जीर्ण सडकले पर्यटकीय गन्तब्यमा पुग्नै सकस


पुष १७, दैलेख
नेपाल सरकारले भ्रमण वर्ष २०२० को औचारिक शुभारम्भ गरिसकेको छ । दैलेखमा पनि ११ स्थानीय तहमा बिभिन्न साँस्कृति कार्यक्रमको आयोजना गरि भ्रमण वर्षको शुभारम्भ गरेपनि जिल्लामा रहेको ऐतिहासिक र पुराताव्तीक र धार्मिक क्षेत्रमा अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकका गुणस्तरीय सडक निर्माण हुन नसक्दा पर्यटकीय गन्तब्यमा पुग्न सकस हुने गरेको छ । तत्कालीन जिल्ला विकास समिति, स्थानीय सरकारहरुले पर्यटकीय क्षेत्रमा जाने सडकमा लाखौं रकम खर्च गरेपनि गुणस्तरीय सडक निर्माण हुन नसक्दा पर्यटकीय गन्तब्यमा जान समस्या हुने गरेको हो ।
जिल्लाको ठाटीकाँधमा रहेको मदनताल, द्धारीको झरना बाहेक अन्य सबै पर्यटकीय स्थल सम्म सडक संजालले जोडिएपनि सडकहरु बाह्रै महिना नचल्दा जिल्लामा आउने पर्यटक गन्तब्यमा नपुगेर फर्किने समस्या भएको स्थानीय अमृत प्याकुरेलले बताए । उनले दैलेख काठमाण्डौ लुम्बीनी पछि धार्मिक ऐतिहासिक र पुरातात्वीक हिसावले तेस्रो धनि जिल्ला भएपनि सडकमा गुणस्तरीय काम हुन नसक्दा जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटक गन्तब्यमा नपुगेर फर्कनु पर्ने अबस्था रहेको बताए । सडका क्षेत्रमा जिल्लाका ११ स्थानीय तहले प्रत्येक वर्ष करोडौ रकम खर्च गर्ने गरेको भएपनि त्यसको सहि सदुपयोग हुन नसक्दा यात्रुहरु धुलाम्मे र हिलाम्मे सडकमा हिड्न बाध्य भएको बताए । जिल्लाको मुख्य पर्यटकीय क्षेत्र कोटिला, श्रीस्थान,नाभिस्थान, धुलेश्वर, पादुका क्षेत्रमा पुग्ने मुख्य धार्मिक पर्यटकिय क्षेत्रमा अहिले सम्म पनि पक्की सडक निर्माण हुन सकेको छैन । हिउँदको समयमा जिल्लामा आएका पर्यटकहरु जेनतेन गन्तब्यमा पुगेपनि वर्षातको समयमा जिल्लामा आउने पर्यटक सडकको सास्तीले गन्तब्यमा नपुग्ने जिल्ला पर्यटन पुर्वधार समितिका पूर्व सभापति टेक बहादुर खाणले बताए । उनले तत्कालीन जिल्ला विकास मार्फत जिल्लाका सबै ऐतिहासिक धार्मिक क्षेत्रमा पक्की सडक निर्माण गर्ने भनिएपनि त्यो कार्यले पुर्णता नपाउदा समस्या भएको बताए ।
नारायण नगरपाकिला दैलेखले दैलेख सदरकुमाम भएर श्रीस्थान जाने सकडको कालो पत्रे गर्ने वर्षेनी लाखौ रकम खर्च गरेपनि अहिले सम्म ग्राबेलमै सक्काउने गरेको स्थानीयले आरोप लगाएका छन । अघिल्लो आर्थिक वर्षमा १ करोड ५० लाख खर्च गरेको सडकमा यो वर्ष पनि एक करोड भन्दा बढि रकम सडकको ग्राबेल गर्न लागेको छ । नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले अघिल्लो आर्थिक वर्षमा श्रीस्थान जाने सडकको ग्राबेल रकम खर्च गरिएको भएपनि यो आर्थिक वर्षमा सडक कालोपत्रे गर्न रकम खर्च गरिने बताए । उनले सडकको मुख्य काम भनेको पहिला ट्र¥याक खोल्नु हो ट्र¥याक खोलेपछि बिस्तार विकास हुदै जाने भएको हुँदा आफ्नो कार्यकालमा सबै धार्मिक एवम पर्यटकीय क्षेत्रमा जाने सडकको कालोपत्रे गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
दैलेखको श्रीस्थान नाभिस्था, पादुका धार्मिक एवम पर्यटकीय क्षेत्रका हिसावले महत्वपूर्ण स्थान भएपनि अधिकाँस स्थानीयको मृत्यु भएमा दाहासस्कार गर्न समेत लैजाने गर्छन । तर सडकको अबस्थाका कारण अहिले पनि शव बाहानमा शव बोकेर जाने समस्याले बोकेर दाहासस्कार लैजानु पर्ने हुन्छ नारायण नगरपालिका वडा ६ मनिराम अधिकारीले भने । स्थानीय सरकारले मुख्य पर्यटकीय सडको अबस्था त यस्तो छ अन्य पर्यटकीय क्षेत्रमा जान कति सास्ती होला । केही वर्ष दैलेखमा लाग्ने मेला महोत्सवमा पुगेका राष्ट्रिय कलाकार बद्रि पंगेनी, प्रमोद खरेल,एस कुमार, बिरही कार्की, नायक राजेश हमालले समेत दैलेखका धार्मिक एवम पर्यटकिय क्षेत्रको अवलोकन गरे पश्चात दैलेख ऐतिहासिक क्षेत्रमा जाने मुख्य सडकको सुधार गर्नु पर्ने सुझाव स्थानीय सकारलाई दिएका थिए । गायक बद्रि पंगेनीले श्रीस्थानमा रहेको आर्यघाट ब्यबस्थापन गर्न ५ हजार सहयोग समेत गरेका थिए जिल्ला समन्वय समिति दैलेखका प्रमुख एवम जिल्ला पर्यटन प्रबद्र्धदन समितिका संयोजक प्रेम बहादुर थापाले जिल्लाका ११ स्थानीय सकारलाई आफ्नो क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रमा जाने सडकलाई ब्यवस्थित गर्न आवश्यक निर्देशन दिएको बताए । पर्यटक हाम्रा गहना हुन उहाँहरुलाई पर्यटकीय गन्तब्य सम्म पु¥याउने हाम्रो दायित्व हो त्यसैले सहज रुपमा गन्तब्यमा पुग्न सडकलाई ब्यबस्थीत गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार