दैलेख नेकपाले टुँगायो वडा तह सम्मको एकता ११ वटै स्थानीय तहका पदाधिकारीको संयुक्त सपथ

नेकपा दैलेखले वडा तहसम्म एकताको टुँगो लगाएको छ । केन्द्र र प्रदेश सभाको निर्वाचन समन्वय कमिटिको अध्यक्ष र सचिव, नगर तथा गाउँपालिकाका पार्टी पदाधिकारी, पालिका स्तरसम्मका इन्चार्ज–सहइन्चार्ज अध्यक्ष र सचिव सँगै दैलेखका ९० वटै वडाका इन्चार्ज, अध्यक्ष र सचिवको टुँगो एकमुष्ट लगाएको हो ।
पत्रकार सम्मेलन मार्फत सवै वडास्तर सम्मका व्यक्तिहरुको नामावली सार्वजनिक गर्दै पार्टी सचिव प्रेम कटुवालले पार्टीका नीति विधिअनुसार वडा तह निर्माण गरेर जनताको पक्षमा काम गर्न सुझाव दिएका छन् । निर्वाचन क्षेत्र नं. १ को अध्यक्ष तेजबहादुर चन्द, सचिव ललिता रेग्मी रहेका छन् क्षेत्र नं. २ को कुमार बिक्रम शाही अध्यक्ष सचिव उपेन्द्रकुमार रावत रहेका छन् ।
निर्वाचन क्षेत्र नं. १ क मा अध्यक्ष कर्णबहादुर ख्डका, सचिव पद्मा शाही, ख मा अध्यक्ष कर्णबहादुर चन्द, सचिव लिलबहादुर राम्जाली । निर्वाचन क्षेत्र नं. २ (क) मा अध्यक्ष गंगाराम दाहाल सचिव ऐनबहादुर कठायत (ख) मा अध्यक्ष बखत बहादुर भण्डारी र सचिव अमरबहादुर माझि रहेका छन् ।
नारायण नगर ईन्चार्जमा ताराकेशर धमला सह ईन्चार्ज तप्ताकुमारी थापा अध्यक्षमा लोमन शर्मा सचिवमा नन्दाराम रेग्मी रहेको छन् । नौमूले गाउँपालिकामा ईन्चार्ज भिमबहादुर गुरुगं सह ईन्चार्ज सन्तोष चन्द रहेका छन् अध्यक्षमा पदमबहादुर गिरी र सचिवमा शशिराम बि.क रहेका छन् । त्यस्तै ११ वटै स्थानीय तहमा पदाधिकारीहरुको टुँगो लागेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रको एकिकरण भएको करिव ढेड बर्ष पुगेको छ । ५ महिना अघि नेकपा दैलेखको ईन्चार्ज सहईन्चार्ज र पार्टी अध्यक्ष र सचिवको जिम्मेवारी पाएसँगै नेता तथा कार्यकर्ताहरुसँग बृहत छलफल र बहस संचालन गर्दै वडा तहसम्मको पार्टी एकता टुँगोमा पुगेको पार्टी अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिएका छन् ।
नेकपा दैलेखका सवैतहका नेता तथा कार्यकर्ताहरु सँग गम्भिर छलफल र बहस गरेर एकता प्रक्रिया टुँगाएको पार्टी सचिव प्रेम कटुवालले जानकारी दिएका छन् । मुलुकको संमृद्धिका लागि अव कोही कसैले आफ्नो भागमा बढी वा कमि भयो भनेर असन्तुष्टि पोख्ने होईन सिंगो पार्टी निर्माणका लागि जुट्नुपर्ने सुझाव दिएका छन् ।
पार्टी समायोजन पछि दुवै पार्टीको एकताबाट बनेको नेकपा जिल्ला कमिटि दैलेखमा चुनिएका सदस्यहरुको सपथ ग्रहण भएसँगै पार्टीले वडा तहसम्म पूर्णता पाएको हो । नेकपा कर्णालि प्रदेश पदाधिकारीको उपस्थितिमा जिल्लाका सम्पुर्ण स्थानीय तहमा रहेको कमिटिको टुंगो लगाई उपस्थित पदाधिकारीहरुको रोहवरमा सपथ गराईएको छ ।
११ वटा स्थानीय तह मध्ये ५ स्थानीय तह पूर्व माओवादी र ६ वटा स्थानीय तह पूर्व एमालेवीच बाँडफाँड गरिएको छ ।
पार्टीको नाममा खुद्रा ब्यापार बन्द ः अध्यक्ष
पार्टी अध्यक्ष एवंम् प्रतिनिधि सभा सांसद रबिन्द्रराज शर्माले पार्टिका नाममा यो गुट उ गुट भन्दै खुद्रा व्यापार गर्दै हिड्ने समय सकिएको बताएका छन् । पार्टी भित्र योगदानको कदर हुन्छ, नीति र नियम लागु हुन्छ, हिजोको जस्तो उसको र मेरो भन्दै जोड घटाऊ गर्ने काम भन्दा राम्रो र हाम्रो भन्ने भावनालाई सवै नेता तथा कार्यकर्ताहरु हिड्नुपर्ने सुझाव दिएका छन् ।
सबै नेता तथा कार्यकर्ताहरुको सम्मान गर्दै वडा तहसम्म छलफल र बहस चलाउन चुनिएका पदाधिकारीहरुलाई शर्माले निर्देश दिएका छन् । आफु कम्यूनिष्टमा लाग्दा देखि देशका सबै कम्यूनिष्टहरु एक ढिक्कामा आएका भए नेपाली जनताको मुत्तिको आन्दोल, सर्बहारा क्रान्ति एक बिन्दुबाट अगाडी बढ्न सक्ने भन्ने सोच राखेको र प्रधानमन्त्री केपि शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्ड एकै ठाउँमा उभिएर महान अभियानको सुरु गरेकोले अव मुलुक नयाँ ढंगबाट अघि बढ्ने धेरै संभावनाहरु देखिसकेको बताए ।
पार्टी भित्रपनि नेतृत्व तहका अनेकन चाहना र चलखेल गर्ने पुरानो रोगले पनि एकतामा केहि ढिलाई भएको भएपनि सवैलाई समान व्यवहार प्रकट गरेकोले छुटेकाहरुलाई समेत सम्मान हुने अध्यक्ष शर्माको भनाई छ ।
सपथ सँगै निर्देशन दिदै पार्टी सचिव प्रेम कटुवालले हरेक कार्यकर्ताहरु हिजो भनेर हैन आव हामि सवै एक हौ भन्ने भावनाका साथ अगाडी बढ्नुपर्ने सुझाव दिएका छन् । हरेक बिकास गतिविधिहरुमा जनताको सक्रिय सहभागिता कसरी बढाउने, बिकासका कामहरुमा कसरी सुशासन र पैरवी कायम गर्न सकिन्छ यस्ता बारेमा निकै गम्भिर रुपमा अगाडी बढ्नुपर्ने सुझाव दिएका छन् ।

सबै पदाधिकारीहरुको लिष्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

Microsoft Word – दैलेख नेकपा ११ तह.docx

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार