दुल्लूको वडा नं. ४ बालबिवाह मुक्त वडा घोषणा


कात्र्तिक ३०, दैलेख
दैलेखको दुल्लू नगरपालिका वडा नं. ४ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले वडा बालबिवाह मुक्त भएको घोषणा सँगै सामुहिक प्रतिबद्धता गरिएको छ ।
नगर प्रमुख घनश्याम भण्डारीले नेपाल सरकारले अवलम्बन गरेको स्रहसताब्दी विकास लक्ष्य अनुसार सन् २०३० भित्र नेपाललाई बालबिवाह मुक्त देश घोषणा गर्ने अभियान थालेका बेलामा यसको पहिलो सुरुवात दुल्लू नगरपालिकाबाट गरिएको बताएका छन् । घोषणा गरिएको वडा नं. ४ देशकै दोस्रो वडा भएको बताउँदै यसका लागि बिभिन्न सूचकहरु तयार गरि, आमा समूह, बाल समूह, युवा समूह निर्माण गरेर काम गरिएको बताएका छन् । अहिले हरेक बिद्यालय स्तरमा बालबिवाहबाट पर्ने असर र रोकथामका बारेमा बृहत छलफल संचालन भैरहेको भण्डारीले जानकारी दिएका छन् ।
आवाज संस्थाको सहजिकरणमा बिगत तीन बर्षदेखि दुल्लू नगरपालिकाका ३ वटा वडाहरुमा अभियानकै रुपमा कार्यक्रम संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार