माघ ११, दैलेख
दैलेखः दैलेखका मानव अधिकारकर्मी दीर्घराज अधिकारी नेपाल मानव अधिकार संगठनको कर्णाली प्रदेश संयोजकमा निर्वाचित भएका छन । दाङ जिल्लामा भएको नेपाल मानव अधिकार संगठनको १४ राष्ट्रिय सम्मेलनबाट दैलेखका अधिकारी कर्णाली प्रदेश संयोजकमा निर्वाचित भएका हुन । सम्मेलनले देशका केन्द्रिय अध्यक्ष सहित ७ वटै प्रदेशमा संयोजकहरुको निर्वाचन गरेको थियो । नेपाल मानव अधिकारी संगठन दैलेखका अध्यक्ष समेत रहेका अधिकारी १४ औ राष्ट्रिय सम्मेलनबाट कर्णाली प्रदेशको संयोजक पदमा सर्ब सम्मत निर्वाचित भएको उनले बताए । कर्णाली प्रदेशका १० जिल्लाका जिल्ला अध्यक्षहरु मध्ये ९ जिल्लाका अध्यक्षहरुले सर्मथन प्राप्त गरेर कर्णाली प्रदेशको संयोजकमा निर्वाचित भएको उनले जानकारी दिए । मानव अधिकार संगठनको बिधान अनुसार देशका ७ वटै प्रदेश संयोजकहरु केन्द्रिय सदस्य हुने ब्यबस्था समेत गरेको छ ।









