क्रसर उद्योगमा देशभर दादागिरी वाहना एक काम अनेक

क्रसर उद्योगमा राजनीतिक दलका ओहदाका व्यक्तिहरुको घुमाउरो सम्वन्धका कारण देशभर उद्योग संचालकहरुले दादागिरी मच्चाउँदै आएको देखिन्छ । यो वा त्यो बाहनामा उद्योग संचालन गरेर नीति, नियम र कानून मिच्ने काम अहिलेदेखि नभै बिगत बिसौं बर्षदेखि निरन्तर चलिरहेको छ । पहुँचवालहरुको दबदवा रहेको क्रसर उद्योग नीतिमा ल्याउन पहुँचवालाहरुले राकेपछि चुनौती बन्दै गएको छ । राजनीतिक दलका बिशेष व्यक्तिहरु मात्र हैनन कर्मचारीहरुको समेत गोप्य संलग्नतामा उद्योगहरु संचालन भएका तत्थ्यहरु बिभिन्न संचारमाध्यामहरुमा आईरहेका छन् ।
दैलेखमा पनि लामो समयदेखि सडक वा पुलको बाहनामा अबैध रुपमा क्रसर उद्योगहरु संचालन गरिएका छन् । प्राकृतिक स्रोत साधनहरुको दोहन गर्ने कार्यमा स्थानीय सरकारमा आएको सडक निर्माण मुख्य चुनौतीको रुपमा रहेको छ । जथाभावि रुपमा खनिएका सडकहरुमा गरिने अन्य विकासका कामहरुको बाहनामा खोलाभित्रैबाट बालुवा निकाशी गर्ने क्रम पनि निरन्तर संचालनमा छ । जिम्मेवार निकायहरुले यसवारे ठोस कानुनी उपचार अपनाउन नसक्नु पनि मुख्य समस्या बनेको छ । सडक निर्माणका लागि भनिएका क्रसर उद्योगहरुले खोलाभित्रको करिव ५ मिटर तलसम्म खोला खोदलेर उद्योग संचालन गर्ने पाईने हो वा होईन जिम्मेवार प्रतिनिधिहरुले आँखाले देखेका बिषयहरुमा पनि सम्वन्धित निकायहरुलाई कारवाही नहुनु बिडम्बनाको कुरा हो ।
स्थानीय सरकारकाका जनप्रतिनिधीले समेत आफ्नो पालिकालाई कर दिएपछि जे गरेपनि छुट दिने परम्पराले झनै समस्या बढ्दै गएको छ । जिल्लामा क्रसर उद्योग संचालन गर्ने मालिकको दादागिरीका कारण जिम्मेवार निकायहरु मौन बस्नुपर्ने, अर्कोतर्फ स्थानीय सरकार र जिल्ला समन्वय समितिले नीति बनाएर काम गर्न दिने बातावरण बनाईने यस्ता धेरै बिवादित बिषयहरुले खोलाको बालुवा गिटी रोकथाम गर्नुको साटो दोहन गर्ने क्रम बढेको देखिन्छ । सडक निर्माणको बाहना बनाएर रातारात सेटिगंमा करोडौं रकमका ढुंगा, गिटी र वालुवा अवैध रुपमा अन्यत्र प्रयोग गर्ने कार्य तत्काल रोक्दै जुन कार्यका लागि हो सो कार्यमा मात्र प्रयोग गर्न लगाउनेबारेमा स्थानीय सरकार र जिम्मेवार निकायहरुले ध्यान दिनुपर्ने देखिएको छ । बाहना एक काम अनेक बन्दै दैलेखका खोलाहरुमा संचालन भएका क्रसर उद्योगहरुको नीतिगत व्यवस्थाको खोजी गर्ने र निगरानी बढाउने काममा जिल्ला प्रशासन कार्यालय दैलेखले थालेको अभियान प्रभावकारी बनोस शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार