
मंसिर २४,दैलेख
बाल विवाह, सुरक्षित महिनावारी आङ खस्ने समस्याबारे महिलाहरुलाई जानकारी गराइएको छ ।
वातावरणीय कृषि तथा विकास केन्द्र केड नेपालको आर्थिक सहयोग महिला सशक्तीकरण मञ्च नेपालको सहजीकरण तथा वडा कार्यालयका सहजीकरण मा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको डुगेश्वर गाउँपालिका वडा ६ र दुल्लु नगरपालिका दैलेखको वडा १३ मालिकामा बाल विवाह सुरक्षित महिनावारी आङ खस्ने समस्याका बारेमा छलफल गरिएको महिला सशक्तिकरण मञ्च नेपालकी अध्यक्ष सुनिता चन्दले जानकारी दिएकी छन् बाल विवाह ,र सुरक्षित महिनावारी र आङ खस्ने समस्या र त्यसको समाधानका लागि स्थानीय नागरिक र धामीझाक्रिलाई समेत अभिमुखीकरण गरिएको बताइन ।
समाजमा अहिले पनि समस्याका रूपमा रहेको बाल विवाहका कारण किशोरीहरुको सानै उम्मेरमा आङ खस्ने समस्या रोकथाममा स्थानीय सरकारले खेल्नु पर्ने भूमिका र महिनावारी भएको बेला छाउपडी बार्ने प्रथाको अन्त्यका लागि स्थानीय धामिझाक्रिलाई रोखेर अभिमुखीकरण गरिएको हो । सुरक्षित महिनावारी र सरसफाइमा ध्यान दिनु पर्ने ,बालविवाह न्यूनीकरण गर्ने ,पाठेघर खस्ने समस्याको समाधानका लागि गरिनु पर्ने कामका विषयमा महिलाहरुसँग छलफल भएको छ ।









