
मंसिर २८, दैलेख
रुमखोला जलविद्युत आयोजना मर्मत नहुँदा भगवतिमाई गाउँपालिका वडा नं. २ का तीन सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । तत्कालीन जिल्ला विकास समिति दैलेख अन्तर्गत ग्रामिण उर्जा विकास कार्यक्रम मार्फत निर्माण गरिएको जलविद्युत आयोजना मर्मत हुन नसस्दा तीन सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन् । ग्रामिण उर्जा विकास कार्यक्रम मार्फत ११ लाख ९० हजार स्थानीय जनश्रमदानको ५ लाख गरी १६ लाख ९० हजारमा निर्माण गरेको जलविद्युत आयोजन मर्मत नहुँदा त्यहाँका तीन सय घरधुरी अन्धकारमा बस्न बाध्य भएको स्थानीय खड्क बहादुर शाहीले बताए । उनले गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा जलविद्युत आयोजनाको निर्माण तथा मर्मत गर्नका लागि ३० लाख रकम खर्च गर्दा समेत उक्त आयोजना सुचारु हुन नसक्दा स्थानीय अन्धकारमा बस्न बाध्य भएको बताए । उनले १६ लाख ९० हजारमा आयोजना निर्माण गरि विद्युत उत्पादन भएको योजनामा ३० लाख रकम खर्च गर्दा विद्युत उत्पादन नभएपछि स्थानीय आक्रोसित भएको जानकारी दिए ।
भगवतिमाई गाउँपालिका वडा २ का अध्यक्ष कर्ण बहादुर शाहीले मर्मतका लागि गाउँपालिकाबाट आएको ३० लाख रकमबाट आयोजनाको पोल खरिद र तार तान्ने काम गरेको बताए । हामीले आयोजना विद्युत उत्पादन गर्ने तयारीमा भएपनि कुलो बिबादका कारण विद्युत बाल्न नसकिएको बताए । पहिला काठको पोल थिए हामीले अहिले फलामको ८५ पोल खरिद गरेर तार तानेको छौ योजनाको कुलोमा सामान्य विवाद हँुदा रोकिएको हो अब छिटै विद्युत बाल्ने तयारीमा रहेको बताए । गाउँपालिकाबाट ३० लाख आएर काम गर्दा समते अघिल्लो समितिले काम गराएको कामदार र शिक्षकको तलव समेत त्यहीबाट खुवाएको कारण पनि बत्ति बन्न नसकेको स्थानीयले बताएका छन । उनीहरुले विद्युतको पावर हाउस तार सबै तान्दा समेत अध्यक्षको लापरवाहीका कारण विद्युत बल्न नसकेको उनीहरुको आरोप छ ।
विद्युत उत्पादन भएको तीन चार वर्ष बित्तिसक्दा समेत त्यसमा काम गरेको कामदारले पारिश्रमिक नपाएको बताएका छन । बिद्युतको पावरहाउसमा काम गर्ने दिपक उपाध्ययाले आफुले पाउनु पर्ने पारिश्रमीक नपाएको बताए । उनले समितिले आफुलाई रकम दिने भनेपनि अहिले सम्म नदिएको बताए । गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले आफ्नो गाउँपालिकामा गाउँपालिकामा रहेको जलविद्युत आयोजना निर्माणका लागि पहिलो आर्थिक वर्षमा ३० लाख रकम बिनियोजन गरेपनि विद्युत उत्पादन नभएकोमा आफु खुसी नभएको बताए । १६ लाखमा निर्माण भएको योजना ३० लाख रकम खर्च गर्दा समेत नबन्नु दुखद भएको बताए । उनले गाउँपालिकामा रहेका ७ वटै वडाकार्यलयमा विद्युत बिस्तारका लागि ग्रामिण विद्युतीकरणमा साझेदारीका लागि रकम बिनियोजन गरेपनि आफ्नै गाउँपालिकामा भएको बिद्युत उत्पादन बन्द गर्नु राम्रो नभएको बताए ।









