असोज १७, दैलेख
हिन्दुहरुको महान पर्व बडादशंैको उत्साह बढीरहेको छ । बडादशंैलाई सबैभन्दा महत्वपूर्ण चाडको रुपमा लिदै आएको हाम्रो नेपाली समाजले यसको सांस्कृतिक महत्वलाई जोगाउँदै सभ्य र भव्य रुपमा दशंै मनाउनुपर्ने आवश्यकता रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिएका छन् ।
दशंै नेपालीहरुको गौरव र इतिहास सँग जोडिएको छ । देश बिदेशमा रहेकाहरुको पारिवारीक मिलन हुने, ठूलाबडाहरुबाट टिका जमरा र आर्शिवाद लिने यो पर्वलाई जे जस्तो अवस्थामा हुनुहुन्छ । आफ्नो क्षमता अनुसार खुसीयालीका साथ मनाउन कटेलले सुझाव दिएका छन् । घर परिवारको भेटघाट हुने सन्चो बिसन्चो सोधपुछ हुने, आगामी दिनहरुमा कसरी आफ्ना कार्य प्रगतीहरु अगाडी बढाउने भनेर योजना बनाउने काममा दशंैलाई लिनुपर्ने देखिएको छ ।
व्यक्तिगत सरसफाई, खानपानमा बिचार गरेर दशैं मनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले आम नागरिकहरुलाई सुझाव दिएको छ ।
नेपाल र नेपालीहरुको अस्तित्वसँग यो पर्व जोडिएको छ । हाम्रा कला संस्कृतिहरु, रितिरिवाजहरु अहिले विश्वका मानिसहरु अध्ययन गर्न आउने गरेका छन् । यस्ता पर्वहरु भित्र रहेका कतिपय विकृतिहरुलाई, असमानताहरुलाई कानूनी रुपमा बन्देज गरिएका कुराहरुलाई निरुत्साहित गर्दै सकारात्म सोच र सकारात्मक भावले बिशेष पर्वहरु मनाउनुपर्ने देखिएको छ ।
पर्वकै नाममा हुने गतल कुराहरु त्याग्नुपर्ने बारेमा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय दैलेखले संयुक्त रुपमा अभियान समेत थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरीबहादुर ओलीले जानकारी दिएका छन् ।
आफ्नो क्षमता भन्दा धैरै अगाडी
बढेर गरिने फजुल खर्चहरुमा ध्यानदिनुपर्ने ओलीको सुझाव छ । आफ्ना नानीबावुहरुको सँग संगत गरेका छन्, कसको कोठामा गएका छन् कतै उनिहरु लागु औषधको प्रयोगमा लाग्ने तयारीमा त छैनन् यस्ता बिषयहरुमा आम अभिभावहरुले बेलैमा सचेत हुनुपर्ने र त्यस्तो अवस्था आएका आफ्ना नानीबावुहरुलाई हेला हैन मायाँको दृष्टिकोणले सकारात्मक कुराहरु सम्झाउँदै दुव्र्यसनिबाट बचाउनुपर्ने देखिएको छ ।
जुवातास, मदिरा सेवनलाई निरुत्साहित गर्दै सभ्य समाज निर्माणमा जुट्न दैलेखका बासिन्दाहरुलाई जिल्ला प्रहरी कार्यालय दैलेखले आग्रह गरेको छ । सवारी आगमनमा क्षमता भन्दा बढी यात्रुहरु बोक्ने काम यातायात व्यवसायिहरु रोक्न सुझाव सँगै दैलेख जिल्लाभर प्रहरीले अभियान थालेको ओलीले बताएका छन् ।
असत्य माथि सत्यको बिजय भएको पर्वको रुपमा बिजया दशमीलाई लिने भएकोले देश बिदेशमा गएका आफन्तहरु घरमा आउने मिठो मसिनो बाँडेर खाने, एक आपसमा मायाँ साट्ने, ठूलावडाहरुको हातवाट टिका आर्शिवाद थापेर हरेक व्यक्तिले आफ्नो जीवनको प्रगती गर्ने अवसरका रुपमा दशैलाई लिने भएकोले सभ्य नागरिकका हिसावले दशै मनाउनुपर्ने बिषयमा आम दैलेखका नागरिकहरुलाई सोच्नुपर्ने देखिएको छ । दशंैलाई खुसी साटासाट सँगै मुलुक बनाउने अभियानका रुपमा लिनुपर्ने सुझाव नागरिक समाजको रहेको छ ।
ऋण गरेर अर्काको देखासिकी भन्दा आफ्नो क्षमताले मात्रै चाडपर्व मनाउनुपर्ने र फजुल खर्च गरेर अरुलाई देखाउनु भन्दा आफ्नो क्षमतालाई बाहिर देखाउनुपर्ने बेला आएको छ ।









