दैलेखको वन क्षेत्रलाई ४ भागमा वर्गिकरण


पुष ९, दैलेख
दैलेख जिल्ला भित्र रहेका वनहरुलाई वर्गिकरण गर्दै चारवटा सव डिभिजनको नामांकरण टुंगिएको छ । जिल्ला वनक्षेत्र समन्वय समिति बैठकले यस्तो निर्णय गरेको हो । दैलेखका ११ वटै स्थानीय सरकारका पालिका प्रमुखहरु सहितको संयुक्त बैठकले दैलेखको वन क्षेत्र संरक्षणका लागि बिभिन्न निर्णयहरु गरेको छ ।
नारायण, महावु र नौमूलेलाई समेटेर दैलेख बजार मुकाम तोकिएको छ, भगवतीमाई, डुगेश्वर र गुराँस पालिकालाई समेटेर माथिल्लो डुङ्गेश्वर मुकाम तोकिएको छ भने दुल्लू र भैरवीलाई तोकेर दुल्लू मुकाम तोकिएको छ, चामुण्डा विन्द्रासैनी, ठाटीकाँध र आठवीसलाई जोडेर डाव मुकाम तोकिएको छ । पेट्रोलियम पदार्थ उत्खनन् सम्भाव्यता अध्ययन टोलीसँग समन्वय गरी सम्भाव्य उत्खनन् तथा प्रभावित क्षेत्र बाहिर पर्ने श्रीस्थान र नाभिस्थानका स्थलहरुमा आर्यघाट, प्रतिक्षालय, तातोपानी सहितको महिला पुरुष स्नानघर र चर्पी बाहेक अन्य ठूला संरचनाहरु निर्माण नगर्ने, उच्च प्रविधियुक्त नर्सरी निर्माणको लागि जग्गा तयारी, विद्युत लाइन प्रसारण, पानी मुहान संरक्षण तथा पाइपलाइन सम्बन्धी कार्य, पानी टंकी निर्माण, नर्सरी कम्पाउण्ड, चौकिदार घर निर्माण आदि जस्ता स्थानीय स्रोत साधन एवं सीपको उपयोग हुने प्रकृतिका सामान्य कार्यहरु उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने । निर्मित उच्च प्रविधियुक्त नर्सरीको जांचपासको लागि आवश्यक पर्ने दक्ष विशेषज्ञ जनशक्तिको व्यवस्था वन तथा वातावरण निर्देशनालय वा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट व्यवस्था गर्न अनुरोध गर्ने ।
पर्यटन सडक निर्माण कार्यलाई
निजी नम्बरी जग्गा तथा आवास क्षेत्र भित्र सिमित तुल्याउने । सरकारद्वारा व्यवस्थित वन क्षेत्रबाट पर्यटन सडक निर्माण नगर्नेm गर्नै पर्ने भए नांगो बुट्यान भएको परापूर्वकालदेखि हिड्ने घोरेटो बाटोलाई स्तरोन्नति हुने गरी मात्र पर्यटन सडक निर्माण गर्ने । पञ्चकोशी कोटिला ताल निर्माणको लागि पछि स्वीकृत हुने डिपिआर संग कुनै बिरोधाभाष नहुने गरी हाल पहिचान भई नगरपालिकाले सिफारिस गरेका कृयाकलापहरुको आधारमा ईआईए कार्य अगाडी बढाउने ।
दैलेख जिल्लाको कुल क्षेत्रफलको ५३ प्रतिशत वन क्षेत्र रहेकोले पंचकोशी बहुप्राविधिक शिक्षालय दुल्लु नगरपालिका वडा नं. ८, दैलेखमा डिप्लोमा फरेस्ट्री कार्यक्रम संचालनका लागि आवश्यक भएकाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सानोठिमी, भक्तपुरलाई अनुरोध गर्ने लगायतका निर्णयहरु गरिएको डिभिजन वन कार्यल दैलेखका प्रमुख मुनबहादुर रावतले जानकारी दिएका छन् ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकमा बोल्दै प्रतिनिधि सभाका सदस्य रविन्द्रराज शर्माले जिल्लाको वन क्षेत्र संरक्षण र प्रर्वद्धनमा सवै तहका सरकारहरुले प्रभावकारी योजना ल्याएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार