पर्यटन प्रर्वद्धनका लागि दिगो योजना बनाउने कसले हो ?

आफ्ना गाउँघरको विकास निर्माणमा देखिएका सम्भवाना र चुनौतीहरुको नजिकबाट बिश्लेषण गरेका स्थानीय सरकारहरुले बिगत दुई बर्षदेखि बिभिन्न बिकास गतिविधिहरुलाई कानून निर्माण गरेर अगाडी बढाएका छन् ।
शिक्षा, स्वास्थ्य पूर्वाधार बिकास, महिला हिंसा, कृषि र पर्यटन लगायतका संभावनहरुलाई बिश्लेषण गर्दै स्थानीय स्तरमै रोजगारी प्रदान गर्ने अभियान लागेका स्थानीय सरकारहरुले सम्पन्न गरेका बिभिन्न गतिविधिहरुको प्रतिफल प्राप्त हुने क्रम बढेको छ ।
आ आफ्ना पालिकाहरुका लागि माथि उल्लेखित बिषयहरु मध्ये पर्यटनको बिषय केवल एउटा मात्र स्थानीय सरकारले जिम्मेवारी लिएर मात्र हुने बिषय होईन दैलेखको समग्र पर्यटन बिकासका लागि स्थानीय सरकारहरु बेला बेलामा बहस गर्ने गरेको पाईएपनि ठोस कार्यनीति निर्माण गर्न सकेका छैनन्, दैलेखको पर्यटन बिकासमा धेरै ठूलो मेहनत गर्नुपर्ने अवस्था पनि छैन्, बिभिन्न विद्याका पर्यटकिय सम्भावना मध्ये महत्वपूर्ण सम्भावनाहरुको सूचि तयार गरेर दिगो विकासमा लाग्ने बातावरण तयार गरेर सोही अनुसार आफ्ना वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर आ आफ्नो क्षेत्रभित्र पर्ने अनिवार्य नगरिनहुने कामको सूचि तयार गरेर एक वर्ष मात्रै कार्यान्वयनमा लिन सकेको भए दैलेखको पर्यटन बिकासमा निकै ठूलो फड्को मार्ने देखिएको छ । यसका लागि अन्तरपालिका जोड्ने पर्यटकिय सडक र अन्तर पालिकामा पर्ने पर्यटकिय स्थानहरुको म्याप निर्धारण सँगै प्रचार प्रसार, कम्तिमा पालिका स्तरमा एउटा होमस्टे संचालन र प्रर्वद्धन, होमस्टेमा स्थानीय उत्पादन, दैलेख सदरमुकाम दुल्लू हुँदै कर्णाली राजमार्ग जोड्ने व्यवस्थित सडक जस्ता साना बिषयहरुलाई समावेश गर्ने हो भने दैलेखको पर्यटन बिकासमा टेवा पुग्ने छ ।
दैलेखका ११ वटै स्थानीय तह र जिल्ला समन्वय समितिले पर्यटन क्षेत्रमा काम गरिरहेका संघ संस्थाहरुसँग समन्वय गर्दै प्रदेश र केन्द्र सरकारसँग समग्र जिल्लाको योजना पेश गरेमा केन्द्र सरकारले पनि यो बिषयलाई समेट्न सक्ने देखिन्छ । यस्ता दिगो योजना निर्माण गर्नु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार