ऐतिहासिक मालिका मन्दिरको प्रचार जरुरी ७ सय ७७ सिंडी चढेर अवलोकन


फागुन १, दैलेख
एउटा मात्र वर मागे पुरा हुने मालिका मन्दिर दैलेखको भैरवी गाउँपालिका वडा नं. ६ र ७ को सिमानामा अवस्थित छ । समुन्द्र सतहदेखि करिव २ हजार फिट अग्लो भू–भागमा रहेको मालिका मन्दिरका ७ सय ७७ वटा सिंडी चढेर मन्दिरको टाकुरोमा पुगेपछि स्वर्गीय आनन्द प्राप्त हुने गर्दछ ।
सिंडी चढ्नु अगावै दर्शन गर्न आउने र भ्रमण गर्ने आउनेहरुका लागि बिश्राम गर्ने बिश्रामस्थल समेत निर्माण गरिएको छ । नजिकै सेतै हिउँले ढाकिएको हिमाल मात्र हैन् दैलेख, कालिकोट, जाजरकोटका सिमानाका अधिकाँस गाउँहरुको दृश्याबलोकन समेत गर्न सकिने एतिहासिक महत्वको मन्दिरमा दैलेख आउने आन्तरिक र बाह्य पर्यटकहरुले अनिवार्य रुपमा अवलोकन भ्रमण गर्नुपर्ने सुझाव प्रदेश सभा सदस्य सुशिल थापाको छ ।
एतिहासिक महत्वको मन्दिरको प्रचार हुन नसकेका कारण आन्तरिक र बाह्य पर्यटकहरु आउन नसकेको भएपनि वार्षिक रुपमा हुने पुजापाठका लागि भने हजारौं भत्तजनहरु मन्दिर दर्शनका लागि आउने गरेको व्यवस्थापन समितिका अध्यक्ष तुलाराम अधिकारीले बताए ।


सरकारले भ्रमण वर्ष २०२० मनाईरहेको छ । आ–आफ्ना स्थानहरुमा भएका धार्मिक, ऐतिहासिक स्थानहरुको प्रचार प्रसार, प्रर्वद्धन र पूर्वाधार विकासका कामहरु पनि दैलेखमा तीव्र पारिएका छन् ।
कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत प्राप्त भएको बजेटबाट निर्माण गरिएको मालिका मन्दिरको सिंडी तथा रेलिङ्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । समुन्द्र सतहदेखि करिव २ हजार फिट अग्लो मालिका मन्दिरमा अहिले ७ सय ७७ वटा सिंडी सहित रेलिगं निर्माण गरिएको छ । उक्त सिंडी र रेलिगंको प्रदेश सभा सदस्य सुशिल थापा, मिनासिंह रखाल, जिल्ला समन्वय समिति प्रुमख प्रेम थापा, भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा, डिभिजन वन कार्यालय दैलेखका प्रमुख मुनबहादुर रावत लगायतले निर्माण थालिएको सिंडी र मन्दिरको अवलोकन गरेका छन् ।
पक्कि सिंडी र रेलिगं निर्माण भएपनि स्थानीयबासिन्दाहरुले निर्माण गरेको कच्चि गोरेटो बाटो प्रयोग गरेर मन्दिरमा पुग्नुपर्ने बाध्यता हटेको छ ।


अवलोकन पछि संक्षिप्त प्रतिक्रिया दिदै स्थानीय बासिन्दाहरुले पनि पूर्वाधार विकासमा सहयोग गर्दै यसको प्रचार प्रसारमा जोड दिनुपर्ने र गुरुयोजना निर्माण गरेर पूर्वाधार विकास गर्न सके पर्यटकहरुको आगमनमा सहजता हुने देखिएको छ । अहिले मालिका मन्दिर पुग्नका लागि भैरवी गाउँपालिका हुँदै केही समयको यात्रा पछि मन्दिरको फेदिसम्म यातायातका साधनहरु सहजै पुग्न सक्ने अवस्था छ । फेदिबाट ७ सय ७७ वटा सिडी चढेपछि मन्दिरको टाकुरामा पुग्न सकिन्छ । डिभिजन वन कार्यालय दैलेख अन्र्तगत निर्माण गरिएका बिभिन्न पर्यटकिय स्थानहरुमा अहिले धमाधम भौतिक पूर्वाधारका कामहरु सुरु गरिएका छन् । प्रदेश सभा सदस्यहरुले आफ्नो क्षेत्राधिकार अन्तरगत खर्च गर्नुपर्ने ५ करोड रकम मध्ये ऐतिहासिक महत्व पर्यटकिय क्षेत्रहरुमा रकम बिनियोजन गरेसँगै भौतिक पूर्वाधारका कामहरुले तीव्रता पाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार