नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री के.पि.शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिको महत्वपुर्ण पाटोको रुपमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणको कार्यका लागि २०७२ सालमा कामको जिम्मेवारी लिएर काम नगरेका कम्पनीहरुको सम्झौता खारेज गरेपछि चीन सरकारकासँग गरिएको जी.टु.जी. सम्झौता अनुसार २०७२ सालमा प्रारम्भिक अनुसंन्धान सुरु गरिएको दैलेखको पेट्रोलियम अन्वेषण कार्यले अहिले मुर्त रुप लिने तयारी गरेको छ ।
चीनको बिकास किन छिटो भयो र बिश्वको शक्तिशाली राष्ट्र कसरी बन्न सफल भयो भन्ने बिषयहरु अन्य देशका लागि खोजी बिषय बनिरहेको छ । यसको मुख्य कारण चीन सरकारले जिम्मा लिएको काम तोकेको समयभन्दा अगाडीनै सम्पन्न गर्ने, हरेक काम गर्दा बाहिर हल्ला गर्ने भन्दा कामको परिणाम निकाल्नका लागि निकै मेहनत गर्ने, सुशासन र काममा इमान्दारीता भएकै कारण चीनको विकास भएको भन्ने कुरा सामान्य उदाहरणका रुपमा लिन सकिन्छ ।
दैलेख जिल्लाको भाग्य र भविष्य सँगै सिंगो नेपाल र नेपालीहरुको भाग्य रेखा कोर्ने महत्वपुर्ण अभियान पेट्रोलियम अन्वेषण कार्यका लागि दैलेखका आम नागरिक समाज, बुद्धिजिवी, राजनीतिक दल, लगायतले सहयोग गर्नुपर्ने देखिएको छ । पहिलो चरणको अन्वेषणकै अवसरमा देखिएको उत्साह र स्थानीयहरुले रोजगारी पाउने अवसरलाई मनन गर्नुपर्ने देखिएको छ । अर्कोतर्फ पेट्रोलियम उत्खनन्कै कारणले भएपनि अहिले दैलेखको नाम पुनः बिश्वभर उजागर भएको छ । यसले दैलेखको लागि आन्तरिक र बाह्य पर्यटन प्रर्वंद्धनमा पनि निकै ठूलो टेवा पुग्ने देखिन्छ ।








