सिजनलफ्लुको नियन्त्रणमा लाग

दैलेखको नौमूले गाउँपालिका वडा ७ सल्लेरी पैतीमा फैलिएको सिजनफ्लुका कारण चार सय ३५ भन्दा बढि बालबालिका प्रभावित भएका छन । विद्यालयमा कक्षा १ देखि पाँच कक्षामा अध्ययन गर्ने बालबालिका बढि प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । बालबालिका प्रभावित हुने बित्तिकै नौमूले प्रथामिक स्वास्थ्य केन्द्र दैलेख र जिल्ला स्वास्थ्य कार्यालय दैलेखका बाट गएको टोलीले उपचार गरि फर्केपनि त्यहाँ फैलिएको सिजनलफ्लु नियन्त्रणमा आएको नआएको भन्ने बारे अन्यौलता देखिएको छ । लगातारको वर्षा पछि अत्याधिक चिसो मौसमका कारण फैलिएको सिजनलफ्लुका कारण बालबालिकाहरु प्रभावित भएको विद्यालय जान सक्ने वातावरण समेत प्रभावित भएको छ । त्यसको लागि स्थानीय सरकार र जिल्ला र प्रदेश सरकारले ध्यान दिनु पर्ने बेला आएको छ । राज्यले पत्येक नागरिकलाई स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्था गरेपनि अहिले पनि दुर्गमका नागरिकहरुले सेवा पाउन सकिरहेको अबस्था छैन । रोग लाग्नु भन्दा रोग लाग्न नदिनु भन्ने उखानलाई आत्मसाथ गर्दै स्थानीय सरकारले तत्काल सिजनफ्लुले प्रभावित भएका बालबालिकाहरुको उपचार राम्रोसँग गर्नु पर्ने बेला आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेख र सम्बन्धित निकायले समयमै उपचार गरेको दावी गरेपनि त्यहाका बालबालिकाहरुले त्यसको अनुुभूति गर्न सकेको छनै । त्यसका लागि अझै ध्यान दिनु पर्ने देखिन्छ । यो मैसममा आएको परिवर्तनका कारण हुने रोग भएकाले अन्यत्र बासस्थान गर्ने नागरिकले त्यस तर्फ सजकता अपाउनु आवश्यक छ । सम्बन्धित गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यलय दैलेखले जनहितमा जानकारी गराएर सिजनफ्लुबाट बच्नका लागि अपनाउने तरिकार त्यसपछि गर्नु उपचारका बिषयमा समेत बिभिन्न सन्देशहरु जारी गर्नु पर्ने बेला आएको छ । दैलेखको नौमूले गाउँपाकिा वडा ७ मा फैलिएको सिजनलफ्लुलाई नियन्त्रण गर्न प्रयास गरेको भएपनि अझै रोग निन्यन्त्रण नहुँदा सम्म सम्बधित पक्षले ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार