको समूहले हात पारेको छ ।
नरायण नगरपालिका वडा नं. १ को धुलपुर खेलमैदानमा आयोजना गरिएको कार्यक्रमा नारायण नगरपालिका वडा नं. १ गहतारि,धुलपुर ए र बि समूह र नारायण नगरपालिका वडा नं. ५ छातिकोटको टिम सहभागि भएको थियो ।
मैत्रिपूर्ण खेल तथा शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागि नारायण नगरपालिकाको उप प्रमुख शाबित्रि मल्लले “बडादशंै घरघरमा भित्रि सकेकाले शवै उपस्थित स्थानीयलाई दशै तथा दिपावलीको शुभकामना व्यक्त गर्दै वडा नं. १ द्धारा पछिल्ला दिनहरुमा संचालन गरेको कामहरु निकै महत्वपूर्ण भएको प्रसंशा गरे । चाहे जेष्ठ नागरिक सम्मान होस या भलिवल प्रतियोगिता दुवै कार्यक्रम सम्मान लाएक भएको बताए ।
वडा अध्यक्ष तिर्थ नारायण श्रेष्ठले शुभकामना दिदै आयोजनालाई सहयोग गर्नुहुने सवैलाई धन्यवाद ज्ञापन गरे । साथै “यसै महिनाको २८ गते जिल्ला स्तरीय व्यडमिन्टन प्रतियोगिता समेत आयोजना हुने भएकाले सोहि पुरस्कार वितरणको समारोहमा मैत्रिपूर्ण खेलको पुरस्कार पनि बितरण गरिने जानकारी दिए । यी सवै खेलका लागि वडाले एक लाख बढि बजेटको बिनियोजन गरको छ ।









