आइपर्ने विपत् बारे पूर्व सतकर्ता जरुरी

विश्वमा साना ठूला सवैखाले परीक्षणहरु हुने गरेका छन् । चाहे त्यो विकासको होस चाहे अन्य नयाँ नयाँ खोज अनुसन्धानका लागि किन नहोस यस्ता बिषयहरुले बेला बेलामा नकारात्मक प्रभावहरु पर्दै आएका छन् ।
आफ्नो देशमा नयाँ नयाँ प्रविधिहरुको निर्माणको जिम्मेवारी लिएका बिश्व समुदायका ठूला र विकसित राष्ट्रहरुले विकासको क्रमलाई तीव्र पार्दै जाँदा विकास सँगै बिभिन्न विनासहरु पनि सँगसँगै जोडिएर आएका छन् । पछिल्ला समयमा मानिसहरुले आफुले प्रयोग गर्ने उपभोगका सामानहरुमा बिषादीको मात्रा प्रयाप्त मात्रामा देखिन थालेको छ । छिट्टै कमाउने होडमा मानव जीवनलाई संकटमा पार्ने बिभिन्न कार्यहरुले मानिसहरुमा भयानक रोगहरु समेत लाग्न सुरु गरेका छन् ।
खानपान वा अन्य वातावरणिय समस्याहरुका कारण बिभिन्न खालका समस्याहरु मुलुकमा बेला बेलामा देखिन सुरु गरेका छन् । कतिपय महामारिजन्य रोगहरुका कारण उपचार सम्भव नभएर हजारौंको मृत्यु हुने गरेको छ । केही साता अघि चीनमा देखिएको कोरोना भाइरसले सयौं मानिसहरुले ज्यान गुमाउन पुगेका छन् । भाइरस अन्यत्र फैलिन नदिनका लागि उच्च सर्तकता सवै मुलुकहरुमा अपनाईएको छ । नेपालमा पनि यसको रोकथामका बारेमा बहस र छलफलहरु सुरु गरिएको छ ।
दैलेखमा पनि यसवारे जनचेतना फैलाउनेक्रमलाई तीव्र पारिएको छ । मौसम परिवर्तन सँगै आउने यस्ता खाले बिभिन्न समस्याहरुले धेरै मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिनका लागि विरामी भएका व्यक्तिहरुको नजिक नजाने, माक्स प्रयोग गर्ने, हात राम्ररी धुने, सामान्य रुघाखोकी लाग्दा सचेतना अपनाउने जस्ता कामहरुमा विद्यालय स्तरका बालवालिकाहरुलाई सचेत गराउन सके परिवार सम्म सूचना पुग्ने भएपछि दैलेखमा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रहरीमार्फत सचेतना अभियान थालिएको छ । यसवारे सवै नागरिकहरु सचेत भएर आफु सुरक्षित हुनुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार