प्रयोगमै आएनन् सार्वजनिक शौचालय


पुष ११, दैलेख
दैलेख सदरमुकाममा चार वर्ष अघि निर्माण गरिएका सार्वजनिक शौचालय प्रयोगमा आएका छैनन् । नारायण नगरपालिका दैलेखले दैलेख सदरमुकाममा आउने सर्वसाधारणमा लागि अतिआवश्यक भएको भन्दै ५० लाख खर्च गरि निर्माण गरिएको सार्वजनिक शौचालय प्रयोगमा नआएका हुन । नारायण नगरपालिका दैलेखले दैलेख सदरमुकाममा आउने सर्बसाधारणको सहजताका लागि सार्वजनिक शौचालय निर्माण गरेपनि त्यसको प्रयोगमा आउन नसेकेका कारण अहिले पनि दैलेख सदरमुकामा आउने सर्बसाधारण खाजा खाने निहुँमा शौचालय गर्न बाध्य भएका छन ।
नारायण नगरपालिका ले चार वटा स्थानमा सार्वजनिक शौचालय निर्माण गरिएको थियो दुल्लू नगरपालिका भैरवी गाउँपालिका,महावु गाउँपालि, चनामुण्डाबिन्द्रासैनी नगरपालिकाबाट दैलेख सदरमुकाममा आएका सर्वसाधारणका लागि नारायण नगरपालिका १ मा पर्ने डेकेन्द्र चौकमा, नौमूले गाउँपालिका र नगरभित्रका सर्वसाधारणका लागि नरायण नगरपालिका वडा ६ गणेशचोक र जिल्लाको पूर्वी भाग भगवतिमाई गाउँपलिका र जारकोट जिल्लाबाट आउने सर्वसाधारणका लागि वडा १ कै एनएमबि चोक, सुर्खेत देखी यात्रा गर्ने सर्बसाधारणको लागि पुरानो बसपार्क गरि चारस्थानमा ५० लाख खर्च गरेर सार्वजनिक शौचालय निर्माण गरेपनि प्रयोगमा नआउदा सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ । ५० लाख खर्च गरेर दैलेख सदरमुकामको चार स्थानमा र्सावजिनक शौचालय निर्माण गरेपनि नगरपालिकाले शौचालय निर्माणका लागि ठोस कार्ययोजना निर्माण गर्न नसक्दा शौचालयहरु प्रयोगमा नआएर बिग्रेका छन । नगरपालिकाले सार्वजकि शौचालय निर्माण गरेपनि त्यसको प्रयोगमा नआउँदा सर्व साधारणले सास्ती खेप्नु परेको भगवतिमाई गाउँपालिका वडा ४ टोब बहादुर थापाले बताए । उनले शौचालय नहुँदा होटमा खाजा खाने निहुँमा शौचालय जानु पर्ने बाध्यता रहेको बताए । नगरपालिकाले नगरपालिकालाई स्वच्छ र सझा राख्नको लागि लाखौ खर्च गरेर निर्माण गरेको भएपनि सार्वजनिक शौचालय निर्माण गर्दा सहि स्थानको छनोट गर्न नसेको नगरबासीको गुनासो छ । नगरपालिकाका बिभिन्न सटरहरुमा भाडामा ब्यापार गरिहेका ब्यापारीहरुलाई समेत शौचालय को समस्या हुने गरेको एक ब्यापारीले बताए । विद्यालयको सटरमा पसल गरेका छांै त्यसका लागि शौचालय छैन । विद्यार्थीले प्रयोग गरेको शौचालयमा जानु पर्ने समस्या हुने गरेको छ ।
नगरपालिकाले निर्माण गरेका सार्वजनिक शौचालयहरु सर्वसाधारणको पहुँच भन्दा बाहीर भएका कारण पनि यो समस्या हुने गरेको ब्यापारीहरुको गुनासो छ ।
नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले सार्वजनिक शौचालय निर्माण गर्नका लागि ठाउँ अभावका कारणले अलि पछाडी बनाउनु परेको बताए । उनले स्थानीय सरकार गठन अघि नै सार्वजनिक शौचालय निर्माण गरेको भएपनि त्यसको प्रयोग नहुनु दुखद भएको बताए । आफुहहरु स्थानीय तहमा निर्वाचित भए देखि सार्वजनिक शौचालयलाई ब्यवस्थित निर्माण गर्न प्रयास गरेपनि अहिले सम्म नसकिएको बताउदै नगरपालिका बाट निर्माण भएका सार्वजनिक शौचालय मर्मत गरेर तत्तकाल सर्बसाधारणका लागि सहज बाताबरण बनाउने कुरामा आफुहरु लाग्ने जानकारी दिए । उनले भने शौचालय निर्माणका लागि ५० लाख भन्न सुनेको भएपनि त्यसबारे आफु अनबिज्ञ छु त्यसका लागि नगरपालिका प्राबिधिक संग बास्तबिकता बुझेर मर्मत गरे शौचालयलाई प्रयोगमा ल्याउने बताए । नारायण नगरपालिका दैलखेका इन्जीनिएर हिक्मत रोकायले सार्वजनिक शौचालय निर्माण गरेको भएपनि प्रयोगमा नआएर समस्या सिर्जना भएको बताए । उनले हामीले निर्माणको जिम्मा दिएकाहरुलाई नै पुन मर्मत गर्न दिएर प्रयोगमा ल्याउनेकी भन्नेमा आफुहरु लागेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार