
पुष ७, दैलेख
अपहरण गरेको १९ घण्टामा सम्म मलाई कुनै अभद्र ब्यबहार गरेनन्, मुखमा पट्टी बाधेर आफुलाई अपहरण गर्न आएका २५ भन्दा बढीको टोलि कालिकोट पुग्दा ज्यादै कम थियो, सुरक्षा कर्मीहरुले घेरा हालेको भन्ने थाहा पाएपछि कालिकोट पुग्दा आफुसँग भएका बिप्लवका नेताहरु अलि हतास मनस्थितीमा थिए । साँझ ७ बजे कालिकोटको एक घरमा मलाई लुकाउने कुरा भएसँगै म सँग ७ जना मात्र साथ थिए, प्रहरीले सवै लोकेनसन खोजी गरिरहेको रहेछ । प्रहरीले जानकारी पाएलगत्तै म भएको छाती भन्ने स्थानमा घेरा हाल्यो हवाई फायर भयो, मलाई अपहरण गर्ने कार्यकर्ताहरुमा भागदौड मच्चियो, मलाई त्यतीवेला निकै डर लाग्यो दोहोरो भिडन्त भएपछि आफुपनि त्यही भिडन्तमा मारिन्छु भनेर ज्यादै डर लाग्यो । मलाई अपहरण गर्नेहरु भागिसकेका रहेछन् एकै छिनपछि प्रहरीको ड्रेसमा आएका सुरक्षा कर्मीहरुले हामी प्रहरी हौ भने त्यसपछि डर हरायो अव अपहरण मुक्त भएँ भन्ने लाग्यो । अपहरण मुक्त भएर दैलेख जिल्ला प्रहरी कार्यालयमा पुगेका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले पोखेको यो अनुभव थियो ।
अपहरण गर्दाका १८ घण्टासम्म आफुलाई सम्मानजनक व्यवहार गरेका थिए हिउँमा लेकमा हिड्दा खुट्टमा समस्या भयो कि भनेर बेला बेलामा सोधपुछ समेत गरेका थिए, करिव ४ घण्टाजति कुराकानी भए होला अन्य समय सबै हिडाईमात्र रहे, हाम्रो प्रतिशोध तपाँईतिर होईन हाम्रो लडाँई राज्य सत्ताको बिरुद्धमा हो भन्ने कुरा धेरै गरेको शाहीले बताए ।
शनिवार रातको १२ बजे अपहरणमा परि आईतवार साझ ७ बजे अपहरणमुक्त भएर दैलेख सदरमुकाम पुग्नुभएका ठाँटिकाँध गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले सरकारले आफ्ना कार्यकर्ता धमाधम पक्राउ गरि नियन्त्रणमा लिएपछि त्यसको आक्रोस आफुमाथी पोखेर अपहरण गरेको बताए ।
सुतेको थिए समय थाँहा भएन १२ बजे तिर होला ढोका ढक्ढकाईयो । गाउँका कोही बिरामी भएर समस्या परेको होकी भनेर श्रीमती इलाले ढोका खोलीन ढोका खोल्दा मुखमा कालोपट्टि बाधेर २५ जना भन्दा बढि देखीएपछि उनी आतिएर भित्र पसिन । आफुलाई लुगाँ लगाउन लगाएर हिडाए । श्रीमती र भाई पनि संगै हिडे । भाईलाई त्यतै रोके । श्रीमती जवरजस्ती हिडेपछि बिहाना ९ बजे दैलेख र कालिकोट जिल्लाको गुईचाखर्क लेकमा बस्यौ र त्यहा भाई हस्तहरु पुगेपछि बिप्लव माओबादीले राजैतिक लडाई हो उहाँलाई बढिमा ३ दिन सम्म साथमा राखेर फर्काछांै तपाईहरु जानुहोस भनेर उहाँहरुलाई त्यही रोकेर मलाई कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका तिर लिएर गएका थिए । दैलेख जिल्ला प्रहरी कार्यालयमा पत्रकार सँग कुरा गर्दै उनले बिप्लव माओवादीले लगाएको भ्रष्टाचारको आरोपको कडा रुपमा खण्डन गरेका छन् । मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन्, पत्ता लगाउनुहोस् म जुनसुकै पनि कारवाही भोग्न तयार छु, मैले कसैको सुराकी पनि गरेको छैन्, प्रमाण भेट्टाउनुहोसा जस्तो सुकै कारवाही भोग्न तयार छु । गहिराईमा नपुगेर सतहीमा कसरी आरोप लगाईयो यसवारे पनि आफुले खोजविन
गर्ने शाहीको तर्क छ ।
चन्दाको बारेमा म सँग पनि कुरा आएका हुन सरकारले दिएको बजेट कटाएर लाखौं रकम चन्दा दिनुभनेको पनि भ्रष्टाचार भएकोले आफु त्यसको बिरोधी भएको र मैले पाउने तलव भत्ताबाट सहयोग गर्नुपर्ने बिषय भएमा सोच्न सकिएला तर बजेट कटाएर लाखौं करम चन्दाका रुपमा आफुले दिन नसक्ने तर्क पेश गरेको शाहीको भनाई छ ।
अपहरण मुक्त शाहीलाई नेकपा दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रविन्द्र राज शर्मा, पार्टी सचिव प्रेम कटुवाल लगायत जिल्लास्तरका सबै पार्टीका नेताहरुले दिनभर भेटघाट र छलफल गरेका छन् ।









