सेनेटरी प्याड वितरण


मंसिर २६, दैलेख
महिनावारी भएको बेला विद्यालयमा नआउने र पढाई छुट्ने समस्यालाई समाधान गर्न सेनेटरी प्याड वितरण गरिएको छ । दैलेखको नौमुले गाउँपालिका वडा ३ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका एक सय २ जना छात्राहरूलाई प्याड वितरण गरेको हो । कोरियन रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखको सामाजिक परिचालनमा सञ्चालित समावेशी,खाने पानी,सरसफाइ तथा स्वच्छता प्रवर्द्धन परियोजना अन्तर्गत छात्राहरूलाई सेनेटरी प्याड वितरण गरेको जानकारी गराइएको छ । नेपाल स्थित कोरियन रेडक्रस सोसाई टिको प्रतिनिधि सन्नी किमले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्राहरूलाई सेनेटरी प्याड गरेकी हुन । बालिकाहरूको स्वास्थ्य तथा स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यलाई प्याड वितरण गरिएको कार्यक्रममा कार्यक्रम अधिकृत हिरासिंह विश्वकर्माले बताए । यसले बालिकाहरूको स्वास्थ्य सरसफाइमा टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार